Listen Live: 

२९औं वन्यजन्तु सप्ताह : मृगकुञ्जमा संरक्षणमुलक दुई प्रतियाेगिता

Radio Chitwan
मङ्लबार, बैशाख ४, २०८१

रत्ननगर । वन्यजन्तु संरक्षणकाे सन्देश विद्यार्थी मार्फत समुदायमा फैलाउने उद्देश्यले साैराहामा दुई प्रतियाेगिता गरिएकाे छ । चितवनमा जारी वन्यजन्तु सप्ताह अन्तर्गत संरक्षण सम्बन्धी चित्रकाला र बक्तृत्वकाला प्रतियाेगिता गरिएकाे हाे । मृगकुञ्ज उपभाेक्ता समिति र समुदायमा आधारित चाेरी सिकार नियन्त्रण युवा जागरण अभियान उपसमितिले आयाेजना गरेकाे साे प्रतियाेगिताकाे साहित्यकार धनराज गिरीले गरेका थिए । चित्रकला प्रतियाेगितामा न्यू स्पीडि इङ्लिस बाेडिङ स्कुलकी प्राश्ना महताे प्रथम, लाइसीयम बाेडिङ स्कुलकी बन्दना राना द्धितिय, बैरिया माविकी सविना खातुन तृतीय र एन्जलर्स आमाविका निरज मुखिया र बकुलहर माविका पुसन गिरी सान्त्वना भएका छन् । बक्तृत्वकला प्रतियाेगितामा ग्रिनसाेसाईटी पब्लिक स्कुलकी सायाेना भूषाल प्रथम, नेपाल माविकी सर्वज्ञा पाैडेल द्धितीय, पञ्चकन्या विद्या मन्दिरकी सम्या रिजाल तृतीय र बैरिया माविकी अदितीआचार्य र एन्जलर्स वर्ड आमाविका हेमन्त पाैडेल सान्त्वनाले स्थान हासिल गरेका छन् । चित्रकला प्रतियाेगिताकाे निर्णायकमा ऋषिराम सुवेदी र पुष्पराज मरहठ्ठा, बक्तृत्वकला प्रतियाेगिताकाे निर्णायकमा धनराज गिरी र शिवप्रसाद भूषाल रहेका थिए । चित्रकलामा प्रथम हुनेलाई पाँच हजार, द्धितृय हुनेलाई तीन हजार, तृतीय हुनेलाई दुई हजार र सान्त्वना हुने दुईजनालाई एक एक हजार तथा बक्तृत्वकलामा प्रथम हुनेलाई १० हजार, द्धितीय हुनेलाई सात हजार, तृतीय हुनेलाई पाँच हजार र सान्त्वना हुने दुई जनालाई दुईदुई हजार प्रदान गरिएकाे छ । उद्घाटन कार्यक्रममा मृगकुञ्जका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले सप्ताहकाे महत्वपूर्ण कार्यक्रमकाे रुपमा विद्यालय स्तरीय प्रतियाेगिता गरिएकाे बताए । उनले वन तथा वन्यजन्तु संरक्षणकाे सन्देश विद्यार्थी मार्फत समुदायमा पु-याउने उद्देश्यले प्रतियाेगिता गरिएकाे बताए । सप्ताह अन्तर्गत भाेली बुधबार राप्ती नदी सरसफाई र डुंगा सयर कार्यक्रम रहेकाे बाघमारा वनका अध्यक्ष जीतु तामाङले जानकारी दिए । समुदायमा आधारित चाेरी सिकार नियन्त्रण युवा जागरण अभियानका अध्यक्ष वसन्त रानाले सञ्चालन गरेकाे कार्यक्रममा रिभर च्याम्पियन उषा महताेले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रममा वर्ड एजुकेशन साेसाइटीका अध्यक्ष टिकाराम गिरी, टिकाैली वनका कार्यबहाक अध्यक्ष टिकाराम आचार्य, जनकाैली वनका सहसचिव फडिन्द्र चाैधरी लगायतकाे उपस्थिति रहेकाे थियाे । चित्रकलाकाे सहमति संस्था, डेनिडा र डब्लुडब्लुएफ सहयाेगी संस्था रहेका थिए ।

आन्य समाचारहरु:-
January 15, 2025
चितवन महोत्सवमा भोलि भुवन प्यासी र समिक्षा अधिकारीको प्रस्तुती,साथै अन्न्य  कार्यक्रम

चितवन, माघ २ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका […]

January 13, 2025
चितवन महोत्सवमा भोलि हिमेश पन्त र सुजिता श्रेष्ठको प्रस्तुती, अरु पनि हुँदैछन् सांस्कृतिक कार्यक्रम

चितवन, पुष २९ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]

January 13, 2025
खैरहनीमा खिचरा महोत्सवको दसौं संस्करण सुरु

खैरहनी । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चितवनको खैरहनीमा सोमवार खिचरा महोत्सवको दसौं संस्करण उद्घाटन गरेका छन् । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले खैरहनी नगरपालिका वडा […]

January 13, 2025
खैरहनीमा आजदेखि खिचरा महोत्सव : मुुख्यमन्त्रीले उद्घाटन गर्ने 

खैरहनी । पूर्वी चितवनको खैरहनीमा आज साेमवार देखि दशौं खिचरा महोत्सव सुरु हुँदैछ । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ काे आयाेजनामा हुने साे महोत्सवको बागमती प्रदेश सरकारका मुुख्यमन्त्री […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram