Listen Live: 

सकियो २९औं वन्यजन्तु सप्ताह, पत्रकार र संरक्षणकर्मीलाई सम्मान

Radio Chitwan
शुक्रबार, बैशाख ७, २०८१

रत्ननगर। चितवनमा मनाइएको २९औं वन्यजन्तु सप्ताहको अन्तिम दिन शुक्रवार संरक्षणकर्मी र पत्रकारलाई सम्मान गरिएको छ ।
सप्ताहको समापन कार्यक्रममा संरक्षणमा योगदान दिने १० जनालाई कदरपत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा वातावरण संरक्षण अभियन्ता ज्ञानेन्द्रराज पाण्डे, संरक्षणकर्मी चरा विद टिकाराम गिरी, वसन्त राना मगर, पत्रकारीतामा श्रव्यदृष्य मार्फत योगदान पुर्याएबापत आभाष टेलिभिजनका प्रवन्ध निर्देशक कोमल चन्द्र भगत, पत्रकार जसपाल न्यूजका सञ्चालक विकाश पौडेल, पर्यापर्यटन प्रवद्र्धनमा योगदान पुर्याएबापत गाईड राजेन्द्र धामी, युवराज पौडेल, ह्याप्पी लेमन ट्री, होटल नेशनल पार्क र जंगल सफारी रिसोर्टलाई सम्मान गरिएको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गा प्रसाद घिमिरेले जानकारी दिए ।

सोही अवसरमा वन्यजन्तु सप्ताह अन्तर्गत संरक्षण सम्बन्धी चित्रकला र बक्तृत्वकाला प्रतियोगिताका विजेताहरुलाई नगद र प्रमाण पत्र सहित सम्मान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले निकुञ्जको आसपास क्षेत्रको संरक्षणमा समेत लाग्न सबैमा अनुरोध गरे ।

कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलवहादुर पुर्जा पुन, संरक्षण अधिकृत तथा मध्यवर्ती शाखा प्रमुख चितवन राष्ट्रिय निकुञ्जका गणेश प्रसाद तिवारी, रत्ननगर वडा नं. ६ का वडा सदस्य विरेन्द्र महतो, मृगकुञ्ज उपभोक्ता समितिका निवर्तमान अध्यक्ष बासु ढुङ्गाना, वर्ड एजुकेशन सोसाईटीका अध्यक्ष टिकाराम गिरी, बाघमारा वनका अध्यक्ष जीत वहादुर तामाङ, तराई भु परिधी तालका क्षेत्रीय ईन्चार्ज प्रेम पौडेल, राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ रेन्जर ऋषि सुवेदी लगाएतले मन्तव्य राखेका थिए ।

सप्ताहको अवसरमा बैशाख १ गते उद्धघाटन, बैशाख २ गते टिकौलीमा राजमार्ग सरसफाई, बैशाख ३ गते चरा अबलोकन, ४ गते वन्यजन्तु संरक्षण मुलक विद्यालय स्तरीय चित्रकला प्रतियोगिता, सोही दिन वन्यजन्तु र मानिस बीचको सहअस्थित्व सम्बन्धी विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता, ५ गते डुंगा सयर, ६ गते वन, वन्यजन्तु र बाताबरण संरक्षणमुलक सचेतना रयाली गरिएको थियो ।

मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष घिमिरेको अध्यक्षतामा कार्यक्रम भएको कार्यक्रममा संरक्षण अधिकृत तथा सौराहा सेक्टर प्रमुख चितवन राष्ट्रिय निकुञ्जका सान्त वहादुर मगर, वडा नं. ९ का वडा अध्यक्ष अनन्त अधिकारी लगाएतको सहभागीता रहेको थियो ।

समृद्धिका लागि वन्यजन्तु संरक्षण भन्ने मुल नारा सहित वैशाख १ गते देखि सप्ताह सुरु भएको थियो ।

मृगकुञ्ज उपभोक्ता समितिका सचिव ओमप्रसाद रिमालले सञ्चालन गरेको कार्यक्रममा सदस्य वुद्धिमान विश्वकर्माले स्वागत मन्तव्य राखेका थिए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram