Listen Live: 

नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा पक्राउ पुर्जी जारी भएका नेकपाका सचिव एवं प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी फरार

Radio Chitwan
शुक्रबार, बैशाख २२, २०८०

काठमाडौं, वैशाख २२(

नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा पक्राउ पुर्जी जारी भएका नेकपा ९एमाले० का सचिव एवं प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी फरार भएका छन्। बुधबार पक्राउ पुर्जी जारी भएका उनी बिहीबार प्रहरी कार्यालयमा उपस्थित हुने बताए पनि उनी कार्यालयमा पुगेनन्।

प्रहरी उच्च स्रोतका अनुसार बिहीबार साँझसम्म सम्पर्कमा नआएर उनी फरार भएका हुन्।

‘उहाँ आफैं प्रहरीकोमा आउने कुरा थियो। तर बिहीबार साँझसम्म आउनुभएन,’ प्रहरी उच्च स्रोतले भन्यो,‘पक्राउ पुर्जी जारी भइसकेको सांसदजस्तो मान्छे सम्पर्कविहीन भएपछि उहाँ अब फरारको सूचीमा पर्नुभयो।’

बुधबार साँझ गृहजिल्ला अर्घाखाँचीमा भएको एउटा कार्यक्रम सकेर रायमाझी बुटवल आएका थिए। आफूविरूद्ध पक्राउ पुर्जी जारी भएपछि उनी सञ्चारकर्मीलाई अनुसन्धानमा सहयोग गर्ने प्रतिक्रिया दिएर अर्घाखाँचीबाट हिँडेका थिए। पछिल्लो समय उनको फोन स्विच अफ छ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र रायमाझी अर्घाखाँचीको कार्यक्रममा सँगै थिए। उनीहरू दुई जना सँगै बुटवलसम्म आएका थिए।

रायमाझी बुधबार बुटवल बस्ने भन्दै एउटा होटलमा कोठा समेत रोकेका थिए। तर पक्राउ पुर्जी जारी भएपछि कोठा रद्द गरी बुधबार राति नै भैरहवाबाट काठमाडौंका लागि जहाजको टिकट लिएका थिए।

पछि उनी जहाजको टिकट पनि रद्द गरी सम्पर्कविहीन भएको रूपन्देही प्रहरीको भनाइ छ।

प्रहरीले बिहीबारदेखि उनको खोजी गरिरहेको छ। रायमाझी फरार भए पनि यो प्रकरणक अनुसन्धान निरन्तर अघि बढ्ने प्रहरीको भनाइ छ।

आन्य समाचारहरु:-
September 20, 2023
आज संविधान दिवसः संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा

काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]

September 18, 2023
चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]

September 18, 2023
आज हरितालिका (तीज) व्रतः ‘महिला, पुरुष दुवैले गर्नुपर्छ’

काठमाडौँ, असोज १- धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले […]

September 16, 2023
उत्कृष्ट समिति र भातृ संस्थालाई मगर संघको सम्मान

नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram