रत्ननगर । रत्ननगरको टिकौलीचौरमा यही मंसिर २५ गते सोमबार देखि दोस्रो रत्नप्रिय कप फुटवल प्रतियोगिता हुने भएको छ । वडा नं ९ मा रहेको रत्नप्रिय क्वलको आयोजनामा प्रतियोगिता हुन लागेको […]
खैरहनीमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

खैरहनीमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । खैरहनी नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा खैरहनी नगरपालिकाभित्रका २३ वटा सामुदायिक एवं संस्थागत विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको छ ।
प्रतियोगिताको खैरहनी नगरपालिका प्रमुख शशिकुमार खनियाँले उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै नगरप्रमुख खनियाँले नगरभित्र खेलकुदको प्रवद्र्धन गर्न नगरपालिकाले नगरस्तरीय खेलकुद विकास समिति गठनको अन्तिम प्रक्रियामा रहेको बताउनुभयो । खेलकुद विकास समितिमार्फत नगरभित्र विभिन्न खेलकुदका गतिविधि संचालन गरिने उहाँले बताउनुभयो ।
बालबालिका तथा युवा वर्गलाई खेलकुदमा संलग्न गराउन सके उनीहरु कुलतमा फस्ने सम्भावना समेत कम हुने उहाँले बताउनुभयो । प्रतियोगिताले शारीरिक, मानसिक र सामाजिक रुपमा स्वस्थ र क्षमतावान नागरिक बनाउन टेवा पुग्ने खैरहनी नगरपालिकाकी उपप्रमुख कविता उप्रेतीले विश्वास व्यक्त गर्नुभयो । उहाँले सफल जीवनको लागि पाठ्यपुस्तकको ज्ञानले मात्रै नहुने भएकोले विद्यार्थीमा भएको क्षमता देखाउने अवसरको रुपमा प्रतियोगिता रहेको बताउनुभयो ।
प्रतियोगिता सञ्चालनको लागि जिल्ला खेलकुद विकास समितिसँग समन्वय गरिएको खैरहनी नगरपालिकाका खैरहनी नगरपालिकाका सामाजिक विकास समिति संयोजक रोहिणी प्रसाद उप्रेतीले बताउनुभयो । प्रतियोगितामा लामा तथा छोटो दुरीको दौड, कबड्डी, भलिबल, सर्ट पुट लगायतको खेल हुुने उप्रेतीले बताउनुभयो । सोमबार भएको मार्च पासमा सैनिक आवासीय महाविद्यालयका विद्यार्थीको समूहले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
उत्कृष्ट प्रदर्शन गरेको महाविद्यालयलाई सिल्ड प्रदान गरिएको खैरहनी नगरपालिकाका नगर शिक्षा अधिकारी राजु बानियाँले जानकारी दिनुभयो । पहिलो दिन सोमबार भएको छात्र र छात्रातर्फको १५०० मिटर दौड, १०० मिटर दौड र सर्ट पुटको अन्तिम खेलमा सैनिक आवासीय महाविद्यालय र माध्यमिक विद्यालय गवैले दुईरदुई वटा स्वर्ण पदक जितेको छन् भने खैरहनी मा वि र ग्लो साइन एकेडेमीले एकरएक वटा स्वर्ण पदक जितेको छ । जनजीवन मा वि र ग्लो साइन एकेडेमीले दुई÷दुई वटा, सैनिक महाविद्यालय र खैरहनी मा विले एकरएकवटा रजत पदक जितेको छ ।
कठार माविले दुईवटा, जनजीवन, कपिया, खैरहनी मा वि र ग्लो साइन एकेडेमीले एकरएकवटा कास्य पदक जित्न सफल भएको बानियाँले बताउनुभयो । प्रतियोगितामा सर्वाधिक स्वर्ण पदक प्राप्त गर्ने विद्यालयले राष्ट्रपति रनिङ सिल्ड प्राप्त गर्नेछ
उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्य घट्यो, काउली किलोको पाँच रुपैयाँ चितवन, मंसिर २१- तरकारीको उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्यमा भारी गिरावट आएको छ । सबैको बारीमा तरकारी उत्पादन हुन थालेपछि तिहारपछि […]
रत्ननगर ,मंसिर १८- पूर्वी चितवन पत्रकार मञ्चकाे अध्यक्षमा पत्रकार हाेमनाथ सापकाेटा चयन भएका छन् । साेमबार सम्पन्न मञ्चकाे विशेष अधिवेशनले आगामी कार्यकालकाे लागि सापकाेटाकाे नेतृत्वमा नयाँ समिति चयन गरेकाे हाे […]