Listen Live: 

आज शुक्रबारबाट सामुदायिक तथा संस्थागत विद्यालयहरु पाँच गतेसम्म बन्द

Radio Chitwan
शुक्रबार, मंसिर २, २०७९

 मंसिर ४ गतेको निर्वाचनको लागि आज शुक्रबारबाट शैक्षिक संस्था बन्द हुने भएको छ । सामुदायिक तथा संस्थागत विद्यालयहरु पाँच गतेसम्म बन्द रहने विद्यालयहरुले जनाएका छन् ।

मंसिर ४ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको लागि मंसिर २, ४ र ५ गते शैक्षिक संस्था बन्द रहने भरतपुर महानगरका नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेलले जानकारी दिए । निर्वाचनस्थल रहेका विद्यालयहरुमा निर्वाचनको तयारी गर्न थालिएको छ । निर्वाचन स्थल नपरेका विद्यालयहरु पनि बन्द नै हुने छन् । शिक्षकहरु नै निर्वाचनको काममा खटिनुपर्ने भएकाले शैक्षिक संस्थाहरु खुलाउन नसकिएको नगर शिक्षा अधिकारी पौडेल बताउँछन् ।

मतदानस्थल नपरेका विद्यालयहरुले विद्यालय व्यवस्थापन समितिको निर्णय गराई वर्षभरिमा पाँच दिन नकाट्ने गरी स्थानीय बिदाबाट मिलान हुने गरी बिदा गर्न सकिने भरतपुर महानगरले जनाएको छ ।

यस्तै, चितवनका अन्य पालिकाका शिक्षा शाखाहरुले पनि सूचना जारी गरी २, ४ र ५ गते शैक्षिक संस्थाहरु बन्द रहने जनाएका छन् ।

अत्यावश्यक सवारीसाधन चल्ने

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार मंसिर ४ गते मतदानको दिन अत्यावश्यक सवारीसाधन अनुमतिपत्र लिएर चल्न पाउने जनाएको छ । निर्वाचन आयोगले भनेअनुसार बिरामी बोकेको एम्बुलेन्स, शववाहन, दमकल, दूध बोक्ने सवारीसाधन पनि सहज रुपमा चल्न पाउने चितवन प्रशासनले जनाएको छ ।

यसबाहेक खानेपानीको ट्याङ्कर, फोहोरमैला ओसारपसार गर्ने सवारीसाधन पनि चल्नेछन् । परिचयपत्रसहित सञ्चारकर्मीले प्रयोग गर्ने सवारीसाधन पनि चल्ने निर्वाचन आयोगको भनाइ छ ।

यस्तै, सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय वा प्रदेश सरकार माहतहतको सञ्चार प्राधिकरण, सवारीसाधन पनि चल्नेछन् । दूरसञ्चार तथा केबल सेवाका लागि प्रयोग हुने सवारीसाधन पनि चल्न पाउने निर्वाचन आयोगको भनाइ छ । अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारीसाधन पनि चल्न दिइने निर्वाचन आयोगले जनाएको छ ।

यसबाहेक कूटनीतिक नियोग, यूएन एजेन्सी र द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थाहरुमा कार्यरत पदाधिकारी एवं कर्मचारीले प्रयोग गर्ने निलो नम्बर प्लेट भएको सवारीसाधन पनि निर्वाचनको दिन चल्न दिइनेछ ।

विदेशी पर्यटकमात्र बोकेको हरियो नम्बर प्लेट भएको सवारीसाधन, सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायको सवारीसाधन मतदान कार्यमा खटिने कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने सवारीसाधन पनि निर्वाचनको दिन चल्नेछन् ।

आन्य समाचारहरु:-
April 26, 2024
रत्ननगरकाे माधवपुरमा भाेलीदेखि प्रथम माधवपुर गाेल्डकप

रत्ननगर वडा नं १५ स्थित माधवपुरमा भाेली शनिबार देखि प्रथम माधवपुर गाेल्डकप सुरु हुँदैछ । वडा कार्यालयसंगकाे सहकार्यमा माधवपुर खेलकुद विकास समितिले आयाेजना गरेकाे साे प्रतियाेगितामा १२ टिमकाे सहभागिता रहेकाे […]

April 25, 2024
प्रकोप जोखिम न्यूनिकरणका सवालमा समुदायको चेतनात्मक स्तरमा वृद्धी गर्ने उद्देश्यले सचेतनामूलक भित्तेपात्रो प्रकाशन तथा वितरण गरिएको छ ।

  कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मी र उपप्रमुख विमला तमाङले एक कार्यक्रमका बीच भित्तेपात्रोको विमोचन गर्नुभयो । विमोचन कार्यक्रममा बोल्दै नगरप्रमुख रेग्मीले प्राकृतिक प्रकोप जोखिम न्यूनिकरण व्यवस्थापनगर्न पूर्व तयारीगर्न आवश्यक […]

April 25, 2024
कालिकामा महिलालाई निःशुल्क ड्राईभिङ तालिम

चितवनको कालिका नगरपालिकाले निःशुल्क ट्याक्सि ड्राईभिङ तालिम सञ्चालन गरेको छ ।  बेरोजगार महिलालाई लक्षित गरि सिपमुलक तालिम अन्र्तगत १५ दिने निःशुल्क हलुका सवारी चालक (ड्राईभिङ) तालिम सञ्चालन गरेको हो । […]

April 22, 2024
झुवानी सामुदायिक पुस्तकालयकाे क्यालेन्डर विमाेचन

रत्ननगर । चितवनकाे रत्ननगर नगरपालिका वडा न५ झुवानीमा रहेकाे झुवानी सामुदायिक पुस्तकालयले  तयार पारेकाे २०८१ सालको क्यालेन्डर साेमबार  विमोचन गरेको छ । वडाअध्यक्ष बालकृष्ण चापागाईंले एक समारोहबीच  क्यालेन्डर  विमोचन गरेका […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram