Listen Live: 

मतदातासँग विकास र परिवर्तनको आवाज उठाउँदै लोक गायक मिलन लामा

Radio Chitwan
शनिबार, कार्तिक १९, २०७९

चितवन ६० को दशकमा प्रकाशित बहुचर्चित लोक तथा दोहोरी गीत ‘कृष्ण भीरमा जाम’, ‘हङकङ आइडिले’, ‘माझी दाइ’ आदिका माध्यमबाट घरघरमा पुग्न सफल लोकप्रिय गायक एवम् सर्जक मिलन लामा (विष्णु) यतिबेला गीतरसंगीतभन्दा फरक बाटो हुँदै जनताको घरदैलोमा पुगिरहेका छन्। विशुद्ध कलाकारिता गरेर जीवन निर्वाह गर्नुका साथै सामाजिक अभियानमा जोडिएका गायक लामा मंसिर–४ को लागि घरदैलोमा दौडिएका हुन्।गीतरसंगीतको माध्यमबाट आम स्रोता तथा दर्शकले सहर्ष स्वीकार गरेका उनी गायक लामालाई प्रतिनिधिसभा सदस्यमा मतदाताले कत्तिको विश्वास गर्छन् भन्ने कुराको अन्तिम निर्णय थाह पाउनको लागि मत परिणाम सार्वजनिक भएपछि मात्रै थाह होला। तर, उनले आफ्नो पक्षमा मत ल्याउनको लागि सक्दो प्रयास गरिरहेका छन्।

मतदातासँग प्रत्यक्ष भेटेर आफ्नो चुनावी एजेण्डा सुनाउने र जनताका कुरा पनि सुन्ने काम गरिरहेका छन्। उनले आफू जनताको सेवक भएर काम गर्नको लागि प्रतिनिधिसभामा उमेदवार भएको बताउँदै आएका छन्। ‘म जनताको शासक होइन, सेवक भएर काम गर्न चाहन्छु,’ चुनावी प्रचारप्रसारका क्रममा उनले भने, ‘त्यसको लागि आम मतदाताले संसदसम्म पुर्‍याइदिन मतदानको भूमिका खेलिदिनुपर्नेछ।’

चितवन क्षेत्र नं।१ बाट प्रतिनिधिसभामा उमेदवारी दिएका गायक लामाले यसपटक जनताले आफ्नो ठाउँको लागि मत परिवर्तन गर्नेमा आफू विश्वस्त रहेको बताए। ‘काठमाडौँ र धरानका जनताले बुद्धि पुर्‍याएर नयाँ नेतृत्व चुनेजस्तै अब चितवन–१ का आम मतदाताले पनि बुद्धि पुर्‍याउनुहुनेछ भन्नेमा म विश्वस्त छु,’ उनले भने।

दलका नेताबाट सामान्य भुइँमान्छेका कुरा संसदसम्म पुर्‍याउनै नसक्ने हुँदा त्यही भुइँमान्छेको आवाज बोकेर संसद प्रवेश गर्ने र जनताको सेवाको लागि आफू राजनीतिमा आएको उनको भनाइ छ। जनताका हर समस्या स्थानीय तहबाट समाधान हुन सम्भव नहुने हुँदा संघीय संसद नै रोजेको समेत उनले बताए। ‘कतिपय विकास निर्माणका काम स्थानीय सरकारबाट पनि गर्न सकिन्थ्यो। तर, सबै सम्भव नहुने रहेछ,’ उनले भने, ‘त्यसको लागि संघीय सरकार नै चाहिने हुँदा प्रतिनिधिसभामा यसपटक उमेदवार बनेको हुँ।’

सामाजिक सञ्जालमार्फत खर्च जुटाएरै भए पनि २५ जना विपन्न नागरिकको घर निर्माण गरिदिएको उदाहरण थप्दै उनले भने, ‘सामाजिक सञ्जालमा साथीभाइसँग सहयोग मागेर विकास निर्माणको कामले पूर्णता पाउन सजिलो छैन,’ उनले भने, ‘त्यसैले एकपटक सरकारी पदमै बसेर जनताको समस्या बुझ्ने र समाधानको बाटो रोज्ने उपाय अपनाएको हुँ।’ अहिले उनी घरघरमा मत माग्न पुगेका छन्। कलाकार भएकै कारण कसैले गीत गाउन आग्रह गर्दा पनि गीतबाटै मत मागिरहेका छन्।

आन्य समाचारहरु:-
April 22, 2024
झुवानी सामुदायिक पुस्तकालयकाे क्यालेन्डर विमाेचन

रत्ननगर । चितवनकाे रत्ननगर नगरपालिका वडा न५ झुवानीमा रहेकाे झुवानी सामुदायिक पुस्तकालयले  तयार पारेकाे २०८१ सालको क्यालेन्डर साेमबार  विमोचन गरेको छ । वडाअध्यक्ष बालकृष्ण चापागाईंले एक समारोहबीच  क्यालेन्डर  विमोचन गरेका […]

April 22, 2024
कतारका राजालाई राष्ट्रपतिले त्रिभुवन विमानस्थलमा स्वागत गर्ने

काठमाडौं– कतारका अमिर शेख तामिम विन हमद अल थानीलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार अमिर थानीलाई मंगलबार अपराह्न ५: ३५ मा त्रिभुवन अन्तर्राष्ट्रिय […]

April 22, 2024
भरतपुर अस्पतालका वेथिति र समस्याहरुप्रति अनेरास्ववियु चितवनको ध्यानाकर्षण

चितवन, १० वैशाख । भरतपुर अस्पतालमा अवैध क्रियाकलाप, बेथिति र समस्याहरुको चाङ् रहेको भन्दै अनेरास्ववियु चितवनले ध्यानाकर्षण गराएको छ । आज नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन […]

April 22, 2024
कालिका नगरपालिकाले २३ जना महिलाहरुलाई सीप सिकाएर कपडा सिलाउने मेसिन समेत दियो

कालिका, ९ बैशाख । महिलाहरुलाई उद्यमसँग जोड्ने उद्देश्यले कालिका नगरपालिकाले आयोजना गरेको ४५ दिने आधारभूत सिलाई कटाई तालिम आइतवार सकिएको छ । वडा नं. ४ को सभाहलमा आयोजना गरिएको तालिमको […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram