कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
अपाङ्गता भएका धिताललाई रत्ननगर- १५ द्वारा ट्राइसाईकल प्रदान

रत्ननगर, चैत २४ । रत्ननगर नगरपालिका वडा नं. १५ ले शनिवार एकजना अपाङ्गता भएका व्यक्तिलाई ट्राइसाईकल प्रदान गरेको छ ।रत्ननगर वडा नं १५ निवासी ६४ बर्षीय भुमिनन्द धिताललाई लक्षित वर्ग कार्यक्रम अन्र्तगत वडाको बजेटबाट ४० हजार मुल्यको ट्राइसाईकल शनिवार प्रदान गरेको हो । धिताललाई उनकै घरमा पुगेर औपचारिक कार्यक्रममा वडा नं. १५ का वडा अध्यक्ष आशिक तामाङ र वडा सचिव सूर्य प्रसाद ढुङ्गानाले धिताललाई ट्राइसाईकल हस्तान्तरण गरेका थिए ।सो अबसरमा वडा अध्यक्ष तामाङले दैनिकी जीवनमा सहजताको लागि ट्राइसाईकल प्रदान गरिएको बताए । आर्थिक वर्ष २०८१/०८२ मा वडाको बजेटबाट फरक क्षमता भएका व्यक्तिहरुलाई ट्राइसाईकल, ईलेकट्रिक ह्वीलचियर वितरण गर्ने योजना बनाएको उनले बताए । उनीहरुको सवालमा आफू सचेत र जागरुक्क भएर योजना तथा बजेट नीति कार्यक्रममा ध्यान दिएको समेत उनको भनाईछ ।ट्राइसाईकल पाएपछि अपागंता भएका व्यक्ति धितालले खुसी व्यक्त गर्दै कतै आवातजावत गर्नका लागि समस्या हुने गरेकोमा त्यसबाट मुक्ती पाएको बताए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]