Listen Live: 

एनएमबी बैंक लुटिएको ५७ दिनपछि एक लुटेरा पक्राउ

Radio Chitwan
बिहिबार, साउन ११, २०८०

महोत्तरी, साउन ११-

महोत्तरीको महोत्तरी गाउँपालिका–२ मा रहेको एनएमबी बैंक लुटेर भागेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ। गत जेठ १६ गते दिउँसो भएको बैंक लुटपाटको घटनामा संलग्न लुटेरामध्ये एक भारतीयलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।

घटना भएको ५७ दिनपछि प्रहरीले लुटेरा समूहको एक जनालाई पक्राउ गर्न सफल भएको हो। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता दिलिपकुमार गिरीले बैंक लुट्ने भारत, बिहार राज्यअन्तर्गत पर्ने मधुवनी जिल्ला फुलहर गाउँ गोपालपुर १३ हरलाखी टोलका २० वर्षीय अजय कुमारलाई जिल्ला प्रहरी कार्यालय महोत्तरी र मधेस प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले महोत्तरीको मटिहानी–८ बाट पक्राउ गरेको जानकारी दिए।

नकाबधारी ४र५ जना लुटेराको समूहले बैंकमा पेस्तोल देखाएर १५ लाख १ हजार ४ सय ९३ नगद र कर्मचारीको मोबाइलसमेत लुटेर फरार भएका थिए। उनीहरु नम्बर नखुलेको दुई वटा मोटरसाइकल चढेर भागेका थिए।

आन्य समाचारहरु:-
March 31, 2024
लुटपाटमा संलग्न दुई जना पक्राउ

काठमाडौँ, जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले लुटपाटमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका-६ बस्ने २७ वर्षीय प्रशान्तजङ कार्की र बूढानीलकण्ठ […]

March 30, 2024
निजगढ विष्फोटन : घटनामा दोषी देखिएका ५ जना धरौटीमा रिहा

बारा– जिल्ला अदालत बाराले निजगढ विस्फोटनको घटनामा दोषी देखिएका सबै जना धरौटीमा रिहा भएका छन्।  अदालतले बम विष्पोटनमा दोषि देखिएका भनिएका निजगढ ९ का कवाडी पसले निजगढ ९ का राज […]

December 15, 2023
चितवनमा बाल यौन दुव्यर्वहारको घटना बढ्दो

चितवनमा बाल यौन दुव्यर्वहारको घटना बढ्दो जिल्लामा बाल यौन दुव्र्यवहारका घटना बढ्दो क्रममा रहेको छ । चालु आर्थिक वर्षमा जिल्लामा बाल यौन दुव्र्यवहारका ३४ वटा घटनामा दुई बालक र ३२ […]

December 14, 2023
चौध किलो सुन प्रकरणमा अहिलेसम्म पाँच पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यही मङ्सिर २१ गते राति बरामद गरिएको १४ किलो सुन प्रकरणमा हालसम्म पाँच जना पक्राउ परेका छन् । सो दिन फ्लाई दुबईको उडान नं ‘एफजेड […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram