कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
सौराहामा नेपाल तेक्वान्दो संघको आठौं केन्द्रीय साधारण सभा

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा नेपाल तेक्वान्दो संघको आठौं केन्द्रीय साधारण सभा गरिएको छ । साधारण सभाको युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ उद्घाटन गर्दै राजनीतिक हस्तक्षेपका कारण खेलकुद अस्तव्यस्थ रहेको बताएका छन् । उनले खेलकुदलाई मागिखाने भाडो बनाएको बताए । खेलकुदलाई राजनीतिसंग जोडेर मागिखाने भाडो बनाइएको रहेछ उनले भने अब खेलकुदलाई गरिखाने भाडोको रुपमा विकास गर्ने बताए । राजनीतिक हस्तक्षेपका कारण खेलाडीहरु व्यवसायिक बन्न नसकेको भन्दै उनले खेलेरै जीविकोपार्जन हुने गरी खेलकुद क्षेत्रलाई सुधार गर्ने प्रतिबद्धता जनाए । खेलकुदमा अथाह सम्भावना छ उनले भने राजनीतिको चपेटामा परेर खेलाडीहरुको भविश्य अनिश्चित बनेको मन्त्री श्रेष्ठले बताए । मन्त्री श्रेष्ठले खेलकुदमा नेपालले सफलता प्राप्त गर्ने थप्रै सम्भावना रहेको भन्दै यसको एकमात्र विकल्प व्यवसायिकरण रहेको बताए । उपसभामुख इन्दिरा रानाले खेलकुद क्षेत्रमा महिलाप्रति विभेद् भइरहेको भन्दै त्यसको अन्त्य गर्न मन्त्री श्रेष्ठको ध्यानर्कषण गराएकी छन् । विभेद्कै कारण प्रतिभाशाली महिला खेलाडीहरु पछाडि परेको भन्दै उनले पुरस्कार र हौसला प्रदान गर्ने काममा महिला खेलाडीलाई विभेद नगर्न आग्रह गरिन । संघका अध्यक्ष प्रकास शमशेर रानाले साधारण सभामा खेलकुद क्षेत्रमा विद्यामान समस्या सामधानको लागि छलफल गरी निर्णय गर्ने बताए । तेक्वान्दोले अन्तराष्ट्रिय स्तरमा नेपालको प्रतिष्ठा उच्च राख्न महत्वपूर्ण भूमिका खेलेको भएपनि राज्यले तेक्वान्दो खेललाई महत्वनदिएको बताए । कार्यक्रममा वालवालिकाको क्षेत्रमा निरन्तर काम गर्दै आएकी उपसभामुख राना सहित गोल्छा समुहका अध्यक्ष शेखर गोल्छ तथा तेक्वान्दो खेलको विकासको लागि योगदान गरेकाहरुलाई सम्मान गरिएको छ । साधारण सभामा सातै प्रदेशका तेक्वान्दो खेलाडी, प्रशिक्षक गरी २५० जना प्रतिनिधिहरुको सहभागिता रहेको छ । कार्यक्रममा राष्ट्रिय तथा अन्तरराष्टिय प्रशिक्षकहरुको समेत सहभागिता रहेको चितवन जिल्ला तेक्वान्दो संघका अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए । कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष नारायण अधिकारी, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, वागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरी, रत्ननगर खेलकुद विकास समितिका संयोजक कृष्ण चौधरी लगायतले मन्तव्य राखेका थिए । साधारण सभाको बन्दसत्रले बार्षिक तथा आर्थिक प्रतिबेदन पारित गर्ने जनाइएको छ । तेक्वान्दो खेलको थप विकासका लागि सरकार, राष्ट्रिय खेलकुद परिषद् र संघले गर्नुपर्ने कामको विषयमा छलफल गरी साधारण सभा शनिबार नै सकिएको छ ।






चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

