Listen Live: 

स्काइराइडका दुई पूर्व शिक्षिकालाई उपदान सहित सम्मान

Radio Chitwan
शुक्रबार, बैशाख ७, २०८१

रत्ननगर । चितवनको रत्ननगर स्थित स्काइराइडर आवासीय माविका दुई पूर्व शिक्षिकाहरुलाई शुक्रबार उपदान सहित सम्मान तथा विदाई गरिएको छ । विद्यालयमा लामो समय सम्म काम गरेर अबकास लिएका मीना सुवेदी र ट्रिजा विकलाई उपदान सहित सम्मान गरिएको विद्यालयका प्राचार्य मदन पुरीले जानकारी दिए । सुवेदीले २०५९ साल देखि २०७७ साल सम्म र विकले २०५१ साल देखि २०७८ साल सम्म काम गरेर विद्यालयबाट अबकास लिएका थिए । विद्यालयमा आयोजित औपचारिक कार्यक्रममा रत्ननगरका मेयर प्रलाद सापकोटा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा पुरी र प्राचार्य मदन पुरीले दुई पूर्व शिक्षिकाहरुलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । उनीहरुलाई सोही कार्यक्रममा उपदान रकम समेत प्रदान गरिएको छ । कार्यक्रममा प्रचार्य मदन पुरीले संस्थागत विद्यालयमा पहिलो पटक अबकासप्राप्त शिक्षकहरुलाई उपदानको व्यवस्था गरिएको बताए । उनले विद्यालयले विद्यार्थी संकलन भन्दा पनि शिक्षाको गुणस्तरमा ध्यान दिएको बताए ।
उनले विद्यार्थीको उन्नती र अभिभावकको लगानी खेर नजाने गरी विद्यालयले शिक्षण सिकाइ र शैक्षिक गतिविधि अगाडि बढाएको बताए । १२ जना शिक्षकबाट सूरु गरेको स्काइराइडरमा अहिले २३८ जना शिक्षक र कर्मचारी कार्यरत तथा ३ हजार ४१२ जना विद्यार्थीहरु अध्ययनरत रहेको प्राचार्य पुरीले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि मेयर सापकोटाले स्थानीय सरकारले शिक्षालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै रत्ननगरका सामुदायिक र संस्थागत विद्यालयहरुलाई नेपालकै नमुना विद्यालय बनाउने योजना रहेको बताए । उनले मुद्दा खेपेरै भएपनि सामुदायिक विद्यालयको बेतिथि अन्त्य गर्ने बताए । नगरको शिक्षामा संस्थागत विद्यालयले खेलेको भूमिका अहम रहेको भन्दै उनले आर्थिक विपन्नता भएका विद्यार्थीहरुलाई सहुलीयत शुल्कमा पढाउन आग्रह समेत गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा पुरीको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका आर्थिक विकास समितिका संयोजक सोहेन्द्रराज खरेल, विद्यालय अभिभावक संघका अध्यक्ष सरोजराज लामिछाने, इष्टु इकाइ अध्यक्ष नवराज तिमिल्सिना लगायतले मन्तव्य राखेका थिए । विद्यालयका सहायक प्राचार्य नारायणप्रसाद श्रेष्ठले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम शिक्षिका गीता पोखरेलले सञ्चालन गरेकी थिइन् ।

आन्य समाचारहरु:-
January 17, 2025
नवौं दिनसम्म ३ लाख ५० हजारले अवलोकन गरे चितवन महोत्स

चितवन, माघ ४ –१५ औं संस्करणको चितवन महोत्सव २०८१ को नवौं दिनसम्म आइपुग्दा ३ लाख ५० हजारले अवलोकन गरेका छन् । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी […]

January 15, 2025
चितवन महोत्सवमा भोलि भुवन प्यासी र समिक्षा अधिकारीको प्रस्तुती,साथै अन्न्य  कार्यक्रम

चितवन, माघ २ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका […]

January 13, 2025
चितवन महोत्सवमा भोलि हिमेश पन्त र सुजिता श्रेष्ठको प्रस्तुती, अरु पनि हुँदैछन् सांस्कृतिक कार्यक्रम

चितवन, पुष २९ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]

January 13, 2025
खैरहनीमा खिचरा महोत्सवको दसौं संस्करण सुरु

खैरहनी । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चितवनको खैरहनीमा सोमवार खिचरा महोत्सवको दसौं संस्करण उद्घाटन गरेका छन् । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले खैरहनी नगरपालिका वडा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram