Listen Live: 

.कालिकामा सहमतीको बेमौसमी तरकारी खेती तालिम सुरु

Radio Chitwan
शुक्रबार, चैत्र १६, २०८०

रत्ननगर- समुदाय, वन्यजन्तु र जलवायुको क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था सहमतीले कालिका नगरपालिकामा बेमौसमी तरकारी खेती तालिम सुरु गरेको छ ।संस्थाले कालिकाका तिनवटा सामुदायिक वनमा आवद्ध २२ जना किसानहरुलाई तालिम संचालन गरेको हो । तालिम पाउनेहरुमा चतुर्मुखी, अमलाचुली र भिमवली सामुदायिक वनमा आवद्ध किसानहरु छन् ।कालिकाकै भिमवली सामुदायिक वन कार्यालयको सभाहलमा सुरु भएको तालिमको शुक्रबार एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि वडा नं. ५ का वडाध्यक्ष दिपक बहादुर भट्टराईले यस्ता तालिमले किसानहरुको आर्थिक क्षमता बढाउन सहयोगी भूमिका खल्ने धारणा व्यक्त गरे ।सामुदायिक वनमा आवद्ध किसानहरु आर्थिक रुपमा सबल भएमात्र संरक्षणको काम दिगो हुने बताउँदै थापाले आयोजक प्रति धन्यवाद ज्ञापन गरे ।भिमवली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जयचन्द्र चौधरीको अध्यक्षतामा भएको कार्यक्रम सहमतीका चितवन जिल्लाको लागि सामाजिक सहजकर्ता जनक सुवेदीले संचालन गरेका थिए ।सहमति संस्थाले डब्लु डब्लु एफ नेपालसँगको सहकार्यमा यस्ता कार्यक्रम संचालन गर्दै आएको छ । तालिमका सहभागीहरुलाई नेपाल कृषि अनुसधान परिषदका वरिष्ठ वैज्ञानिक डा. सुवास सुबेदीले प्रशिक्षण दिनेछन् ।

आन्य समाचारहरु:-
March 25, 2025
पुग्यो WorldLink को १० लाख ग्राहाक

१० लाख घरधुरीको परिवार १० लाख घरधुरी, ५० लाख मनका तार, हिमाल पहाड तराई, हामी सबै एउटै परिवार।

February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2026 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram