Listen Live: 

रत्ननगर नगरपालिकाको दुई विधेयक र एक प्रतिवेदन पारित : क्यान्सरपीडितलाई २५ हजार रुपैयाँ दिने निर्णय

Radio Chitwan
शुक्रबार, चैत्र ३०, २०८०

रत्ननगर । रत्ननगर नगरपालिकाले नगरसभाको विशेष अधिवेशनले दुई विधेयक र एक प्रतिवेदन पारित गरेको छ ।

नगरप्रमुख प्रलाद सापकोटाको सभाध्यक्षतामा बसेको नगरसभाको विशेष अधिवेशनले रत्ननगर नगरपालिकाको सार्वजनिक निजी साझेदारी विधेयक–२०८०, रत्ननगर नगरपालिकाको नगरप्रहरी सेवा सञ्चालन विधेयक–२०८० र नगरपालिकाको संगठन तथा व्यवस्थापन संरक्षण प्रतिवेदन–२०८० पारित गरेको हो ।

सुशासन समितिका संयोजक कलाधर पौडेलले ‘रत्ननगर नगरपालिकाको संगठन तथा व्यवस्थापन संरक्षण प्रतिवेदन–२०८०’ प्रस्तुत गरेकोमा सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईंले शिक्षा शाखामा कर्मचारी अभावले विद्यालय अनुगमनलगायतका कार्यमा असुविधा भएको र शिक्षा शाखा र महिला बालबालिका शाखामा कर्मचारीको दरबन्दी हेरफेर गर्न सुझाव दिँदै प्रतिवेदनमाथि पुनर्विचार गरियोस् भन्ने सुझाव पेस गरेका थिए ।

यस्तै, नगरसभा सदस्य गोमा भण्डारीले बालमैत्री पालिका घोषणा भइसकेपछि पनि बालश्रम गरी हिँडेको पाइएकोले नगरसभाको ध्यानाकर्षण गराएकी थिइन् । उनले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा एकल महिलाका लागि साँघुरो घेरामा राखिएकाले ज्येष्ठ नागरिक र एकल महिलाको विभाग छुट्टै राख्नुपर्ने धारणा राखिन् ।
चापागाईं र भण्डारीले उठाएका सुझावउपर ‘रत्ननगर नगरपालिकाको संगठन तथा व्यवस्थापन संरक्षण प्रतिवेदन–२०८०’ संशोधनसहित पारित भएको छ ।

यसैगरी, सुशासन समितिका संयोजक कलाधर पौडेलले प्रस्तुत गरेको ‘रत्ननगर नगरपालिकाको सार्वजनिक निजी साझेदारी ऐन–२०८०’ को समर्थन गर्दै कार्यपालिका सदस्य राजेन्द्र हमालले नगरपालिकाले अपनत्व लिनेगरी नगरभित्रका पार्क, सांस्कृतिक स्थल, सम्पदा संरक्षण र जैविक विविधताका लागि सार्वजनिक निजी साझेदारी ऐन प्रभावकारी हुने धारणा व्यक्त गरे । सो विधेयक सर्वसम्मतले पारित भएको छ ।

यस्तै, पूर्वाधार विकास समितिका संयोजक अनन्त अधिकारीले प्रस्तुत गरेको ‘रत्ननगर नगरपालिकाको नगरप्रहरी सेवा सञ्चालन विधेयक–२०८०’ माथि कार्यपालिका सदस्यहरु हेमराज थापा, आशिक तामाङ र वीरेन्द्र महतोले आ–आफ्ना धारणा राखेका थिए । सो विधेयक नगरसभाको विशेष अधिवेशनबाट बहुमतले पारित भएको छ ।

सभामा सभाअध्यक्ष नगरप्रमुख प्रलाद सापकोटाले रत्ननगर नगरपालिकामा पनि नसर्ने रोगको समस्या जटिल बन्दै गएकाले क्यान्सरपीडितहरुका लागि २०८१ वैशाख १ गतेदेखि नै लागू हुनेगरी २५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे । उनले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसँग सम्झौतागरी क्यान्सरको उपचारका लागि २५ हजार रुपैयाँ उपलब्ध गराउने बताए ।

केन्द्र सरकारले क्यान्सर रोगको उपचारका लागि एक लाख रुपैयाँ दिने व्यवस्था गरेकोमा बागमती प्रदेश सरकारबाट पूर्वस्वास्थ्यमन्त्री उत्तम जोशीले ५० हजार रुपैयाँ थप गर्ने निर्णय प्रदेश सरकारबाट पारित गराएका थिए । क्यान्सर रोगको उपचार महङ्गो हुने भएकाले स्थानीय सरकारबाट पनि नगरवासीमा सहयोगको अनुभूति होस् भनेर २५ हजार रुपैयाँ उपचार खर्चको व्यवस्था गरिएको उनले जानकारी दिए ।

स्थानीय सरकारले २५ हजार रुपैयाँ उपचारमा थप गरेसँगै अब क्यान्सर रोगका बिरामीले एक लाख ७५ हजार रुपैयाँ पाउने छन् ।

रत्ननगर नगरपालिकामा २०७ जना क्यान्सरपीडित रहेका छन् । उनीहरुलाई औषधि खर्चबापत मासिक ५ हजार रुपैयाँ भत्ता प्रदान गरिँदै आएको छ । यस्तै, सुविधा प्राप्त गर्नेमा मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिसको उपचार गराइरहेका र मेरुदण्ड पक्षघातका बिरामी रहेका छन् ।

सभामा उपप्रमुख यादवप्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, कार्यपालिका सदस्यहरु एवं विभिन्न विभागीय प्रमुखहरुको सहभागिता रहेको थियो ।

आन्य समाचारहरु:-
January 17, 2025
नवौं दिनसम्म ३ लाख ५० हजारले अवलोकन गरे चितवन महोत्स

चितवन, माघ ४ –१५ औं संस्करणको चितवन महोत्सव २०८१ को नवौं दिनसम्म आइपुग्दा ३ लाख ५० हजारले अवलोकन गरेका छन् । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी […]

January 15, 2025
चितवन महोत्सवमा भोलि भुवन प्यासी र समिक्षा अधिकारीको प्रस्तुती,साथै अन्न्य  कार्यक्रम

चितवन, माघ २ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका […]

January 13, 2025
चितवन महोत्सवमा भोलि हिमेश पन्त र सुजिता श्रेष्ठको प्रस्तुती, अरु पनि हुँदैछन् सांस्कृतिक कार्यक्रम

चितवन, पुष २९ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]

January 13, 2025
खैरहनीमा खिचरा महोत्सवको दसौं संस्करण सुरु

खैरहनी । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चितवनको खैरहनीमा सोमवार खिचरा महोत्सवको दसौं संस्करण उद्घाटन गरेका छन् । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले खैरहनी नगरपालिका वडा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram