चितवन,असोज ७- बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका तत्कालीन कार्यकारी निर्देशक डा भक्तमान श्रेष्ठको अपरहरणमा संलग्न नुवाकोटका सुब्बा तामाङ (लुप्पा) १३ वर्षपछि आज पक्राउ परेका छन् । श्रेष्ठको अपहरणमा दोषी […]
पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु शुन्य

काठमाडौं, २० चैत्र। नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज कसैको पनि मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८४७ जनाको पीसीआर परीक्षणमा २३ जना र १ हजार ६२ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी २३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट ६६ जना निको भएका छन् भने हाल देशभर ८९९ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ८५८ जना होम आइसोलेसनमा रहेका छन् भने ४१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १५ जना आईसीयू र २ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ६१५ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६५ हजार ६२५ जना संक्रमणमुक्त भएका छन् ।
काठमाडौँ, असार ०७-नेकपा एमाले बाग्मती प्रदेशको नयाँ नेतृत्व छनोट गर्नका लागि अधिवेशन नजिकिँदैछ । अहिले नेतृत्वका लागि विभिन्न नेताहरु लागिपरेका छन् । नेताहरु केन्द्रिय अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुलाई […]
काठमाडौं,असोज ५- नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीचको आजको निर्णायक वार्ता सहमति भएको छ । आज बिहानदेखि भएका अनौपचारिक वार्ता र गृहकार्यलाई मूर्तरुप दिँदै सात बुँदामा सहमति भएको हो […]
काठमाडौँ, असोज ५- आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक र सरकारबीच आज औपचारिक वार्ता हुने भएको छ। बिहीबार साँझ भएको छलफलमा सरकारले आन्दोलनरत शिक्षकका सङ्घ संस्थालाई वार्ताका लागि औपचारिक पत्र पठाउने र […]