रत्ननगर । चितवनको रत्ननगरमा संस्कृतिलाई पर्यटनसंग जोड्न दुई छुट्टा छुट्टै तालिम शनिबार देखि सुरु भएको छ । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिले महिलाहरुका लागि पञ्चेबाजा र थारु ठेकरा नृत्य तालिम सुरु […]
म्याडम्याक्स विक्रम अभिनित गीत राजा–रानी सार्वजनिक
भरतपुर । म्याडम्याक्स विक्रम चौधरी अभिनित थारू भाषाको गीत ‘राजा–रानी’ सार्वजनिक भएको छ। मंगलबार दिउँसो सेविल इन्टरटेन्मेन्ट नामक युट्युब च्यानलबाट उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो। गीतको भिडियोमा चौधरीलाई दीपिका चौधरीले साथ दिएकी छन्।चितवनको रत्ननगर ४ देवौलीमा २०५६ सालमा जन्मिएका चौधरीले यसअघि पनि ‘मुइँ त दंग पर्लासु’ गीतमा अभिनय गरेका थिए। करिब दुई दर्जन म्युजिक भिडियो छायांकन गरिसकेका उनले नयाँ अनुभव संगाल्नको लागि पनि मोडलिङमा काम गरेका मोडल चौधरीले बताए। हाल रत्ननगरमै म्याडम्याक्स फिल्म स्टुडियो सञ्चालन गरिरहेका चौधरी अवसर पाए मोडलिङ र छायांकनलाई सँगसँगै अगाडि बढाउने योजनामा छन्।
रमेश चौधरीले दृश्य कैद गरेको उक्त भिडियोको निर्देशन तथा सम्पादन हीरा चौधरीले गरेका हुन्। निर्माण समूहले कन्याम, इटहरी, काठमाडौँलगायतका स्थानमा छायांकन गरेको हो। रोहितसिंह चौधरी र अनुमा चौधरीले आवाज भरेका उक्त गीतमा म्युजिक भिडियोका निर्देशक हीरा चौधरीले शब्द कोरेका हुन्। गणेश चौधरीको संगीत संयोजनमा तयार भएको गीतको संगीत भने गायक रोहितसिंह चौधरीले दिएका हुन्।
काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आज आउँदै छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो । दूतावासले आज राति ९ बजेबाट […]
काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार नेपाल आउँदैछिन् । परराष्ट्र मन्त्रालयका अनुसार विदेशमन्त्री योकोले भोलि नै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता […]
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा […]