कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
आज पनि पेट्रोल पम्पमा लाइन, पेट्रोलियम पदार्थको अभाव नभएकाले लाइनमा नबस्न नेपाल आयल निगमको आग्रह

काठमाण्डाै, २० चैत्र । आज पनि काठमाण्डौ उपत्यकाका पेट्रोल पम्ममा उपभोक्ताको लामो लाइन छ । पेट्रोलियम पदार्थको अभाव हुने हो कि भन्ने डरले बिहानैदेखि पेट्रोलपम्पमा उपभोक्ता लाइन बस्न पुगेका हुन् । तर नेपाल आयल निगमले भने पेट्रोलियम पदार्थको अभाव नभएकाले लाइनमा नबस्न आग्रह गरेको छ ।
देशभरका डिपोहरु खुला गरिसकेको र ढुवानी सुरु भएकाले अब सजिलै पेट्रोलियम पदार्थ पाइने निगमका प्रवक्ता विनितमणि उपाध्यायले भन्नुभयो । उहाँले आत्तिएर पेट्रोलियम पदार्थको सञ्चिती नगर्न पनि आग्रह गर्नु भएको छ ।
उहाँले भन्नुभयो, ‘दुई दिन व्यवसायीले ढुवानी नगर्दा केही समस्या देखिएको हो, तर आजैदेखि ढुवानी थालिएकाले अहिले केही समस्या भए पनि बेलुकादेखि आपूर्ति र वितरण सहज हुनेछ, तेल सञ्चिती गर्नकै लागि पेट्रोल पम्पमा लाइन नबसौँ ।’ दुई दिनसम्म पेट्रोलको ढुवानी नभएकाले अहिले केही पेट्रोल पम्पमा तेल अभाव भएको हुने सक्ने भन्दै उहाँले बेलुकादेखि त्यो अवस्था हट्ने दाबी गर्नु भएको हो ।
हिजो बेलुका नेपाल आयल निगम र आन्दोलनरत ढुवानी व्यवसायीबीच सहमति भएसँगै आजदेखि पेट्रोलियम पदार्थको कोरोबार नियमित भएको छ । सहमतिसँगै आन्दोलनरत नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन, नेपाल एलपी ग्यास उद्योग सङ्घ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले सार्वजनिक गरेका सबै विरोधका कार्यक्रम स्थगित गरेका छन् ।
पेट्रोलियम पदार्थका उपभोक्तालाई सहज र सरल ढङ्गले पेट्रोलियम पदार्थ उपलब्ध गराउन निगमका सम्पूर्ण डिपो खुला गरिएको छ । अहिले देशभर दैनिक २५ लाख लिटर पेट्रोलको माग रहेको छ भने ७० लाख लिटर डिजेलको माग रहेको छ । माग भन्दा ८० प्रतिशत बढी तेल मौज्दात रहेकाले नआत्तिन निगमले आग्रह गरेको हो ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]