चितवन – नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा आयोजित १५ औं संस्करणको चितवन महोत्सव जारी छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]
२९औं वन्यजन्तु सप्ताह : सौराहामा समुदाय केन्द्रीत सचेतना मुलक र्याली
रत्ननगर । २९औं वन्यजन्तु सप्ताह अन्तर्गत विहीबार सौराहामा वन तथा वन्यजन्तु संरक्षणका लागि समुदाय केन्द्रीत सचेतना मुलक र्याली निकालिएको छ ।
मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति र समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियानले विभिन्न संघसंस्थासंग सहकार्य गरी र्याली निकालेका हुन । बछौलीचोकबाट सुरु भएको र्याली याली पर्यटकीय नगरी सौराहा परिक्रमा गरी सामुदायिक सीप केन्द्रमा पुगेर समापन गरिएको थियो । कार्यक्रममा सहभागीहरुले वन्यजन्तु, बाताबरण संरक्षणका सन्देशमुलक प्लेकार्ड बोकेका थिए ।
सफा उर्जा उत्पादन प्रा.लि.को सहयोगमा आयोजित रयालीको समापन कार्यक्रममा बोल्ने संरक्षणकर्मीहरुले वन्यजन्तु संरक्षणलाई प्रभावकारी निकुञ्ज, नेपाली सेना र समुदायको त्रिपक्षिय सहकार्यलाई मजबुत बनाउनु पर्नेमा जोड दिएका थिए । जिम्मेवार निकायहरुनै संरक्षणमा क्रियाशिन नदेखिएको भन्दै उनीहरुले लामो समयदेखिको सहकार्य कमजोर बनाउने गरी नैरस्यता देखिनु दुर्भाग्य भएको बताए । कार्यक्रममा वर्ड एजुकेशन सोसाइटी चितवन सौराहाका अध्यक्ष टीकाराम गिरीले संरक्षणमा सौराहाका पर्यटन व्यवसायीको सक्रियता कम हुनुले संका उब्जाएको बताए ।
सप्ताहमा सौराहाका व्यवसायीको सक्रियता देखिएन उनले भने वन र वन्यजन्तु देखाएर व्यवसाय गरिरहेका व्यवसायीहरुनै उदासीन देखिनु राम्रो भएन । बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीत बहादुर तामाङले निकुञ्ज र त्यहा आश्रित वन्यजन्तुमा निर्भर सौराहाको पर्यटन जोगाउन संरक्षणलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए । सफा उर्जा उत्पादन प्रा.लि.का निर्देशक योगेन्द्र केसीले वन र वाताबरण कमजोर भए मानब जातीको अस्थित्व समाप्त हुने भन्दै यसलाई जोगाउन सबैको सक्रियता आवश्यक रहेको बताए ।
मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले समुदायको सक्रियतामा चितवनमा भएको संरक्षणको प्रयास राष्ट्रिय रुपमै उदाहरणीय रहेको भन्दै यसलाई कमजोर बनाउन नहुने बताए । सौराहा लेडी जेसीज, लियो क्लव अफ चितवन सौराहा, बरपिपल कृषक समुह, शिबशक्ति महिला कृषक समुह, मध्यवर्ती सांस्कृतिक समुह, मगर सांस्कृतिक समुह र थारु महिला ठेकरा समुहको सहकार्यमा र्याली गरिएको हो ।
समापन कार्यक्रम समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियानका अध्यक्ष बसन्त रानाले सञ्चालन गरेका थिए । यसैबीच सप्ताह अन्तर्गत बाघमारा मध्यवर्ती सामुदायिक वनले सीमान्तकृत मुसहर समुदायलाई डुंगा सयर, हात्ती प्रजनन् केन्द्रको अबलोकन तथा उनीहरुसंग संरक्षण सम्बन्धी अन्तरक्रिया समेत गरेको छ ।
खैरहनी । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं ५ गौचरणमा आयोजना गरिएको १०औं खिचरा महोत्सव सोमबार सकिएको छ । माघी पर्वको अबसर पारेर थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ […]
चितवन, माघ ६ –चितवन महोत्सवका अवसरमा आयोजित हेल्थी बेवी प्रतियोगितामा विजेता राना मगर विजयी भएकी छन् । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको सभाहलमा आयोजित प्रतियोगितामा एभरेष्ट प्रि स्कुलकी विजेता राना […]
रत्ननगर । रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा एचपिभी खोप अभियान–२०८१ अन्तर्गत नगरस्तरीय खोप समन्वय समितिको बैठक तथा सरोकारवालाहरुको लागि अभिमुखीकरण कार्यक्रम गरिएकाे छ । सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईंको […]