कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
एसइई परीक्षामा चितवन जिल्लाका तीन सय ७६ सीमान्तकृत समुदायका विद्यार्थी सहभागी हुँदैछन् ।

यही चैत २७ गतेसम्म सञ्चालन हुन लागेको यस वर्षको एसइई परीक्षामा चेपाङ् समुदायका तीन सय ५१, बोटे समुदायका १३ र माझी समुदायका १२ विद्यार्थी सहभागी हुन लागेका हुन् ।
जिल्लाबाट १० हजार नौ सय २३ विद्यार्थी सहभागी हुने परीक्षामा उनीहरुले सहभागिता जनाउन लागेको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख भूमिलाल सुवेदीले जानकारी दिनुभयो । जिल्लाका ४२ केन्द्रबाट ती विद्यार्थी परीक्षामा सहभागी हुन लागेका हुन् । जम्मा ६४ विद्यालयमा अध्ययन गरेका चेपाङ समुदायका विद्यार्थीसँगै ११ विद्यालयमा अध्ययन गरेका माझी र १२ विद्यालयमा अध्ययन गरेका बोटे समुदायका विद्यार्थी परीक्षामा सहभागी हुन लागेका उहाँले जानकारी दिनुभयो ।उहाँका अनुसार यस वर्ष जिल्लाबाट सात विद्यालयमा अध्ययन गरेका संस्कृत अध्ययन गर्ने ४७ विद्यार्थी पनि परीक्षामा सहभागी हुँदैछन् । परीक्षामा सहभागी विद्यार्थीमध्ये नियमितितर्फ १० हजार पाँच सय ७१, प्राविधिकतर्फ दुई सय ७१, ग्रेड वृद्धितर्फ एक सय ३५ विद्यार्थी परीक्षामा सहभागी हुन लागेका छन् । यस वर्षको परीक्षामा चार दृष्टिविहीन विद्यार्थीले समेत सहभागिता जनाउन लागेको उहाँले जानकारी दिनुभयो ।
परीक्षा सम्पन्न गर्नका लागि भरतपुर महानगरपालिकाकमा २२, रत्ननगर नगरपालिकामा सात र खैरहनी नगरपालिकाका चार केन्द्र तय गरिएको छ । यस्तै राप्ती नगरपालिकामा तीन, माडी नगरपालिका र कालिका नगरपालिकामा दुई/दुई केन्द्र तोकिएको छ ।
यस्तै इच्छाकामना गाउँपालिकामा दुई केन्द्र तोकिएको उहाँले बताउनुभयो । ती केन्द्रमा ४२ केन्द्राध्यक्ष र पाँच सय ४५ निरीक्षक परिचालन गर्ने तयारीमा एकाइ रहेको छ । परीक्षालाई मर्यादित बनाउनका लागि आवश्यक तयारी गरिएको उहाँले बताउनुभयो । रासस
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]