दाङ – दाङको तुलसीपुर प्रहरीले स्थानीयलाई त्रसित पारेको आरोपमा सात जनालाई पक्राउ गरेको छ । आइतबार बिहान ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका ३ भ्युडरमा रहेकाे खाली गोठबाट सात जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

प्रवक्ता रिजालका अनुसार रक्सी सेवन गरी पेस्ताेल आकारको लाइटरबाट आगो बालेर स्थानीयलाई त्रसित पारेको भन्ने सूचनाको आधारमा खटिएको तुलसीपुर इलाका प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ९ निवासी २५ वर्षीय सन्तोष बस्याल, २३ वर्षीय पोषण ओली २१ वर्षीय अलिज मिया, वडा नं. ६ निवासी २१ वर्षीय केतु ओली, वडा नं. ९ निवासी १८ वर्षीय मोहन बस्नेत रहेका छन् । समूहमा  १६ र १७ वर्षीय दुई जना नाबालक पनि रहेकाे प्रहरीले जनएकाे छ ।

त्यस्तै उनीहरुको साथबाट प्रहरीले तीन थान हँसिया, बन्चरो एक थान, खुडा एक थान र पेस्ताेल जस्ताे देखिने लाइटर एक थान बरामद गरेको छ । साथै उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

२०७८ माघ ३ गते

काठमाडौं । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार प्रदेश १ लाई ६ विकेटले पराजित गरेको छ ।

यसअघि नै समूह ‘ए’ विजेताको रुपमा पुलिस सेमिफाइनल पुगिसकेको छ । समूहमा चारै खेल जितेको पुलिस ८ अंक जोड्दै समूह विजेता बन्दा ५ अंक जोडेको आर्मी समूह उपविजेता बनेको छ ।

शनिबार नै हुनुपर्ने पुलिस र प्रदेश १ बीचको खेल कोरोना संक्रमणको आशंकाका कारण स्थगित गरेर आज खेलाइएको हो ।

कुशल भुर्तेलले ४४ रन बनाएपछि प्रदेश १ ले दिएको १०२ रनको लक्ष्य पुलिसले १३.१ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गर्‍यो । भुर्तेलले २८ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गरे ।

दीपेन्द्र सिंह भरीले १३ बलमा २० रन योगदान गरे । अनिल शाहले २४ बलमा अविजित २० रन बनाए । आरिफ शेखले ४ बल खेल्दै २ चौका प्रहार गरेर १० रनमा अविजित रहे । प्रदेश १ का फिर्दोस अन्सारी, दिपेश कँडेल, मुकुन्द यादव र मनोज तामाङले १-१ विकेट लिए ।

त्यसअघि टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले २० ओभरमा ८ विकेट गुमाएर १०१ रन बनाएको थियो । ओपनर मिनास थापाले अर्धशतक बनाएपनि अन्य खेलाडीले गतिलो साथ नदिँदा प्रदेश १ ले ठूलो स्कोर बनाउन सकेन ।

मिनासले ५९ बल खेल्दै ६ चौका र १ छक्का मद्दतमा ५९ रन नै बनाए । श्रवण यादवले १० रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङमा नेपाल पुलिसका आरिफ शेखले ३ ओभरमा २ मेडन राख्दै ३ रन मात्र खर्चेर २ विकेट लिए ।

दीपेन्द्र सिंह ऐरी र कप्तान मन्जित श्रेष्ठले पनि २-२ विकेट लिए । ३ ओभर बलिङ गर्दा दीपेन्द्रले ८ र मन्जितले २० रन खर्चिए । यस्तै करण केसी र यसै खेलमार्फत मैदान फर्केका सागर ढकालले समान १ विकेट लिए ।

प्रतियोगिताको दुवै सेमिफाइनल मंगलबार हुनेछ । जहाँ नेपाल पुलिसले बागमती प्रदेश र आर्मीले एपीएफसँग खेल्नेछ । दुवै खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा हुनेछ ।

काठमाडौँ — रुसी सेनाको आक्रमणबाट हालसम्म १ सय ३७ युक्रेनीको मृत्यु भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सैनिक अड्डामा मात्र आक्रमण गर्ने दाबी गरे पनि त्यसमा सत्यता नभएको बताउँदै राष्ट्रपति जेलेन्स्कीले अहिलेसम्म १ सय ३७ जनाको मृत्यु भएको दाबी गरेका हुन् ।

त्यस्तै रुसले युक्रेनमाथि गरेको आक्रमणलाई ‘क्रूर आक्रमण’को संज्ञा दिँदै अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपतिले पुनः सोभियत संघ ब्युँताउन चाहेको आरोप लगाएका छन् ।

रुसी सेनाले चेर्नोबिलमा रहेको रेडियोधर्मी पदार्थ रहेको स्थानमा हमला गरेपछि त्यहाँको चेर्नोबिल न्युक्लियर प्लान्टसमेत कब्जा गरिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । चोर्नेबिल कब्जा गरेसँगै रुसले युक्रेनमात्र नभएर पूरा युरोपविरुद्ध युद्धको घोषणा गरेको युक्रेनी राष्ट्रपति जोलेन्स्कीले बताएका छन् ।

राष्ट्रपति जोलेन्स्कीले सन् १९८६ मा न्युक्लियर प्लान्ट विस्फोट हुँदा थुप्रै युक्रेनीले ज्यान गुमाउनुपरेको उल्लेख गर्दै त्यसलाई दोहोरिन नदिने बताएका थिए । स्विडेनका प्रधानमन्त्रीलाई यसबारेमा जानकारी गराइएको उल्लेख गर्दै उनले भनेका थिए, 'यो पूरा युरोपविरुद्ध नै युद्धको घोषणा हो।'

बेलारुस र युक्रेनको सीमानजिकै रहेको चेर्नोबिल न्युक्लियर प्लान्टमा अहिले पनि ठूलो परिमाणमा असुरक्षित रेडियोधर्मी पदार्थ भण्डारण गरिएको छ । त्यसको सुरक्षाका लागि युक्रेनी नेसनल गार्ड खटाइए पनि रुसले कब्जामा लिइसकेको बताइएको छ । रुसी सेनाको हमलाबाट यसअघि झैं पुनः न्युक्लियर प्लान्ट पुनः विस्फोट हुन सक्ने आकलनहरू गरिएका छन् ।

उक्त प्लान्ट विस्फोट भए त्यसको असर पूरै युरोपमा पर्ने बताइएको छ । १९८६ मा ब्लास्ट हुँदा १०० जनाभन्दा कमको मृत्यु भए पनि त्यसकै कारण पछिसम्म स्थानीयको मृत्यु भएको बताइन्छ । सन् १९८६ पछि पनि पटक-पटक दुर्घटना भएपछि चेर्नोबिल न्युक्लियर प्लान्टलाई सन् २००० मा बन्द गरिएको थियो । सन् २०६५ सम्म त्यहाँ रहेको असुरक्षित रेडियोधर्मी पदार्थ हटाइने युक्रेनको तयारी थियो ।

बढ्दो तनावका बीच युक्रेनको राजधानी किभबाट सर्वसाधारणहरू स्लोभाकिया र हंगेरीको सीमातर्फ लागेका छन् । सरकारले भर्खरै राजधानी किभमा कर्फ्यु घोषणासमेत गरेको छ ।

बिहीबार रुसले युक्रेनका विभिन्न स्थानमा क्षेप्यास्त्र प्रहारसहित सैन्य आक्रमण सुरु गरेपछि दुई देशबीच मात्रै होइन विश्व राजनीति नै तरंगित भएको छ ।

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram