Listen Live: 

भरतपुरका निजी स्वास्थ्य संस्थामा मनपरी बढेपछि महानगरको अनुगमन

Radio Chitwan
सोमवार, मंसिर १८, २०८०

भरतपुरमा बोरामा फालिएको दुई शवको अझै पहिचान भएन, प्रहरीले सार्वजनिक गर्‍यो मृतकको स्केच

चितवन, मंसिर १७–

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भरतपुर महानगरपालिका–१२ मिलनचोकस्थित कल्भर्टमा मंसिर ६ गते जुटको बोराभित्र भेटिएको दुई शवको अझै पहिचान हुन नसकेपछि प्रहरीले स्केच सार्वजनिक गरेको छ ।

प्रहरीले मृतकहरुको अनुहार प्रष्ट्याउने किसिमको बिशेषज्ञद्वारा तयार पारिएको स्केच आज फेसबुकमार्फत् सार्वजनिक गरेको हो ।स्केचसहित मृतकहरुको हुलिया, शरीरमा भेटिएका चिजबस्तु, चिन्ह तथा कपडाहरुको बिवरण सहितको फोटोबाट सनाखत हुन सक्ने भएकोले सार्वजनिक गरिएको चितवन प्रहरीले जनाएको छ । प्रहरीले कोही कसैको परिवारका सदस्य, आफन्तजन तथा साथीसंगी हराइरहेको भएमा जानकारी गराउन पनि अनुरोध गरेको छ ।

भरतपुर महानगरपालिका–१२ मंसिर ६ गते केरुङ्गा खोलामाथि बनेको कल्भर्टमा जुटको बोराभित्र महिला र पुरुषको शव भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनले ७७ वटै जिल्ला र मातहतका निकाय तथा भारतमा समेत शवको प्रकृति र हुलियाका बारेमा जानकारी गराइसकेको छ । तर कतैबाट घटनाको सुइँको पाउन सकेको छैन । कुनै कुरा पत्ता लगाउन नसक्दा थप अनुसन्धान नै सुरु गर्न नसकिएको प्रहरी अधिकारीहरुले बताएका छन् ।
प्रहरीले यसअघि मृतकको हुलिया र लगाएका पहिरनबारे सूचना फेसबुकमार्फत सार्वजनिक गरेको थियो । त्यसबाट पनि केही सूचना प्राप्त नभएपछि आज स्केच सार्वजनिक गरेको जनाइएको छ ।

घटनास्थल वरपर सीसीटीभीको समेत पहुँच नभएका कारणले अनुसन्धानमा समस्या भएको प्रहरी अधिकृतहरु बताउँछन् । यो घटनाका सम्बन्धमा डेढ सय जना भन्दा बढीसँग विभिन्न ठाउँमा सोधपुछ गरिएको तर कतैबाट पनि क्लू भेटाउन नसकिएको प्रहरी अधिकृतहरुको भनाइ छ ।
एक जना व्यक्तिले मात्रै अन्यत्र हत्या गरेर त्यहाँ ल्याएर शव फाल्न नसक्ने प्रहरीको भनाइ छ । त्यसैले यसमा समूह नै सहभागी भएको अनुमान छ । यो ठाउँको अवस्थाका बारेमा बुझेको, जानेको, पहिला रेकी गरेर गएको ब्यक्तिहरुले नै यहाँ ल्याएर शव राखेका हुन सक्छन्, उसले सबैभन्दा सुरक्षित ठाउँ यसलाई ठानेर नै ल्याएको देखिने प्रहरीका अनुसन्धान अधिकृतहरु बताउँछन् ।

नजिकै रहेको सुकुमबासी बस्तीका कसैले पनि शव ल्याएर फालेको बारेमा सूचना दिन नसकेको प्रहरी अधिकारीको भनाइ छ । वीरगञ्ज तथा कपिलवस्तुतिरबाट चितवन आएका ठूला सवारी साधनहरुको निगरानीसमेत गरिरहेको प्रहरी अधिकृतहरु बताउँछन् ।

पोष्टमार्टम गर्ने चिकित्सकहरुका अनुसार शव भेटिएको ४८ घण्टा अगाडि उनीहरुको हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । पुरुषको मुखमा कानदेखि नै निलो टेप बाँधिएको छ, जिउमा भित्री बस्त्रमात्र छ भने महिलाको शवमा ढाकाको चोलो र प्याजी रंगको टाउजर छ । महिलाको हातमा एस लेखिएको छ ।

चितवन, मंसिर १७-

भरतपुरमा सञ्चालित निजीस्तरका स्वास्थ्य संस्थाहरुमा मनपरी बढेपछि महानगरले अनुगमनलाई तीब्र पारेको छ ।

महानगरपालिकाले नागरिकले गरेका गुनासोका आधारमा अहिलेसम्म ४२ स्वास्थ्य संस्थाको अनुगमन गरेको हो ।

महानगरपालिकाले गत साउन १२ गते दर्ता नभएका संस्थालाई दर्ता गर्न आह्वान गरेको थियो । महानगरको सूचना प्रकाशन आधारमा निवेदन पेस भएका संस्थाहरुको पहिलो चरणमा अनुगमन गरिएको महानगरका जनस्वाथ्य अधिकृत केशव भट्टले जानकारी दिए । पहिलो चरणमा ५६ वटा स्वास्थ्य संस्थाको अनुगमन गरिने अधिकृत भट्टले बताए ।

जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि महानगरपालिकाले बर्सेनि स्वास्थ्य संस्थामा अनुगमन गर्ने गरेको छ । यस्तै अनुगमनका क्रममा सर्वसुलभ स्वास्थ्यको पहुँच वृद्धि गर्न टेवा पुग्ने भएकाले अनुगमलाई निरन्तरता दिइरहेको महानगरपालिकाले जनाएको छ । स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीहरु तालिम प्राप्त भए नभएको, जोखिमयुक्त फोहरको व्यवस्थापनको अवस्थाबारे पनि अनुगमन गर्ने गरिएको छ ।
अनुगमनका क्रममा मापडण्ड पूरा भएकाहरुको दर्ता गरिनेछ भने पूरा नभएकाहरुलाई मापदण्ड पूरा गर्न अनुरोध गरिएको छ । गत असोज २१ बाट सुरु भएको अनुगमन नियमित चल्ने बताइएको छ । गत वर्ष ४ वटा १५ शैयाको अस्पतालसहित ५२ वटा स्वास्थ्य संस्था दर्ता गरिएको थियो । हालसम्म दर्ता गर्न नआएका स्वास्थ्य संस्थालाई दर्ता प्रक्रियामा आउन महानगरपालिकाले सार्वजनिक आह्वान समेत गरेको छ । दर्तामा नआई मापदण्ड विपरित सञ्चालन भएका स्वास्थ्य संस्थालाई कानुनी कारबाही गरिने महानगरपालिकाका जनस्वास्थ्य शाखा प्रम्ुख दिपक सुवेदीले जानकारी दिए ।

महानगरपालिकाले जनस्वास्थ्य ऐन–२०७७ तथा स्वास्थ्य संस्था दर्ता नविकरण तथा सञ्चालन अनुमति कार्यविधि–२०७७ निर्माण गरी सोही अनुसार काम कारबाही अगाडि बढाउदै आएको छ ।

भरतपुर महानगरले १५ शैयाको अस्पताल, स्वास्थ्य क्लिनिक, आयुर्वेदिक क्लिनिक, फिजियोथेपी केन्द्र, होमियोपेथिक क्लिनिक तथा डी र ई वर्गका प्रयोगशालालाई नियमन गर्ने गर्दछ । भरतपुरमा भरतपुर केन्द्रीय अस्पताल, वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज, २० निजी अस्पतालसहित २०० को संख्यामा निजी क्लिनिक तथा फार्मेसी सञ्चालनमा छन् ।

    आन्य समाचारहरु:-
    March 31, 2024
    लुटपाटमा संलग्न दुई जना पक्राउ

    काठमाडौँ, जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले लुटपाटमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका-६ बस्ने २७ वर्षीय प्रशान्तजङ कार्की र बूढानीलकण्ठ […]

    March 30, 2024
    निजगढ विष्फोटन : घटनामा दोषी देखिएका ५ जना धरौटीमा रिहा

    बारा– जिल्ला अदालत बाराले निजगढ विस्फोटनको घटनामा दोषी देखिएका सबै जना धरौटीमा रिहा भएका छन्।  अदालतले बम विष्पोटनमा दोषि देखिएका भनिएका निजगढ ९ का कवाडी पसले निजगढ ९ का राज […]

    December 15, 2023
    चितवनमा बाल यौन दुव्यर्वहारको घटना बढ्दो

    चितवनमा बाल यौन दुव्यर्वहारको घटना बढ्दो जिल्लामा बाल यौन दुव्र्यवहारका घटना बढ्दो क्रममा रहेको छ । चालु आर्थिक वर्षमा जिल्लामा बाल यौन दुव्र्यवहारका ३४ वटा घटनामा दुई बालक र ३२ […]

    December 14, 2023
    चौध किलो सुन प्रकरणमा अहिलेसम्म पाँच पक्राउ

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यही मङ्सिर २१ गते राति बरामद गरिएको १४ किलो सुन प्रकरणमा हालसम्म पाँच जना पक्राउ परेका छन् । सो दिन फ्लाई दुबईको उडान नं ‘एफजेड […]

    रेडियो चितवन अन्लाईन
    " पौरखीको बोली "

    सम्पर्क:

    +९७७ - ०५६ ५६२६०६
    +९७७ - ०५६ ५६२६०७
    रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
    प्राबिधिक : 
    अन्जन थापा मगर
    अध्यक्ष : 
    राजेन्द्र कुमार श्रेष्ठ
    स्टेशन प्रबन्धक : 
    रमेश राना मगर
    बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
     ०५६-५६२६०७, ९८४५०५६२२८
    copyright © 2022 radiochitwanonline.com
    map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram