Listen Live: 

रत्ननगर उवासंघमा प्रदेशका अर्थ मन्त्री थपलियालाई स्वागत तथा सम्मान

Radio Chitwan
बिहिबार, बैशाख ६, २०८१

रत्ननगर । रत्ननगर उद्योग वाणिज्य संघले पूर्वी चितवनको विकासको लागि बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियालाई लिखित ध्यानर्कषण गराएको छ । मन्त्रीको स्वागत तथा सम्मानमा आयोजित कार्यक्रममा संघले सौराहाको पर्यटन, रत्ननगर अस्पतालको विकास, युटिलिटी करीडोर तथा कृषि र पशुपालनको विकासका लागि गर्नुपर्ने काम सहितको ११ बुँदे योजना सहित ध्यानर्कषण गराएको हो । संघका अध्यक्ष शंकर गिरीले सौराहाको पर्यटन, अस्पताल, लौरीघोल तालाको विकास तथा कृषि र पशुपालन सहितको योजनाबारे मन्त्री थपलियालाई ध्यानर्कषण गराएका हुन । कार्यक्रममा बोल्दै मन्त्री थपलियाले निजीक्षेत्रको विकासप्रतिको चिन्ता सकरात्मक रहेको भन्दै संघले उठाएका विषयहरुमा आफु प्रतिबद्ध भएर काम गर्ने बताए । उनले पूर्वी चितवनको रत्ननगर रहेको बकुलहर अस्पताल र आयुर्वेदिक अस्पताललाई शिक्षण अस्पतालको रुपमा अगाडि बढाउने बताए । मन्त्री थपलियाले बेरोजगार युवालाई रोजगार सिर्जना गर्ने शिक्षा, स्वास्थ्य, कृषि, यातायात जस्ता अत्यावश्यक कुरालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाए । संघका निर्वतमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठले नेपालमा उत्पादित व्यवसायहरुको संरक्षण गर्न सरकारले सहुलीयतपूर्ण कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए । संघका पूर्व अध्यक्ष ज्ञान बहादुर विसुरालले मन्तव्य राखेका सो कार्यक्रममा संघले प्रकाशित गरेको नयाँ क्यालेण्डर विमोचन पनि गरिएको थियो । कार्यक्रममा संघका कार्यसमिति सदस्य, पूर्व अध्यक्ष, विभिन्न बस्तुगत समितिका अध्यक्ष एवं प्रतिनिधिहरु, उद्योगी व्यवसायीहरु लगायतको उपस्थिति रहेको थियो । संघका उपाध्यक्ष रामशरण नेपालीले धन्यवाद मन्तव्य राखेको कार्यक्रम महासचिव उपेन्द्र शर्मा आचार्यले कार्यक्रम संचालन गरेका थिए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram