कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
रत्ननगर नगरपालिका वडा नं १५ मा मंगलबार आयोजना गरिएको निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा ४१२ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

रत्ननगर, चैत्र २७
जनतासंग एमाले अभियान अन्तर्गत नेकपा एमाले वडा कमिटी र राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नगर कमिटीले सयुक्त रुपमा आयोजना गरको शिविरमा दाँत तर्फ ३१ जना सहित ४ सय १२ जनाको स्वास्थ्य परीक्षण गरी औषधी समेत वितरण गरिएको पार्टीका नेता तथा वडा अध्यक्ष आशिक तामाङले जानकारी दिए ।
जनतासंग एमाले अभियान सञ्चालन भइरहेका बेला नागरिकको स्वास्थ्य सुरक्षाप्रति सचेत हुँदै शिविर आयोजना गरिएको उनले बताए । शिविरको एमालेकी केन्द्रीय सदस्य शिबकुमारी गोतामेले उद्घाटन गरेकी थिइन् । शिविरमा डा.शशांक सिंह सहितका डाक्टरहरुको टोलीले स्वास्थ्य जाँच गरेका थिए ।
उद्घाटन कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटी उपाध्यक्ष तथा पूर्वमन्त्री दावादोर्जे लामा, जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, प्रदेश कमिटी सदस्य तथा संस्थापक मेयर नारायण वन, नगर कमिटी अध्यक्ष इश्वरीप्रसाद अर्याल, नेता तिलचन्द्र भट्टराई, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नगर कमिटी प्रमात्मा रेग्मी लगायतले मन्तव्य राखेका थिए ।
वडा कमिटी अध्यक्ष कृष्ण पन्तको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भोजराज लामिछानेले स्वागत मन्तव्य राखेका थिए ।











चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]