Listen Live: 

रत्ननगर जेसीजको रत्नविजमा उद्यमीको कथा

Radio Chitwan
शनिबार, बैशाख २२, २०८१

रत्ननगर । रत्ननगर जेसीजको रजत जयन्ती तथा जेसीज सप्ताहको अबसरमा शनिबार आयोजित रत्नविज समिट कार्यक्रममा अर्थविद्ले नेपालको आर्थिक अबस्था र जिल्लाका उद्यमीहरुले सफलताको कथा सुनाएका छन् । उद्यमशिलता मार्फत जिल्लाको आर्थिक विकासको सम्भावनाको खोजी गर्न उक्त कार्यक्रम आयोजना गरिएको थियो । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थविद् डा।विश्वनाथ पौडेलले नेपालको अर्थतन्त्र, आर्थिक संकटको विषयमा तथ्यपरक विषयहरु प्रस्तुत गरेको उक्त कार्यक्रममा चटपट व्यापारी देखि राष्ट्रिय स्तरको उद्योगका सञ्चालकहरुको कथा सुनाइएको थियो । नेपालको अर्थव्यवस्थाको र उद्यमीहरुले सफल हुन गरेको प्रयासका बारेमा युवाहरुलाई जानकारी गराउने उद्देश्यले आर्थिक विकास र उद्यमशिलतालाई जोडेर रत्नविज समिट कार्यक्रम आयोजना गरेको रत्ननगर जेसीजका अध्यक्ष नरहरी पुरीले जानकारी दिए । अर्थतन्त्रको बर्तमान र भविश्यलाई केलाउदै युवाहरुलाई जिल्लामै उद्यमी बनाउन प्रेरित गर्ने दीर्घकलिन उद्देश्यका साथ विज्ञ र उद्यमीलाई एउटै मञ्चमा राखेर कार्यक्रम गरिएको उनले बताए ।

कार्यक्रममा अर्थविद् पौडेल सहित सौराहामा चटपट व्यवसाय गरिरहेका चन्दन चटपटका सञ्चालक चन्दन गुप्ता, रिजाल फुड एण्ड बेभरेजेज प्रा।लिका सञ्चालक पुरुषोतम रिजाल, मेरो किनमेलका सञ्चालक सन्तोष कँडेल, क्लोजेटकी सञ्चालक तथा महिला उद्यमी डा।सन्ध्या कँडेल र पूर्व मिस नेपाल सुगारिका केसीको सफलताको कथा प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपालको अर्थतन्त्र र आर्थिक संकटको बारेमा बोल्दै अर्थविद् डा।पौडेलले सरकारले आम्दानी र खर्चको अनुपात मिलाउन नसक्दा आर्थिक संकट पैदा भएको बताए । पौडेलले वर्तमान आर्थिक संकटको अन्त्य गर्न राजश्व बृद्धि गरी अनावश्यक खर्च घटाउदै दीर्घकालिन प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्नुपर्ने सुझाब दिए । कार्यक्रममा प्रेसिडेन्सी कलेजबाट विजनेश मोडल क्यानभास सम्बन्धी प्रस्तुतीकरण गरिएको थियो । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटा प्रमुख अतिथि रहेको सो कार्यक्रममा रत्नविज समिटका संयोजक सौरभ रिजालले कार्यक्रमको उद्देश्यका बारेमा प्रकास पारेका थिए । उद्घाटन कार्यक्रम रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरी, चितवन उद्योग संघका उपाध्यक्ष गजेन्द्र अधिकारी, जेसीजका राष्ट्रिय उपाध्यक्ष अमर घिमिरे, निरुपीत उपाध्यक्ष सपना पौडेल, नारायणढ जेसीजका अध्यक्ष राजेन्द्र भट्टराई, रत्ननगर जेसीजका पूर्व अध्यक्ष सुन्दरलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको जेसीज सप्ताहका मुल संयोजक रामप्रसाद पाण्डेले जानकारी दिए । रत्ननगर जेसीजका अध्यक्ष पुरीको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर जेसीजका महासचिव सुरेशजंग पाण्डेले सञ्चालन गरेका थिए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

January 28, 2025
कालिका भगवती मन्दिरको ३३ औं वार्षिकोत्सव मनाईंदै, ईन्द्रेणी टिमको प्रस्तुती रहने

रत्ननगर । चितवनको कालिका नगरपालिकामा रहेको कालिका भगवती मन्दिरको ३३ औं वार्षिकोत्सव यहि माघ १६, १७ र १८ गते मनाईने भएको छ। कालिका भगवती माई नित्य पुजा तथा व्यवस्थापन समितिले […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram