Listen Live: 

किसानको हितका लागि मन्त्रालय अल्पकालीन र दीर्घकालीन योजना बनाउँदै

Radio Chitwan
आइतवार, फाल्गुन ७, २०७९

काठमाडौं, फागुन ६–

किसानको हितका लागि मन्त्रालय अल्पकालीन र दीर्घकालीन योजना बनाउँदै छ ।
उत्पादनको उचित मूल्य नपाएको भन्दै चितवनमा आन्दोलित किसानको माग सम्बोधन गर्न मन्त्रालयमा छलफल सुरु भएको हो ।

चितवनको किसान संघर्ष समितिको मागलाई योजनाबद्ध रूपमा पूरा गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालय सकारात्मक रहेको हो । मन्त्रालयका सचिव डा। गोविन्दप्रसाद शर्माले मन्त्री, सचिवहरू र विभागीय प्रमुखहरू सबैसँग यसबारे छलफल भएको बताए । उनका अनुसार भन्सार बिन्दुहरूबाट भन्दा अनौपचारिक रूपबाट सस्तोमा भारतीय तरकारी भित्रिँदा नेपालको उत्पादनले मूल्य नपाएको अनुमान गरिएको छ ।

आयातीत सस्तो तरकारीले गर्दा आन्तरिक उत्पादन बिक्री नभएको किसानको गुनासो छ । केही दिन पहिले उत्पादनले बजार र मूल्य नपाएको भन्दै चितवनका किसानले आन्दोलन गरेका थिए । आन्दोलित किसानले राखेका दर्जनौं मागका बारेमा मन्त्रालय छलफल जुटेको हो।

तरकारीको मूल्य समायोजनदेखि अनुदानलाई व्यवस्थित गर्न र आयात गर्नुअघि योजना बनाउने लगायतबारे छलफल सुरु गरेको छ। किसानको हितका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएको सचिव डा। शर्माले जानकारी दिए । उनका अनुसार किसानको हितमा संघीय निकायका साथै प्रदेश र स्थानीय तहबाट समेत पहल गर्नुपर्छ । ‘किसानको मागअनुसार सरकारका तर्फबाट प्रतिवेदन तयार भएपछि यसलाई स्थानीयकरण गर्ने र प्रदेशमा पठाउने काम सरकारले गर्छ ,’ उनले भने।

यसैगरी सरकारले आयात गर्ने बेला भन्सारमा एकीकृत हिसाबले अनिवार्य रूपमा क्वारेन्टाइनमार्फत पास गराउने, जाँचपासका सबै कार्यालयहरू सँगै खोल्ने र सँगै बन्द गर्ने योजना बनाउने भएको छ । आयात हुने केही तरकारीमा सिजनल कर ९ट्यारिफ० लगाउने, आयातीत तरकारी र फलफूलको विषादी जाँचमा कडाइ गर्ने, उक्त वस्तु आयात गर्दा प्रतीतपत्र ९एलसी० को व्यवस्था गर्ने योजना छ । सबै नाकाबाट कृषिजन्य वस्तु आयात नगरी तोकिएकोबाट मात्रै गर्ने र अनलाइनको व्यवस्था मिलाउन जोड दिइएको छ ।

त्यसैगरी कृषिमा सहुलियतपूणर् कर्जाको विस्तार गर्न मन्त्रालयले योजना अघि सारेको छ । कृषि बिमालाई अनिवार्य गर्ने भन्ने योजना छ । उनका अनुसार कृषिमन्त्री, वाणिज्य मन्त्री र सम्बद्ध पदाधिकारीबीच छलफल भइरहेको छ।
कतिपयले सीमा पारि अनौपचारिक रूपमा पनि गएर सामान किनेर ल्याउने प्रचलन भएकाले यसलाई कसरी व्यवस्थित गर्ने भन्नेमा जोड रहेको उनले सुनाए । दीर्घकालीन रूपमा किसानको बिमा गर्ने, भन्सारको व्यवस्थापन, भन्सारमा ल्याब राख्ने, जनशक्ति व्यवस्थापन गर्नेलगायतको योजना अघि सारिएको छ । भन्सार जाँचमा कडाइ गर्न थालिसकेको उनले बताए।

के थियो चितवनका किसानका माग रु

चितवनमा आन्दोलित किसान संघर्ष समितिले विभिन्न दर्जनभन्दा बढी माग राख्दै माघ २४ गते जिल्ला प्रशासन कार्यालयमा बुझाएको ज्ञापनपत्र मन्त्रालयमा प्राप्त गरेको छ । समितिले कृषि उत्पादनको न्यायोचित मूल्य पाउनुपर्ने, राज्यको नीति निर्माण गर्ने निकायमा वास्तविक किसानको पहुँच हुनुपर्ने माग राखेको छ ।

किसान कार्डको व्यवस्था गरी त्यसबाट अनुदान दिनुपर्ने, भूमि बैंकको व्यवस्था गरी बिनाधितो शून्य ब्याजदरमा ऋण व्यवस्था उपलब्ध हुनुपर्ने माग छ । त्यसैगरी मिटरब्याज आतंक बन्द गर्नुपर्ने, मल बिउबिजन, औषधिको उचित व्यवस्थापन हुनुपर्ने, खेतीयोग्य जमिनको प्लटिङ बन्द गरी जमिनको संरक्षण गर्नुपर्ने समितिको माग छन् ।

यस्तै, समितिले स्वदेशी वस्तुलाई प्रोत्साहन गर्नुपर्ने, किसानको वर्गीकरण गरी पेन्सनको व्यवस्था गर्नुपर्ने र सरकारले कृषिजन्य वस्तु र किसानको बिमा गर्ने व्यवस्था मिलाउन माग गरेको छ ।

आन्य समाचारहरु:-
May 16, 2024
चितवनमा भोली राइटपाथको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’, सम्पूर्ण तयारी पूरा

रत्ननगर, शैक्षिक परामर्शदाता राइटपाथ करियर काउन्सिलिङले चितवनमा गर्ने ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ को तयारी पूरा भएको छ । नारायणगढको लायन्सचोकमा रहेको संस्थाले बिहीवार रत्ननगरमा पत्रकार सम्मेलन गर्दै शुक्रवार (भोलि) हुने ‘ग्रान्ड […]

May 13, 2024
स्काउट पदाधिकारीलाई दलको सदस्यता त्याग्न खेलकुद मन्त्रालयको चेतावनी

काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयले नेपाल स्काउटको सदस्यलाई राजनैतिक दलको सदस्यता त्याग्न निर्देशन दिएको छ । मन्त्रालयले स्काउटका सदस्य कुनै राजनीतिक दलको सदस्य रहेको भए तत्काल सदस्यता त्याग गरी राजनैतिक […]

May 12, 2024
पत्रकार गुरुङको गाडी तोडफोड गरी नगद चोरी

रत्ननगर । चितवनका क्रियाशिल पत्रकार राजनदिल गुरुङको गाडी तोडफोड गरी सञ्चार सामाग्री सहित नगद चोरी भएको छ । राप्ती नगरपालिका वडा नं ७ वीरेन्द्रनगर चोक नजिक पाकिङ गरेर राखेको गाडी […]

May 11, 2024
कालिका नगरपालिकाले ६५ जना महिलालाई हलुका सवारी चालक ( ड्राइभिङ ) तालिम दिएकाे छ ।

१५ दिन सम्म आयाेजना गरिएकाे तालिम शनिबार ( आज ) एक कार्यक्रमका बीच सकिएको छ ।  तालिममा सहभागी कालिका वडा नं ३ कि बन्दना न्युरेले तालिम लिन पाएकाेमा खुशी व्यक्त […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram