Listen Live: 

चितवनमा खडेरीका कारण मकैको विरुवा सुक्न थालेपछि किसान चिन्तित

Radio Chitwan
आइतवार, बैशाख ३१, २०८०

चितवन, वैशाख ३१(

चितवनमा खडेरीका कारण मकैको विरुवा सुक्न थालेपछि किसान चिन्तित भएका छन् ।

यस वर्ष वैशाखको अन्तिमतिर कम पानी परेकोले मकैका बोट सुक्न थालेपछि किसान चिन्तित भएका हुन् ।

हुर्कदै गरेको मकैको बोट घोगा लाग्ने बेलामा ओइलाएर सुक्न थालपछि किसानलाई चिन्ता भएको छ । मध्य वैशाखमा हल्का वर्षा भए पनि जमिन भिज्ने गरी वर्षा नहुँदा मकै बालीमा असर परेको छ । कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी मिनबहादुर पुनले पछिल्लो समय जिल्लामा लामो समयदेखि पानी नपर्दा मकै बालीमा किसान चिन्तित बनेको नारायणी अनलाइनलाई जानकारी दिए । उनले भरतपुर महानगरपालिका, माडी नगरपालिका, रत्ननगर र इच्छाकामना गाउँपालिकाका क्षेत्रमा धेरै मात्रामा किसानले मकै लगाउँदै आएको जानकारी दिए । उनले खडेरीले मकै ओइलाउने, मर्ने पात सुक्ने जस्ता समस्या जिल्लामा देखा परेको बताए । उनका अनुसार जिल्लाका किसानले ६ हजार ७३४ क्षेत्रफलमा वार्षिक मकै खेती गर्दे आएका छन् ।

भरतपुर महानगरपालिका–२५ का कृषक लेखनाथ भुसालले राम्ररी हुर्कदै गरेको मकैका बिरुवा खडेरीको कारण अहिले धमाधम मकै ओइलाउन थालेका र पात सुक्न थालेका कारण आफूहरु चिन्तित हुन थालेको बताउँछन् । दुई बिघामा मकै खेती गरेको उनले बताए । चैतको अन्तिमबाट खडेरी लाग्न सुरु भएको र अहिलेसम्म वर्षा हुन नसक्दा बोरिङको पानी लगाउन बाध्य भएको उनले बताए । बोरिङको पानी लगाए पनि दुई तिन दि पछि पुनःपानी लगाउनुपर्ने बताए । उनले भने, ‘पटक–पटक पानी लगाए पनि खेती बाली राम्रो भए त हुने थियो । तर, के गर्ने बोरिङको पानी लगाउँदा आकाशको पानीले जस्तो बारी भिज्दैन, मकैको फूलमा पानी पर्दैन, जसको कारण मकैबाली राम्रो हुँदैन ।

कालिका नगरपालिका–३ का किसान अचित सिम्खंडाले खडेरीले मकै सखाप पारेको बताए । उनले १० कठ्ठामा मकै लगाएको बताउँदै पानी नपर्नाले मकैको पात ओइल्याउने र सुक्ने भएको बताए । उनले भने, ‘सुरुसुरुमा खडेरी पर्दा मकै मर्दैन होला भन्ने थियो, तर झनै खडेरी बढ्दै गएको र वर्षा नभएपछि मकैको बिरुवा मर्न थालेका कारण यसपटक मकै खेती बर्बाद हुने अवस्था आएको छ ।’

भरतपुर–१६ का किसान सूर्यबहादुर ढकालले खडेरीले मकै बालीमा नकरात्मक असर परेको दुःखेसो पोखे । उनले १० कठ्ठामा मकै खेती गरेको बताए । उनले भने, ‘हिउँदमा पनि एक पटक पानी परेन अहिले पनि परेको छैन जसको कारण हिउँदमा लगाएको मकैमा पनि इनारको पानी पटकपटक लगाउनु परेको थियो तर अहिले त्यही पानी पनि सकेको छ । यसरी पटक–पटक पानी लगाए पनि खेतीबाली राम्रो भए त हुने थियो । तर, के गर्ने इनारको पानी लगाउँदा आकाशको पानीले जस्तो बारी भिज्दैन, मकैको फूलमा पानी पर्दैन, जसको कारण मकैबाली राम्रो हुँदैन । यस्तै लामो समयसम्म झरी नपर्दा इनारमा पनि पानी सुक्दै गएकोले मोटरले पानी तान्न छोडेको उनको दुःखेसो छ ।

आन्य समाचारहरु:-
September 25, 2023
चितवनका डा.भक्तमान श्रेष्ठको अपहरणमा संलग्न तामाङ १३ वर्षपछि पक्राउ

चितवन,असोज ७- बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका तत्कालीन कार्यकारी निर्देशक डा भक्तमान श्रेष्ठको अपरहरणमा संलग्न नुवाकोटका सुब्बा तामाङ (लुप्पा) १३ वर्षपछि आज पक्राउ परेका छन् । श्रेष्ठको अपहरणमा दोषी […]

September 25, 2023
बागमतीको एमाले अध्यक्षमा चितवनका कृष्णभक्तलाई उठाउने तयारीमा ओली

काठमाडौँ, असार ०७-नेकपा एमाले बाग्मती प्रदेशको नयाँ नेतृत्व छनोट गर्नका लागि अधिवेशन नजिकिँदैछ । अहिले नेतृत्वका लागि विभिन्न नेताहरु लागिपरेका छन् । नेताहरु केन्द्रिय अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुलाई […]

September 23, 2023
राप्तीको भण्डारामा असोज २३ देखि दशै मेला हुने

राप्ती ०६ असोज । पूर्वी चितवनको राप्तीमा असोज २३ गतेबाट राप्ती राप्ती दसैं मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । राप्ती युथ एण्ड इन्टरटेनमेन्ट प्रा.लि.ले बडादसैंको अबसर पारेर स्थानीय […]

September 23, 2023
सरकार र शिक्षकबीच सहमति, आन्दोलन फिर्ता

काठमाडौं,असोज ५- नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीचको आजको निर्णायक वार्ता सहमति भएको छ । आज बिहानदेखि भएका अनौपचारिक वार्ता र गृहकार्यलाई मूर्तरुप दिँदै सात बुँदामा सहमति भएको हो […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram