Listen Live: 

रत्ननगरमा बालमैत्री निरन्तरता सम्बन्धी अभिमुखीकरण

Radio Chitwan
शनिबार, बैशाख ८, २०८१

रत्ननगर । वाल अधिकार संवाहकको समन्वयमा रत्ननगर नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले बालमैत्री निरन्तरता अभियान बाल विकास र विविध अन्तर्गत चर्चा एवं जागरुकता सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । कार्यक्रममा नगर स्तरीय वाल सञ्जालका पदाधिकारी तथा सदस्य र सामुदायिक विद्यालयका  विद्यार्थीको सहभागिता रहेको हो । कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास समिति संयोजक बालकृष्ण चापागाईंले बालबालिका राष्ट्रका भविष्य भएकोले नगर बाल अधिकारको प्रत्याभूत गराउन संवेदनशील रहेको बताए । बाल मैत्री नगरको निरन्तरतालाई नगरको चिन्ता चासो हरपल रहेको चापागाईंको तर्क छ । महिला विकास अधिकृत दीपा घिमिरेले बाल अधिकारमा संवाहकहरुको प्राप्त अनुभव र ज्ञानको आदानप्रदान गराउन कार्यक्रम फलदायी भएको बताइन् ।  कार्यक्रममा बाल अधिकार संवाहकहरु निशा मगरले बालमैत्री स्थानीय शासनका सुचकहरु तथा बाल बिवाह न्यूनीकरण, पूर्णिमा कायस्थले महिनावारी स्वस्थता साथै ईन्टरनेट सुरक्षा, सुजन कोइरालाले कार्यक्रम सञ्चालन साथै बालबालिका तथा मानव बेचबिखन, शास्वत गौतमले लैंगिक हिंसा, अनिल लामिछानेले दस्तावेजीकरण तथा अभिलेखिकरणका बारेमा प्रस्तुती दिएका थिए ।  भोली आइतबार सोही कार्यक्रम अन्तर्गत नगरका सबै वडाहरुका बालबालिका सम्बन्धित व्यक्तिहरु, नगर स्तरीय वालअधिकार समिति, लगायत नगरका जनप्रतिनिधिहरु संग अन्तरक्रिया गरिने बाल अधिकार संवाहक निशा मगरले जानकारी दिइन् । कार्यक्रममा नगर स्तरीय बाल संजालका उपाध्यक्ष बिजय लामिछानेको समेत आतिथ्यता रहेको थियो ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram