Listen Live: 

सरकारी बेवास्ताका कारण भरतपुर महानगरपालिका–२० स्थित निर्माणाधिन राष्ट्रियस्तरको चित्रवन फुटबल रंगशाला अलपत्र

Radio Chitwan
शुक्रबार, फाल्गुन ५, २०७९

चितवन, फागुन ५–

सरकारी बेवास्ताका कारण भरतपुर महानगरपालिका–२० स्थित निर्माणाधिन राष्ट्रियस्तरको चित्रवन फुटबल रंगशाला अलपत्र परेको छ। रंगशालामा हालसम्म करिब १२०० मिटर मात्रै पक्कि पर्खाल निर्माण सम्पन्न भएको छ।

साविक चित्रवन नगरपालिका हुँदा चित्रवन युवा तथा खेलकुद विकास समितिको पहलमा राष्ट्रिय खेलकुद परिषद्ले आर्थिक वर्ष २०७४र७५ मा १० बिगाह क्षेत्रफलमा १ अर्ब ५३ करोड रुपैयाँ लागतमा १७ हजार दर्शक क्षमताको रंगशाला निर्माण गर्नेगरी डिपिआर तयार गरेको हो ।

रंगशाला निर्माण अभियानको क्रममा चितवन अन्तर्राष्ट्रिय समन्वय समिति गैरआवासिय नेपाली संघबाट ४ लाख ७२ हजार र चितवन सेवा समाज जापानबाट २ लाख रुपैयाँ प्राप्त गरी पर्खाल निर्माण कार्य थालनी भएको थियो। आव २०७५र७६ मा निर्माण कार्यको प्रारम्भिक चरणमा राष्ट्रिय खेलकुद परिषदले ५० लाख र आव २०७६र७७ मा चितवन विकास प्याकेजअन्तर्गत ५० लाख रुपैयाँ विनियोजन भई पक्कि पर्खालको केहि संरचना निर्माण भएको हो ।

हालसम्म भरतपुर महानगरको डेढ करोड र राष्ट्रिय खेलकुद परिषदको डेढ करोड रुपैयाँ र आव २०७७र७८ को भरतपुर महानगरपालिकाको थप बजेट २० लाखबाट करिब १२०० मिटर पक्कि पर्खाल निर्माण कार्य सम्पन्न भएको चित्रवन फुटबल रंगशाला समितिका सचिव टुकमान गुरुङले जानकारी दिए ।

गत आव २०७८र७९ मा बागमती प्रदेश सरकारबाट ३० लाख रुपैयाँ बजेट बिनियोजन थियो । फूटबल र एथलेटिक्स क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने र खेल पर्यटनको बिकास गर्ने उद्देश्यले यो रंगशाला निर्माणको काम थालिएको हो ।

काठमाडौको दशरथ रंगशाला पछिको बैकल्पिक रंगशालाको रुपमा हेरिएको यो रंगशाला फुटबल पारखिहरुको लागि महत्त्वपूर्ण रंगशाला हुने अपेक्षा गरिएको थियो । तर रंगशाला निर्माण कछुवाको गतिमा जादै गर्दा केन्द्रिय सरकारबाट पर्याप्त बजेट निकासा नहुँदा चितवनको खेल जगतमा निरासा छाएको छ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram