Listen Live: 

रत्ननगर जेसीजले बटुकहरुको सामुहिक ब्रतबन्ध गर्ने

Radio Chitwan
बिहिबार, चैत्र २९, २०८०

रत्ननगर । चितवनको रत्ननगरमा बैशाख ६ गते बटुकहरुको सामुहिक ब्रतबन्ध समारोह गरिने भएको छ । रत्ननगर जेसीजले टाँडी स्थित शिवालय मन्दिरमा बटुकहरुको सामुहिक ब्रतबन्ध गर्ने भएको हो । जेसीजले विहीबार पत्रकार सम्मेलनको आयोजना गरी सामुहिक ब्रतबन्ध गर्नुको उद्देश्य र तयारीको बारेमा जानकारी गराएको हो । धर्मसंस्कृतिको संरक्षणसंगै आर्थिक अबस्था कमजोर भएका परिवारका छोराहरुको सहज तरिकाले कर्म पुरा गर्ने उद्देश्यले सामुहिक ब्रतबन्ध कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक सचितराज जोशीले बताए । मन्दिर परिसरमा विधिपूर्वक बटुकहरुको सामुहिक ब्रतबन्ध गरिने उनले जानकारी दिए । सामुहिक ब्रतबन्धको लागि दर्ता शुल्क ५ हजार ५०० निर्धारण गरिएको छ । आर्थिक अबस्था कमजोर भएकाहरुलाई उनीहरुको अबस्था हेरी रकम घटाउन तथा निःशुल्क समेत गर्न सकिने रत्ननगर जेसीजका अध्यक्ष नरहरि पुरीले जानकारी दिए । उक्त शुल्क तिरेपछि बटुकलाई ब्रतबन्धको लागि चाहिने पुजा सामाग्री, ब्रतबन्ध गर्दा चाहिने जोगी भेषको बस्त्र, बटुकको घर परिवार र आफन्तहरु १० देखि १५ जनालाई भोजन प्रसादको व्यवस्था गरिएको अध्यक्ष पुरीले बताए । रत्ननगर जेसीजले सन २००२ देखि सुरु गरिएको सामुहिक ब्रतबन्ध सन २००७ बाट रोकिएको थियो । विभिन्न कारणले रोकिएको सामुहिक ब्रतबन्ध कार्यक्रम गत बर्षबाट पुन सुरु गरिएको जेसीजका पूर्व अध्यक्ष सुवास पोखरेलले जानकारी दिए । गत बर्ष जिल्ला बाहिर समेतको गरी १३ जना बटुकहरुको सामुहिक ब्रतबन्ध गरिएको उनले जानकारी दिए । सामुहिक ब्रतबन्धको दिन नजिकिदै गर्दा विहीबार सम्म १० जनाको परिवारले नाम दर्ता गराइसकेका छन् । पत्रकार सम्मेलनका रत्ननगर जेसीजका उपाध्यक्ष शौरभ रिजाल, महासचिव सुरेशजंग पाण्डे, निर्देशक रोशन काप्री र सदस्य सन्तोष दुवाडी सहभागी थिए । युवाहरुको नेतृत्व तथा क्षमता विकाससंगै सामाजिक कामका सक्रिय रहदै आएको रत्ननगर जेसीजले समाजलाई सकरात्मक सन्देश दिन सामुहिक ब्रतबन्धको कार्यक्रम गर्दै आएको अध्यक्ष पुरीले बताए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram