Listen Live: 

वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले देशभरी ७ लाख घरधुरिमा इन्टरनेट सेवा जडान

Radio Chitwan
बुधबार, कार्तिक ३०, २०७९

वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले देशभरी ७ लाख घरधुरिमा इन्टरनेट सेवा जडान गरिसकेको जनाएको छ । देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीको रूपमा रहेको वर्ल्डलिङ्कले यही सोमबार राति ९ बजेर १२ मिनेटमा सात लाखको कोशेढुङ्गा पार गरेको जनाएको छ। सो अवसरमा केन्द्रिय कार्यालय देखि सबै शाखामा केक काटेर खुशियाली मनाईएको जनाएका छन ।
यस्तै चितवनको , टाँडी शाखामा मात्र १० हजार सक्रिय ग्राहक रहेको टाँडी शाखाका प्रमुख अरुण कुमार गुप्ता ले वताउनु भयो ।
२०५२ साल भाद्र ३० गते वाट स्थापना भएको वर्ल्डलिङ्कले नेपालमा इन्टरनेट सेवा दिन थालेको २७ वर्ष पूरा भइसकेको छ ।
स्थापनाको २२ वर्षमा एक लाख ग्राहक सङ्ख्या पुरा गरेको वर्ल्डलिङ्कले त्यसपछीको अहिले साढे पाँच वर्षमा थप नयाँ छ लाख ग्राहक थपेको हो । देशभर १५० भन्दा बढी शाखा कार्यालय रहेको वर्ल्डलिङ्कमा हाल पाँच हजार भन्दा बढी कर्मचारी कार्यरत छन् ।
देशका सातै प्रदेशका ७३ जिल्लामा वर्ल्डलिङ्कको इन्टरनेट सेवा पुगिसकेको छ । बाँकी रहेका दार्चुला, बैतडी, मनाङ र मुस्ताङमा समेत चाँडै नै आफ्नो सेवा विस्तार गर्ने कम्पनीले जनाएको छ ।
देशको कूल इन्टरनेट ट्राफिक मध्ये ४२ प्रतिशत वर्ल्डलिङ्कमार्फत जाने गरेको छ । कम्पनीले देशका १४ हजारभन्दा बढी स्थानमा वाईफाई एक्सप्रेसमार्फत फ्रि वाईफाई समेत उपलब्ध गराइरहेको छ ।

आन्य समाचारहरु:-
April 22, 2024
कतारका राजालाई राष्ट्रपतिले त्रिभुवन विमानस्थलमा स्वागत गर्ने

काठमाडौं– कतारका अमिर शेख तामिम विन हमद अल थानीलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार अमिर थानीलाई मंगलबार अपराह्न ५: ३५ मा त्रिभुवन अन्तर्राष्ट्रिय […]

April 20, 2024
समाजवादी प्रेस संगठनद्धारा अन्तरक्रिया र सम्मान कार्यक्रममुलुकलाई उकुसमुकुसबाट निकाल्नुपर्छ : महासचिव भुसाल

बुटवल, बैशाख ८ । नेकपा एकीकृत समाजवादीका महासचिव एवं पूर्वमन्त्री घनश्याम भुसालले मुलुकलाई उकुसमुकुसबाट बाहिर निकाल्नका लागि नेकपा एकिकृत समाजवादी निर्णायक हुने बताएका छन् । उनले आफूहरु अंकगणितको हिसाबले सानो […]

April 20, 2024
ई स्पोर्ट्सका सरोकारवालासँग अन्तरक्रिया

बैशाख ८ गते ।ई स्पोर्ट्स संघ नेपालले ई स्पोर्ट्सको क्षेत्रमा काम गर्ने सरोकारवाला पक्षसँग शनिबार अन्तरक्रियाकार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय खेलकुद परिषद्मा औपचारिक रुपमा दर्ता भएपछि संघले शनिबारसरोकारवाला सबै […]

April 12, 2024
बाघको आक्रमणबाट दुई जना घाइते

माडी । माडी नगरपालिका वडा नं-१, रिउखोलामा बाघको आक्रमणबाट दुई जना घाइते भएका छन् । भैँसी चराउने क्रममा बाघले आक्रमण गर्दा माडी- १ का ५६ वर्षीय सूर्य महतो र सोही […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram