Listen Live: 

चीनमा एकै दिन १३ हजार भन्दा धेरैमा कोरोना भाइरस सङ्क्रमण पुष्टि

Radio Chitwan
आइतवार, चैत्र २०, २०७८

काठमाण्डाै, २० चैत . एकै दिन चीनमा १३ हजार भन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा लक्षण भएका एक हजार चार सय ५५ जना र लक्षण नभएका ११ हजार ६ सय ९१ जना गरी १३ हजार एक सय ४६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको त्यहाँकाे स्वास्थ्य विभागलाई उदृत गर्दै चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

दैनिक विवरण अनुसार यो सङ्ख्या चिनमा एकै दिन पुष्टि भएको अहिलेसम्मकै धेरै रहेको पनि चिनियाँ स्वास्थ्य विभागले जनाएको छ । सबैभन्दा धेरै साङ्घाईमा कोरोना फैलिएको छ भने अरु दर्जन बढी प्रान्तमा कोरोना फैलिएको छ । कोरोना फैलिएको क्षेत्रमा कडा प्रतिबन्धहरु लगाउनुको साथै परिक्षणलाई तिब्रता दिइएको छ ।

पछिल्लो २४ घण्टामा चिनमा कोरोना सङ्क्रमणको कारण कसैको पनि ज्यान गएको छैन । अस्पतालहरुमा सङ्क्रमितको चाप भने धेरै बढेको छ । चीनमा अहिलेसम्म एक लाख ५४ हजार सात सय ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकोमा चार हजार ६ सय ३८ जनाको ज्यान गएको छ ।अहिले चिनमा २६ हजार एक सय ६७ जना सक्रिय सङ्क्रमित रहेका छन् । चिनमा ८८ प्रतिशत मानिसले कोरोना भाइरस विरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेका छन् ।

आन्य समाचारहरु:-
October 3, 2023
रत्ननगर खानेपानी र सेन्ट्रल अस्पताल प्रा लि बीच सम्झौता

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र भरतपुर सेन्ट्रल अस्पताल प्रा लि , चितवन ओम साईराम पोलिक्लिनिक प्रा लि रत्ननगरका  विच स्वास्थ्य परिक्षण र अौषधि उपचार सम्वन्धि सम्झौता एवं हस्तान्तरण […]

September 26, 2023
सरकार र आन्दोलनरत डाक्टरहरुबीच सहमति

काठमाडौं,असोज ९- चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमणमा संलग्नहरुमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने सहमति भएको छ । मणिपाल शिक्षण अस्पताल, पोखरा लगायतका स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि […]

August 27, 2023
पूर्वी चितवनमा धानमा गबारोसंगै पातको फेद डढुवा रोगको प्रकोप

चितवन। चितवनको पूर्वी क्षेत्रमा लगाइएको धानमा गबारो रोगको समस्या देखिएको छ । गाँज हाल्ने बेलामा गबारोले गुभो खाएर बोट सुक्न थालेपछि कृषकले लगाएको धानमा गबारो रोगको समस्या देखिएको हो । […]

August 25, 2023
चितवनको केरामा ‘ओइलाउने’ रोग

चितवन,भदौ ८- चितवनको पूर्वी क्षेत्रमा लगाइएको केरामा ओइलाउने रोगको समस्या देखिएको छ । ‘व्याक्टेरिया’का कारण हुने यो रोग विगत एक महिनादेखि देखिन थालेको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram