Listen Live: 

कालिकामा आजदेखि पाँचदिने अचार बनाउने तालिम सुरु

Radio Chitwan
शुक्रबार, चैत्र १६, २०८०

कालिका। कालिका नगरपालिकाको वडा नं. ६ मा आजदेखि पाँचदिने अचार बनाउने तालिम सुरु भएको छ ।स्थानीयलाई उद्यमशील बनाउने नगरपालिकाको योजना अनुसार कालिका नगरपालिकाले आयोजना गरेको तालिमको नगर उपप्रमुख विमला तामाङले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै नगर उपप्रमुख तामाङले स्थानीय स्तरमै रोजगारी सृजनागर्न पालिकाले उद्यमशीलतालाई प्राथमिकतामा राखेको बताउनुभयो । स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउन नगरपालिकाले विभिन्न खालका सीप मूलक कार्यक्रमगर्दै आएको उहाँले जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएको उपप्रमुख तामाङले सीप सिकेर आत्मनिर्भर बन्न सहभागिहरुलाई आग्रहगर्नभयो । व्यवसायिक रुपमै कामगर्ने योजना लिएर तालिममा सहभागि हुन हुनुस उहाँले भन्नुभयो –‘त्यसका लागि थप सहयोग गर्न पालिका तयार छ ।’ कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणी शर्मा गौतमले सीप विकासले मात्रै सम्बृद्ध कालिका र सुखी कालिका हुने बताउनुभयो । नगरपालिकाले लिएको सम्बृद्ध कालिका बनाउने योजनालाई यस्तै खालका सीप मूलक कार्यक्रमले मात्रै सम्भवहुने भएकाले तालिमवाट प्रशस्त फाईदा लिन सहभागिहरुलाई आग्रहगर्नुभयो । उहाँले सहभागिहरुलाई उद्यमी बन्ने उद्देश्य लिएर सीप सिक्न आग्रहगर्नुभयो । गुणस्तरिय सामग्री उत्पादनगर्ने लक्ष्य लिएर सीप सिकेमा त्यसलाई व्यवसायिक रुपमै अगाडी बढाउन सकिने उहाँको भनाई छ । सीप सिकेर उद्यमी बन्न खोज्नेहरुलाई पालिकाले बिउ पुँजीको रुपमा केही आर्थिक सहयोग समेतगर्न सकिने उहाँले बताउनुभयो ।उत्पादन भएको सामग्रीमा गुणस्तरिय भएमा त्यसको बजारिकरणमा समेत पालिकाले सहयोग गर्ने स्पष्टपार्नुभयो । नगरपालिकाले पाककला तालिम, व्यूटिपार्लर तालिम, चुरा बनाउने तालिम, कपाल काट्ने तालिम लगायतका सीपमूलक कार्यक्रमहरु गर्दै आएको उहाँले जानकारी दिनुभयो । वडा नं. ६ का वडा अध्यक्ष टिकाराम रेग्मीको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा कालिका वडा नं. २ का वडा अध्यक्ष लक्ष्मण पौडेल, वडा नं. ७ का वडा अध्यक्ष कमलराज मोक्तान, कार्यपालिका सदस्य शान्ति महतो लगायतका अतिथिहरु उद्घाटनमा सहभागि थिए । वडा नं. १ देखि ८ नम्बर वडा सम्मका स्थानीय महिलाहरु अचार बनाउने तालिममा सहभागि छन् । पाँचदिन सम्म चल्ने तालिममा सरस्वती लामा र संगीता खनालले सहजिकरण गरिरहेका छन् ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram