Listen Live: 

२९औं वन्यजन्तु सप्ताह : मृगकुञ्जमा संरक्षणमुलक दुई प्रतियाेगिता

Radio Chitwan
मङ्लबार, बैशाख ४, २०८१

रत्ननगर । वन्यजन्तु संरक्षणकाे सन्देश विद्यार्थी मार्फत समुदायमा फैलाउने उद्देश्यले साैराहामा दुई प्रतियाेगिता गरिएकाे छ । चितवनमा जारी वन्यजन्तु सप्ताह अन्तर्गत संरक्षण सम्बन्धी चित्रकाला र बक्तृत्वकाला प्रतियाेगिता गरिएकाे हाे । मृगकुञ्ज उपभाेक्ता समिति र समुदायमा आधारित चाेरी सिकार नियन्त्रण युवा जागरण अभियान उपसमितिले आयाेजना गरेकाे साे प्रतियाेगिताकाे साहित्यकार धनराज गिरीले गरेका थिए । चित्रकला प्रतियाेगितामा न्यू स्पीडि इङ्लिस बाेडिङ स्कुलकी प्राश्ना महताे प्रथम, लाइसीयम बाेडिङ स्कुलकी बन्दना राना द्धितिय, बैरिया माविकी सविना खातुन तृतीय र एन्जलर्स आमाविका निरज मुखिया र बकुलहर माविका पुसन गिरी सान्त्वना भएका छन् । बक्तृत्वकला प्रतियाेगितामा ग्रिनसाेसाईटी पब्लिक स्कुलकी सायाेना भूषाल प्रथम, नेपाल माविकी सर्वज्ञा पाैडेल द्धितीय, पञ्चकन्या विद्या मन्दिरकी सम्या रिजाल तृतीय र बैरिया माविकी अदितीआचार्य र एन्जलर्स वर्ड आमाविका हेमन्त पाैडेल सान्त्वनाले स्थान हासिल गरेका छन् । चित्रकला प्रतियाेगिताकाे निर्णायकमा ऋषिराम सुवेदी र पुष्पराज मरहठ्ठा, बक्तृत्वकला प्रतियाेगिताकाे निर्णायकमा धनराज गिरी र शिवप्रसाद भूषाल रहेका थिए । चित्रकलामा प्रथम हुनेलाई पाँच हजार, द्धितृय हुनेलाई तीन हजार, तृतीय हुनेलाई दुई हजार र सान्त्वना हुने दुईजनालाई एक एक हजार तथा बक्तृत्वकलामा प्रथम हुनेलाई १० हजार, द्धितीय हुनेलाई सात हजार, तृतीय हुनेलाई पाँच हजार र सान्त्वना हुने दुई जनालाई दुईदुई हजार प्रदान गरिएकाे छ । उद्घाटन कार्यक्रममा मृगकुञ्जका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले सप्ताहकाे महत्वपूर्ण कार्यक्रमकाे रुपमा विद्यालय स्तरीय प्रतियाेगिता गरिएकाे बताए । उनले वन तथा वन्यजन्तु संरक्षणकाे सन्देश विद्यार्थी मार्फत समुदायमा पु-याउने उद्देश्यले प्रतियाेगिता गरिएकाे बताए । सप्ताह अन्तर्गत भाेली बुधबार राप्ती नदी सरसफाई र डुंगा सयर कार्यक्रम रहेकाे बाघमारा वनका अध्यक्ष जीतु तामाङले जानकारी दिए । समुदायमा आधारित चाेरी सिकार नियन्त्रण युवा जागरण अभियानका अध्यक्ष वसन्त रानाले सञ्चालन गरेकाे कार्यक्रममा रिभर च्याम्पियन उषा महताेले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रममा वर्ड एजुकेशन साेसाइटीका अध्यक्ष टिकाराम गिरी, टिकाैली वनका कार्यबहाक अध्यक्ष टिकाराम आचार्य, जनकाैली वनका सहसचिव फडिन्द्र चाैधरी लगायतकाे उपस्थिति रहेकाे थियाे । चित्रकलाकाे सहमति संस्था, डेनिडा र डब्लुडब्लुएफ सहयाेगी संस्था रहेका थिए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram