Listen Live: 

एमाले रत्ननगर- १५ वडा कमिटीले वृहत निःशुल्क स्वास्थ्य शिविर गर्ने

Radio Chitwan
शनिबार, चैत्र २४, २०८०

रत्ननगर, चैत २४ । जनतासंग एमाले अभियान २०८० अन्तर्गत नेपाल कम्युनिष्ट पार्टी (एमाले) रत्ननगर- १५ वडा कमिटीले वृहत स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।

रत्ननगर- १५ वडा कमिटीले शनिवार वडा भित्रका आफ्ना सदस्यहरुलाई भेला गराई यहि चैत २७ गते रत्ननगर १५ माधवपुरमा वृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको बारे जानकारी गराएको हो ।

बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुने निःशुल्क स्वास्थ्य शिविरमा दन्त शिविर, वरिष्ठ जनरल फिजिसियन सम्बन्धी विशेषज्ञ सेवा निःशुल्क पाइने नेकपा एमाले रत्ननगर- १५ वडा कमिटीका अध्यक्ष कृष्ण पन्तले जानकारी दिए ।

रत्ननगर- १५ वडा कमिटीका अध्यक्ष पन्तको अध्यक्षतामा भएको वडा भेला कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (एमाले) रत्ननगरका नगर इन्चार्ज ईश्वरी प्रसाद अर्याल, रत्ननगर- १५ का वडा अध्यक्ष आशिक तामाङ, पार्टी कमिटीका उपाध्यक्ष भोजराज लामिछाने लगाएतले मन्तव्य राखेका थिए ।

आन्य समाचारहरु:-
January 15, 2025
चितवन महोत्सवमा भोलि भुवन प्यासी र समिक्षा अधिकारीको प्रस्तुती,साथै अन्न्य  कार्यक्रम

चितवन, माघ २ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका […]

January 13, 2025
चितवन महोत्सवमा भोलि हिमेश पन्त र सुजिता श्रेष्ठको प्रस्तुती, अरु पनि हुँदैछन् सांस्कृतिक कार्यक्रम

चितवन, पुष २९ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]

January 13, 2025
खैरहनीमा खिचरा महोत्सवको दसौं संस्करण सुरु

खैरहनी । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चितवनको खैरहनीमा सोमवार खिचरा महोत्सवको दसौं संस्करण उद्घाटन गरेका छन् । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले खैरहनी नगरपालिका वडा […]

January 13, 2025
खैरहनीमा आजदेखि खिचरा महोत्सव : मुुख्यमन्त्रीले उद्घाटन गर्ने 

खैरहनी । पूर्वी चितवनको खैरहनीमा आज साेमवार देखि दशौं खिचरा महोत्सव सुरु हुँदैछ । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ काे आयाेजनामा हुने साे महोत्सवको बागमती प्रदेश सरकारका मुुख्यमन्त्री […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram