Listen Live: 

सौराहामा नेपाल तेक्वान्दो संघको आठौं केन्द्रीय साधारण सभा

Radio Chitwan
शनिबार, बैशाख ८, २०८१

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा नेपाल तेक्वान्दो संघको आठौं केन्द्रीय साधारण सभा गरिएको छ । साधारण सभाको युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ उद्घाटन गर्दै राजनीतिक हस्तक्षेपका कारण खेलकुद अस्तव्यस्थ रहेको बताएका छन् । उनले खेलकुदलाई मागिखाने भाडो बनाएको बताए । खेलकुदलाई राजनीतिसंग जोडेर मागिखाने भाडो बनाइएको रहेछ उनले भने अब खेलकुदलाई गरिखाने भाडोको रुपमा विकास गर्ने बताए । राजनीतिक हस्तक्षेपका कारण खेलाडीहरु व्यवसायिक बन्न नसकेको भन्दै उनले खेलेरै जीविकोपार्जन हुने गरी खेलकुद क्षेत्रलाई सुधार गर्ने प्रतिबद्धता जनाए । खेलकुदमा अथाह सम्भावना छ उनले भने राजनीतिको चपेटामा परेर खेलाडीहरुको भविश्य अनिश्चित बनेको मन्त्री श्रेष्ठले बताए । मन्त्री श्रेष्ठले खेलकुदमा नेपालले सफलता प्राप्त गर्ने थप्रै सम्भावना रहेको भन्दै यसको एकमात्र विकल्प व्यवसायिकरण रहेको बताए । उपसभामुख इन्दिरा रानाले खेलकुद क्षेत्रमा महिलाप्रति विभेद् भइरहेको भन्दै त्यसको अन्त्य गर्न मन्त्री श्रेष्ठको ध्यानर्कषण गराएकी छन् । विभेद्कै कारण प्रतिभाशाली महिला खेलाडीहरु पछाडि परेको भन्दै उनले पुरस्कार र हौसला प्रदान गर्ने काममा महिला खेलाडीलाई विभेद नगर्न आग्रह गरिन । संघका अध्यक्ष प्रकास शमशेर रानाले साधारण सभामा खेलकुद क्षेत्रमा विद्यामान समस्या सामधानको लागि छलफल गरी निर्णय गर्ने बताए । तेक्वान्दोले अन्तराष्ट्रिय स्तरमा नेपालको प्रतिष्ठा उच्च राख्न महत्वपूर्ण भूमिका खेलेको भएपनि राज्यले तेक्वान्दो खेललाई महत्वनदिएको बताए । कार्यक्रममा वालवालिकाको क्षेत्रमा निरन्तर काम गर्दै आएकी उपसभामुख राना सहित गोल्छा समुहका अध्यक्ष शेखर गोल्छ तथा तेक्वान्दो खेलको विकासको लागि योगदान गरेकाहरुलाई सम्मान गरिएको छ । साधारण सभामा सातै प्रदेशका तेक्वान्दो खेलाडी, प्रशिक्षक गरी २५० जना प्रतिनिधिहरुको सहभागिता रहेको छ । कार्यक्रममा राष्ट्रिय तथा अन्तरराष्टिय प्रशिक्षकहरुको समेत सहभागिता रहेको चितवन जिल्ला तेक्वान्दो संघका अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए । कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष नारायण अधिकारी, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, वागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरी, रत्ननगर खेलकुद विकास समितिका संयोजक कृष्ण चौधरी लगायतले मन्तव्य राखेका थिए । साधारण सभाको बन्दसत्रले बार्षिक तथा आर्थिक प्रतिबेदन पारित गर्ने जनाइएको छ । तेक्वान्दो खेलको थप विकासका लागि सरकार, राष्ट्रिय खेलकुद परिषद् र संघले गर्नुपर्ने कामको विषयमा छलफल गरी साधारण सभा शनिबार नै सकिएको छ ।

आन्य समाचारहरु:-
January 15, 2025
चितवन महोत्सवमा भोलि भुवन प्यासी र समिक्षा अधिकारीको प्रस्तुती,साथै अन्न्य  कार्यक्रम

चितवन, माघ २ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका […]

January 13, 2025
चितवन महोत्सवमा भोलि हिमेश पन्त र सुजिता श्रेष्ठको प्रस्तुती, अरु पनि हुँदैछन् सांस्कृतिक कार्यक्रम

चितवन, पुष २९ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]

January 13, 2025
खैरहनीमा खिचरा महोत्सवको दसौं संस्करण सुरु

खैरहनी । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चितवनको खैरहनीमा सोमवार खिचरा महोत्सवको दसौं संस्करण उद्घाटन गरेका छन् । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले खैरहनी नगरपालिका वडा […]

January 13, 2025
खैरहनीमा आजदेखि खिचरा महोत्सव : मुुख्यमन्त्रीले उद्घाटन गर्ने 

खैरहनी । पूर्वी चितवनको खैरहनीमा आज साेमवार देखि दशौं खिचरा महोत्सव सुरु हुँदैछ । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ काे आयाेजनामा हुने साे महोत्सवको बागमती प्रदेश सरकारका मुुख्यमन्त्री […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram