Listen Live: 

चितवन जिल्लामा अहिलेसम्म १७ सय भन्दा बढी नागरिक डेँगुबाट प्रभावित

Radio Chitwan
आइतवार, कार्तिक २०, २०७९

चितवन, कात्तिक २०-

चितवन जिल्लामा अहिलेसम्म १७ सय भन्दा बढी नागरिक डेँगुबाट प्रभावित भएका छन् ।

स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार गत साउन १ गतेदेखि अहिलेसम्म एक हजार ७६३ जना संक्रमित भएका हुन् ।

स्वास्थ्य कार्यालयका अनुसार चितवनमा डेँगु परीक्षण गराएका मध्येबाट अन्य जिल्लाबाट आएर परीक्षण गराउने ५४५ जना संक्रमित भएका छन् भने ठेगाना नखुलेका २७० जना रहेका छन् । सबै तथ्यांकलाई हेर्दा अहिलेसम्म दुई हजार ५७८ जना संक्रमित भएका छन् भने अहिलेसम्म पाँच जनाको मृत्यु भएको देखिन्छ ।

चितवनमा अहिलेसम्म १० हजार २४० जनाको डेँगु परीक्षण गरिएको छ । संक्रमित भएका मध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका १२ सय जना, खैरहनी नगरपालिकाका १४७ जना, माडी नगरपालिकाका ३५ जना, रत्ननगर नगरपालिकाका २३६ जना, राप्तीको ९२ जना, कालिकाको ४२ जना इच्छाकामना गाउँपालिकाका ११ जना रहेको स्वास्थ्य कार्यालयको तथ्यांकमा उपलब्ध छ ।

डेंगु भनेको के हो?

डेंगु भनेको एक प्रकारको भाइरल ज्वरो हो । यो डेंगु भाइरस (डिइएन भी) ले हुने रोग हो । यो रोग एडिस जातको लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो रोग लाग्न सक्छ । डेंगु भाइरसको चार प्रजाति छन् । जुन डिइएन भी–१, डिइएन भी–२, डिइएन भी–३, डिइएन भी–४ रहेका छन् ।

एक पटक एक प्रकारको डेंगु भाइरसको संक्रमण भएपछि जीवनभर त्यही प्रकारको डेंगु रोग लाग्दैन, तर अन्य प्रजातिको डेंगु रोग लाग्न सक्छ, र प्रायः दोस्रो पटक लाग्ने डेंगु पहिलेको तुलनामा बढी खतरनाक हुन्छ ।

कुनै व्यक्तिलाई डेंगु भाइरसबाट संक्रमित लामखुट्टेले टोकेपछि धेरै जसो चार देखि सात दिन भित्रमा रोगको लक्षण देखिन्छ । एउटा डेंगु रोगबाट संक्रमित व्यक्तिको रगत चुसेको ८ देखि १२ दिनपछि लामखुट्टे पनि संक्रमित हुन्छ र त्यो जीवन भर संक्रमित रहन्छ ।

एडिस नामक लामखुट्टे साँझ र बिहानको समयमा धेरै सक्रिय हुने गर्छ । तर संक्रमित लामखुट्टले टोकेपछि मात्र यो रोग सर्ने र कुनै पनि व्यक्ति संक्रमित हुने गर्छन् ।

डेंगु संक्रमित व्यक्तिहरुमा कस्ता लक्षण देखा पर्छन् ?

लामखुट्टेले टोकेको वा कुनै पनि व्यक्ति सङ्क्रमित भएको एक हप्तामा विभिन्न किसिमका लक्षणहरु देखा पर्न थाल्छन्। ज्वरो आउने, टाउको दुख्ने, आँखाको पछिल्लो भाग दुख्ने, मासुहरु कर्रकरी लुछ्ने, ढाड दुख्ने, जोर्नी दुख्ने, छालामा रातो रातो दागहरु देखा पर्ने जस्ता लक्षणहरु देखिन्छन् । तर कतिपय मानिस संक्रमित भएर पनि उनीहरुमा डेंगुको कुनै पनि लक्षण नदेखिने समेत हुन्छ । डेंगु भएका कतिपय मानिसलाई फ्लू जस्ता लक्षण देखापर्न सक्छन् भने कतिलाई डेंगु ज्वरो देखिन्छ ।
त्यसैगरी एकदमै कम व्यक्तिहरुमा मात्र डेंगुका कारणले हुने जटिलताहरु देखिने हुन्छ । जटिलता भएको खण्डमा मानिसको रक्त नलीबाट प्लाजमा बहिर निस्किने गर्छ ।

जसले गर्दा फोक्सो, पेटमा पानी जम्ने, पेट दुख्ने, बान्ता हुने, नाक, आँखा मुखबाट रक्तश्राव हुने, उठ्न नसक्ने, कलेजो सुन्निने जस्ता लक्षणहरु देखिन थाल्छन् । बिरामीको रक्त सञ्चालन नभएर ब्लड प्रेसर कम भएका कारणले स्वास्थ्यमा समस्या देखिन सक्छ । त्यसकै कारण मृगौला, कलेजो, दिमाग जस्ता अंगले काम गर्न छोड्न सक्छन् । यति मात्र नभएर कहिले काहीँ रक्तश्राव हुने समस्याहरु देखिने गर्छन् । धेरै मानिसलाई सामान्य डेंगु ज्वरो मात्रै आउने गर्छ भने केहीव्यक्तिहरुलाई यसका कारण जटिलता हुने गर्छ।

यसको उपचार पद्धति के छ ?

डेंगु भएका व्यक्तिहरु औषधिको रुपमा पारासिटामोलको सेवन गर्नुका साथ साथै प्रशस्त मात्रामा झोलिलो खाने कुराहरु खानु पर्छ । यसको उपचारमा धेरै मानिसहरुले सेतो रतग चढाउनु पर्ने भनेर उस्पताल पुग्ने गरेको पाइन्छ । जुन एकदमै गलत हो । सेतो रगत चढाउनु पर्ने आवश्यकता पर्दैन ।

तर रक्तश्रव धेरै भएको खण्डमा भने प्लेटलेसको संख्या घटेर जान्छ, यो डिजिजको प्रोसेस हो । बिस्तारै रगतमा प्लेटलेसको संख्या बढ्दै जान्छ । तर धेरै रुक्तश्राव भएको खण्डमा मात्रै हामीले रगत चढाउने गछौँ । नत्र यसको आवश्यकता हुँदैन ।
यो भनेको भाइरल ज्वरो भएका कारण एन्टिबायोटिकको खासै काम हुँदैन । कुनै व्यक्तिमा अन्य व्याक्टेरियाको संक्रिमण हुन सक्छ । यस्तो अवस्थामा भने चिकित्सकले एन्टिबायोटिक चलाउन सक्छन ्। अन्यथा डेंगु ज्वरोमा एन्टिबायोटिकको कुनै भूमिका छैन ।

कस्ता व्यक्तिमा जटिलता बढी देखिन सक्छ ?

दोस्रो पटक डेंगुको संक्रमण भएका व्यक्ति, गर्भवती महिलामा बढी जटिलता देखिन्छ ।

यो रोग लाग्नबाट कसरी बच्न सकिन्छ ?

– पानी जम्न सक्ने भाँडाहरु जस्तैः गमला, फुलदानी, खाली बट्टा, गाडीको काम नलाग्ने टायरलगायतमा पानी जम्न नदिने
– पानीका ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्ने
– कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालि दिने साथै जम्मा भएको पानी सफा गर्ने

– फुलदानीमा रहेको पानी कम्तीमा हप्तामा दुई पटक फेर्ने
– एडिस एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा पनि प्रायः पूरा बाहुला भएको वा शरीर पुरै ढाकिने लुगा लगाउने
– सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुका साथै साना केटाकेटीलाई समयमा पनि झुलभित्र सुताउने
– लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मल्हम दल्ने
– घरका झ्याल ढोकामा जाली लगाउने
– घर वरिपरी सफा सुग्घर राख्ने पानी जम्ने खाल्डाखुल्डी पुर्ने।

आन्य समाचारहरु:-
April 27, 2024
रत्ननगरमा जेसीज सप्ताह : आर्थिक सम्भावनाको खोजी गर्न रत्नविज

रत्ननगर । चितवनको रत्ननगर बैशाख १९ गतेबाट सुरु हुने जेसीज सप्ताहमा जिल्लाको आर्थिक विकासको सम्भावनाको खोजी गरिने भएको छ । रत्ननगर जेसीजले तय गरेको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत बैशाख २२ […]

April 27, 2024
कालिका नगरपालिकाले घुम्ती शिविर सञ्चालनबाट अपाङ्गता परिचयपत्र वितरण गरेको छ ।

चितवनको कालिका नगरपालिकाले घुम्ती शिविर सञ्चालनबाट अपाङ्गता परिचयपत्र वितरण गरेको छ । शुक्रवार कालिका नगरपालिका वडा नं. १० र ११ का अपाङ्गता भएका व्यक्तिहरुलाई सहजताका लागि वडा नं. ११ को […]

April 26, 2024
रत्ननगरकाे माधवपुरमा भाेलीदेखि प्रथम माधवपुर गाेल्डकप

रत्ननगर वडा नं १५ स्थित माधवपुरमा भाेली शनिबार देखि प्रथम माधवपुर गाेल्डकप सुरु हुँदैछ । वडा कार्यालयसंगकाे सहकार्यमा माधवपुर खेलकुद विकास समितिले आयाेजना गरेकाे साे प्रतियाेगितामा १२ टिमकाे सहभागिता रहेकाे […]

April 25, 2024
प्रकोप जोखिम न्यूनिकरणका सवालमा समुदायको चेतनात्मक स्तरमा वृद्धी गर्ने उद्देश्यले सचेतनामूलक भित्तेपात्रो प्रकाशन तथा वितरण गरिएको छ ।

  कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मी र उपप्रमुख विमला तमाङले एक कार्यक्रमका बीच भित्तेपात्रोको विमोचन गर्नुभयो । विमोचन कार्यक्रममा बोल्दै नगरप्रमुख रेग्मीले प्राकृतिक प्रकोप जोखिम न्यूनिकरण व्यवस्थापनगर्न पूर्व तयारीगर्न आवश्यक […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram