Listen Live: 

चितवनमा भोली देखि वन्यजन्तु सप्ताह सुरु हुँदै

Radio Chitwan
शुक्रबार, चैत्र ३०, २०८०

रत्ननगर । चितवनमा भोली बैशाख १ गते देखि २९ औं वन्यजन्तु सप्ताह सुरु हुँदैछ । हरेक बर्ष वन र वन्यजन्तु संरक्षणमा दीर्घकालिन प्रभाव पर्ने प्रकृतिका गतिविधि आयोजना गरी सप्ताह मनाइदै आएको छ । निकुञ्ज सहित संरक्षण र पर्यटनसंग सम्बन्धित संघसंस्थाहरुको सहकार्यमा सप्ताह मनाइन्छ । रत्ननगरको बछौलीमा रहेको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी वन्यजन्तु सप्ताहको उद्देश्य र एक हस्तासम्म गर्ने कार्यक्रमको बारेमा जानकारी दिएको छ । वन्यजन्तुको संरक्षण ः पर्यापर्यटन र आयआर्जन भन्ने मुल नाराका साथ मनाउन लागिएको सप्ताहमा संरक्षण र जीविकोपार्जनलाई जोड दिइएको मृगकुञ्जका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए । सप्ताह व्यापी कार्यक्रम अन्तर्गत बैशाख १ गते उद्घाटन, २ गते टिकौली हाइबे वरपर सरसफाई, ३ गते चरा अबलोकन, ४ गते वन्यजन्तु संरक्षण मुलक विद्यालय स्तरीय चित्रकला प्रतियोगिता, सोही दिन वन्यजन्तु र मानिस बीचको सहअस्थित्व सम्बन्धी विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता, ५ गते डुंगा सयर, ६ गते वन,वन्यजन्तु र बाताबरण संरक्षणमुलक सचेतना रयाली गरिने छ । सप्ताहको अन्तिम दिन बैशाख ७ गते वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा सम्भावना र चुनौती विषयक अन्तक्र्रिया र संरक्षणमा योगदान दिएकाहरुलाई विभिन्न विधामा सम्मान गरिने अध्यक्ष घिमिरेले बताए । मृगकुञ्जको अगुवाईमा निकुञ्ज, स्थानीय सरकार, राष्ट्रिय प्रकृति संरक्षण कोष सहित सामुदायिक वन, सौराहाको पर्यटनसंग सम्बन्धित संघसंस्था गरी २६ वटा संघसंस्थाको सहकार्यमा सप्ताह मनाइदै छ । मृगकुञ्जकी कार्यसमिति सदस्य विन्दा कार्कीले सञ्चालन गरेको सो कार्यक्रममा बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतु तामाङ, समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियानका अध्यक्ष बसन्त राना, नेचर गाइड एशोसियसनका अध्यक्ष अनिल गुरुङ लगायतको सहभागिता रहेको थियो ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram