Listen Live: 

२९औं वन्यजन्तु सप्ताह : सौराहामा समुदाय केन्द्रीत सचेतना मुलक र्‍याली 

Radio Chitwan
बिहिबार, बैशाख ६, २०८१

रत्ननगर । २९औं वन्यजन्तु सप्ताह अन्तर्गत विहीबार सौराहामा वन तथा वन्यजन्तु संरक्षणका लागि समुदाय केन्द्रीत सचेतना मुलक र्‍याली निकालिएको छ ।

मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति र समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियानले विभिन्न संघसंस्थासंग सहकार्य गरी र्‍याली निकालेका हुन । बछौलीचोकबाट सुरु भएको र्‍याली याली पर्यटकीय नगरी सौराहा परिक्रमा गरी सामुदायिक सीप केन्द्रमा पुगेर समापन गरिएको थियो । कार्यक्रममा सहभागीहरुले वन्यजन्तु, बाताबरण संरक्षणका सन्देशमुलक प्लेकार्ड बोकेका थिए ।

सफा उर्जा उत्पादन प्रा.लि.को सहयोगमा आयोजित रयालीको समापन कार्यक्रममा बोल्ने संरक्षणकर्मीहरुले वन्यजन्तु संरक्षणलाई प्रभावकारी निकुञ्ज, नेपाली सेना र समुदायको त्रिपक्षिय सहकार्यलाई मजबुत बनाउनु पर्नेमा जोड दिएका थिए । जिम्मेवार निकायहरुनै संरक्षणमा क्रियाशिन नदेखिएको भन्दै उनीहरुले लामो समयदेखिको सहकार्य कमजोर बनाउने गरी नैरस्यता देखिनु दुर्भाग्य भएको बताए । कार्यक्रममा वर्ड एजुकेशन सोसाइटी चितवन सौराहाका अध्यक्ष टीकाराम गिरीले संरक्षणमा सौराहाका पर्यटन व्यवसायीको सक्रियता कम हुनुले संका उब्जाएको बताए ।

सप्ताहमा सौराहाका व्यवसायीको सक्रियता देखिएन उनले भने वन र वन्यजन्तु देखाएर व्यवसाय गरिरहेका व्यवसायीहरुनै उदासीन देखिनु राम्रो भएन । बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीत बहादुर तामाङले निकुञ्ज र त्यहा आश्रित वन्यजन्तुमा निर्भर सौराहाको पर्यटन जोगाउन संरक्षणलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए । सफा उर्जा उत्पादन प्रा.लि.का निर्देशक योगेन्द्र केसीले वन र वाताबरण कमजोर भए मानब जातीको अस्थित्व समाप्त हुने भन्दै यसलाई जोगाउन सबैको सक्रियता आवश्यक रहेको बताए ।

मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले समुदायको सक्रियतामा चितवनमा भएको संरक्षणको प्रयास राष्ट्रिय रुपमै उदाहरणीय रहेको भन्दै यसलाई कमजोर बनाउन नहुने बताए । सौराहा लेडी जेसीज, लियो क्लव अफ चितवन सौराहा, बरपिपल कृषक समुह, शिबशक्ति महिला कृषक समुह, मध्यवर्ती सांस्कृतिक समुह, मगर सांस्कृतिक समुह र थारु महिला ठेकरा समुहको सहकार्यमा र्‍याली गरिएको हो ।

समापन कार्यक्रम समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियानका अध्यक्ष बसन्त रानाले सञ्चालन गरेका थिए । यसैबीच सप्ताह अन्तर्गत बाघमारा मध्यवर्ती सामुदायिक वनले सीमान्तकृत मुसहर समुदायलाई डुंगा सयर, हात्ती प्रजनन् केन्द्रको अबलोकन तथा उनीहरुसंग संरक्षण सम्बन्धी अन्तरक्रिया समेत गरेको छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2026 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram