Listen Live: 

१८० किलो गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

Radio Chitwan
आइतवार, चैत्र २६, २०७९

चितवन,चैत २५(

भारतीय नम्बर प्लेटको ट्रकमा राखेको १८० किलो गाँजासहित चितवन प्रहरीले ट्रक चालक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । चितवन प्रहरीले शनिबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक ९एसपी० रामेश्वर कार्कीले बताए अनुसार शुक्रबार बिहान राप्ती नगरपालिका–१ लोथर राजमार्गमा भारतीय नम्बर प्लेट बीआर – ६ जी २१२८ नम्बरको ट्रकको क्याबिनबाट उक्त परिमाणको गाँजा बरामद भएको हो । ट्रकका चालक भारत बिहारको पूर्वी चम्पारण रक्सौल घर भएका ३० वर्षीय कुन्दन पटेललाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको छ ।

सामान लिएर आएको ट्रक फर्कंदा गाँजा लिएर जान लागेको भन्ने सूचनाका आधारमा प्रहरीले ट्रक रोकेर खोजतलास गर्दा १६ वटा पोका बनाएर लुकाएको गाँजा बरामद गरेको थियो । घटनामा संलग्न अन्यबारे अनुसन्धान भइरहेको एसपी कार्कीको भनाइ छ ।

आन्य समाचारहरु:-
April 27, 2024
कालिका नगरपालिकाले घुम्ती शिविर सञ्चालनबाट अपाङ्गता परिचयपत्र वितरण गरेको छ ।

चितवनको कालिका नगरपालिकाले घुम्ती शिविर सञ्चालनबाट अपाङ्गता परिचयपत्र वितरण गरेको छ । शुक्रवार कालिका नगरपालिका वडा नं. १० र ११ का अपाङ्गता भएका व्यक्तिहरुलाई सहजताका लागि वडा नं. ११ को […]

April 26, 2024
रत्ननगरकाे माधवपुरमा भाेलीदेखि प्रथम माधवपुर गाेल्डकप

रत्ननगर वडा नं १५ स्थित माधवपुरमा भाेली शनिबार देखि प्रथम माधवपुर गाेल्डकप सुरु हुँदैछ । वडा कार्यालयसंगकाे सहकार्यमा माधवपुर खेलकुद विकास समितिले आयाेजना गरेकाे साे प्रतियाेगितामा १२ टिमकाे सहभागिता रहेकाे […]

April 25, 2024
प्रकोप जोखिम न्यूनिकरणका सवालमा समुदायको चेतनात्मक स्तरमा वृद्धी गर्ने उद्देश्यले सचेतनामूलक भित्तेपात्रो प्रकाशन तथा वितरण गरिएको छ ।

  कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मी र उपप्रमुख विमला तमाङले एक कार्यक्रमका बीच भित्तेपात्रोको विमोचन गर्नुभयो । विमोचन कार्यक्रममा बोल्दै नगरप्रमुख रेग्मीले प्राकृतिक प्रकोप जोखिम न्यूनिकरण व्यवस्थापनगर्न पूर्व तयारीगर्न आवश्यक […]

April 25, 2024
कालिकामा महिलालाई निःशुल्क ड्राईभिङ तालिम

चितवनको कालिका नगरपालिकाले निःशुल्क ट्याक्सि ड्राईभिङ तालिम सञ्चालन गरेको छ ।  बेरोजगार महिलालाई लक्षित गरि सिपमुलक तालिम अन्र्तगत १५ दिने निःशुल्क हलुका सवारी चालक (ड्राईभिङ) तालिम सञ्चालन गरेको हो । […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram