Listen Live: 

.कालिकामा सहमतीको बेमौसमी तरकारी खेती तालिम सुरु

Radio Chitwan
शुक्रबार, चैत्र १६, २०८०

रत्ननगर- समुदाय, वन्यजन्तु र जलवायुको क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था सहमतीले कालिका नगरपालिकामा बेमौसमी तरकारी खेती तालिम सुरु गरेको छ ।संस्थाले कालिकाका तिनवटा सामुदायिक वनमा आवद्ध २२ जना किसानहरुलाई तालिम संचालन गरेको हो । तालिम पाउनेहरुमा चतुर्मुखी, अमलाचुली र भिमवली सामुदायिक वनमा आवद्ध किसानहरु छन् ।कालिकाकै भिमवली सामुदायिक वन कार्यालयको सभाहलमा सुरु भएको तालिमको शुक्रबार एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि वडा नं. ५ का वडाध्यक्ष दिपक बहादुर भट्टराईले यस्ता तालिमले किसानहरुको आर्थिक क्षमता बढाउन सहयोगी भूमिका खल्ने धारणा व्यक्त गरे ।सामुदायिक वनमा आवद्ध किसानहरु आर्थिक रुपमा सबल भएमात्र संरक्षणको काम दिगो हुने बताउँदै थापाले आयोजक प्रति धन्यवाद ज्ञापन गरे ।भिमवली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जयचन्द्र चौधरीको अध्यक्षतामा भएको कार्यक्रम सहमतीका चितवन जिल्लाको लागि सामाजिक सहजकर्ता जनक सुवेदीले संचालन गरेका थिए ।सहमति संस्थाले डब्लु डब्लु एफ नेपालसँगको सहकार्यमा यस्ता कार्यक्रम संचालन गर्दै आएको छ । तालिमका सहभागीहरुलाई नेपाल कृषि अनुसधान परिषदका वरिष्ठ वैज्ञानिक डा. सुवास सुबेदीले प्रशिक्षण दिनेछन् ।

आन्य समाचारहरु:-
April 28, 2024
भरतपुर भ्रमण वर्षको अवसरमा होटल संघको अध्यायन अवलोकन भ्रमण सम्पन्न

भरतपुर- भरतपुर महानगरपालिकाको नेतृत्वमा घोषणा भएको भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउने उदेश्यले चितवन स्थित होटल व्यवसायीहरुको छाता संस्था होटल व्यवसायी संघ चितवनको आयोजनामा भरतपुर २९ चौकीडाँडा क्षेत्रमा एक […]

April 28, 2024
नारायणी नदी तटबन्धको मेयर दाहालद्वारा अनुगमन

चितवन, वैशाख १६ । नारायणी तटबन्धनको कार्य प्रगतिबारे भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालसहितको टोलीले निरीक्षण गरेको छ ।तटबन्धको पहिलो चरणको २० किलोमिटर मध्ये ८ किलोमिटरको काम सम्पन्न भइसकेको छ । […]

April 28, 2024
अनुत्पादक क्षेत्रमा लगानी हुँदा आर्थिक संकट : सिइयो पाण्डे

रत्ननगर । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेले अनुत्पादक क्षेत्रमा लगानी हुँदा मुलुकमा आर्थिक संकट पैदा भएको बताएका छन् । रत्ननगर उद्योग बाणिज्य संघले आफ्नै स्वागतको लागि आइतबार आयोजना […]

April 27, 2024
रत्ननगरमा जेसीज सप्ताह : आर्थिक सम्भावनाको खोजी गर्न रत्नविज

रत्ननगर । चितवनको रत्ननगर बैशाख १९ गतेबाट सुरु हुने जेसीज सप्ताहमा जिल्लाको आर्थिक विकासको सम्भावनाको खोजी गरिने भएको छ । रत्ननगर जेसीजले तय गरेको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत बैशाख २२ […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram