Listen Live: 

समाजवादी प्रेस संगठनद्धारा अन्तरक्रिया र सम्मान कार्यक्रममुलुकलाई उकुसमुकुसबाट निकाल्नुपर्छ : महासचिव भुसाल

Radio Chitwan
शनिबार, बैशाख ८, २०८१

बुटवल, बैशाख ८ ।

नेकपा एकीकृत समाजवादीका महासचिव एवं पूर्वमन्त्री घनश्याम भुसालले मुलुकलाई उकुसमुकुसबाट बाहिर निकाल्नका लागि नेकपा एकिकृत समाजवादी निर्णायक हुने बताएका छन् । उनले आफूहरु अंकगणितको हिसाबले सानो भएपनि कम्यूनिष्ट पार्टीभित्रको जड्तालाई चिर्नमा आफुहरुले नेतृत्व गर्ने बताए ।
समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीले शनिबार तिलोत्तमामा आयोजना गरेको बर्तमान सन्दर्भमा नेपाली पत्रकारिताको अवस्था र अबको बाटो बिषयक अन्तरक्रिया एंव सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भुसालले यस्तो बताएका हुन । उनले अहिले बनेको वाम बहुल गठबन्धनलाई आफुहरुले सकरात्मक रुपमा लिएको बताए । ‘माओवादी र एमाले करेक्सन हुँदा वामपन्थी शक्ति बन्नसक्छ’ महासचिव भुसालले भने –‘माओवादी माओवाद र एमाले व्यक्तिपुजाबाट बाहिर निस्कन सके वामपन्थी शक्ति बन्नेछ ।’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा गरेका गल्ती कमजोरीहरु स्वीकार गरेकाले अहिलेको गठबन्धन बनेको भन्दै भुसालले नेपालको भविष्य ठीक बनाउन वामपन्थी शक्तिबीच एकता आवश्यक रहेको बताए ।
महासचिव भुसालले नेकपा एकिकृत समाजवादीको महाधिवेशनले वामपन्थी दलहरुबीच एकताका लागि स्पष्ट मार्गनिर्देश गर्ने समेत बताए । देशको राजनीतिमा उकुसमुकुस, सन्नाटा र भाँडभैलोको अवस्थाबाट मुलुकलाई बाहिर निकाल्नुपर्ने बताए ।
भुसालले एमालेको राष्ट्रिय प्रतिनिधि परिषद वैठकमा पेश गरिएको राजनीतिक दस्तावेजमा आफुहरुको मेचीमहाकाली अभियानमा उठाएका ऐजेन्डा कपि गरेको समेत बताए ।
ओली र प्रचण्ड दुबैलाई अहिलेको सत्ता गठबन्धन यताउता गरेर अन्त जाने ठाउं नभएको तर्क गरे । महासचिव भुसालले पत्रकारिताले पत्रकारिताले समेत मुलुकको वर्तमान राजनीतिक बिषयलाई गहिरोगरी छलफल गर्नुपर्ने बताए ।
नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटब्युरो सदस्य सोम प्रसाद पाण्डेले समृद्ध मुलुक बिना जनताको अधिकार प्राप्त नहुने बताए । पाण्डेले निराशावादी भन्दा आश जगाउने खालका समाचार लेख्न आग्रह गरे ।
तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणले पत्रकारिता क्षेत्रमा धेरै चुनौती भएको बताए । खाडले राजनिती परिवर्तनमा पत्रकारिताको ठुलो महत्व रहेको बताउदै अहिले धेरै सकारात्मक परिवर्तन भएको बताए ।
समाजवादी प्रेस संगठनका केन्द्रीय अध्यक्ष बिश्वमणि सुवेदीले नेपालको मुलधारको पत्रकारिता गलत ढङ्गले अघि बढ्दा बैकल्पिक पत्रकारिता हावी भएको बताए । सुवेदीले पत्रकार गैरजिम्मेवार हुँदै गए समाजमा धेरै क्षती हुने जानकारी दिए ।
कार्यक्रममा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य एंव लुम्बिनी प्रद्येश मोर्चा इन्चार्ज अब्दुल मियाँ, समाजवादी प्रेस संगठन नेपाल लुम्बिनीका अध्यक्ष ह«दय भुसाल, नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति रामराज पाखरेल, नेकपा एकीकृत समाजवादी पार्टी रुपन्देहीका उपाध्यक्ष चिनकाजी गुरुङ, नेकपा एकिकृत समाजवादीका नेता सरिता श्रीस, प्रगतिशिल पत्रकार संघका केन्द्रीय अध्यक्ष श्याम पोखरेल, नेपाल प्रेस यूनियन रुपन्देहीका सभापती कविन्द्र नेपाल, प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेल, प्रेस सेन्टर नेपाल रुपन्देहीका अध्यक्ष विष्णु पोखरेल, प्रगतिशिल पत्रकार संघ रुपन्देहीका अध्यक्ष विरेन्द्र कुँवर, जनपत्रकार संघ रुपन्देहीका अध्यक्ष विनोद खनाल लगायतले बोल्दै पत्रकारिता क्षेत्रमा आर्थिक रुपमा समस्या, नीतिगत र प्रविधिमा आएको परिवर्तनले ठूलो असर पारेको बताएका थिए । कार्यक्रम संगठनका अध्यक्ष विनोद परियारको अध्यक्षता, उपाध्यक्ष पुनहरी बेल्बासेको स्वागत एंव एलिना आचार्यको सञ्चालनमा सम्पन्न भएको हो ।

सृजनशिल पत्रकारिता पुरस्कार र बिशिष्ट सम्मान प्रदान

समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीले सृजनशिल पत्रकारिता पुरस्कारबाट उषाकिरण पन्थ पुरस्कृत भएकी छन् । विगत डेढ दशकदेखि सञ्चारक्षेत्रमा क्रियाशिल पत्रकार पन्थलाई नेकपा एकिकृत समाजवादीका महासचिव एंव पूर्वमन्त्री घनश्याम भुसाल, समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदी र तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले पुरस्कार प्रदान गरेका हुन । पन्थ नगद, प्रमाण पत्र र दोसल्लाबाट पुरस्कृत भएकी हुन् । पन्थ ग्लोबल आवाज डटकममा आवबद्ध छन ।

यस्तै समाजवादी संगठन निर्माणमा बिशेष योगदान गरेवापत संगठनका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदी, लुम्बिनी प्रदेश अध्यक्ष ह«दय भुसाल, केन्द्रीय सदस्य प्रकाश न्यौपानेलाई सम्मान गरिएको छ । महासचिव भुसालले दोसल्ला र प्रमाणपत्रले सम्मान गरेका हुन ।

त्यसैगरी युवा पत्रकारिता सम्मानबाट समता टेलिभिजनमा कार्यरत अस्मिता अधिकारीलाई सम्मान गरिएको छ । महासचिव भुसाल र संगठन रुपन्देहीका अध्यक्ष परियारले दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको हो ।
यसअघि समाजवादी प्रेस संगठन लुम्बिनीको बैठक बसेको थियो । बैठकले आगामि पत्रकार महासंघको निर्वाचन, संगठनका बिषयमा विभिन्न निर्णय गरेको जनाएको छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram