चितवन, माघ २ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका […]
खाम थुनामा गएपछि रामहरिकी श्रीमती र छोरा भन्छन्ः ‘थोरै जितेको महसुस गरेका छौं’
चितवन, चैत २३–
चितवन जिल्ला अदालतले काठमाडौंको कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठलाई हत्या गरेको अभियोगमा १५ वर्षपछि पक्राउ परेका माओवादीका पूर्व कमाण्डर कालीबहादुर खाम मगरलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि रामहरिका श्रीमती रमिला र छोरा रोमनले न्यायको आश पलाएको प्रतिक्रिया दिएका छन् ।अदालत परिसरमै रहेकी रमिलाले थोरै भए पनि न्याय पाएको अनुभूति मिलेको प्रतिक्रिया दिइन् । छोरा रोहनसहित उपस्थि भएकी रमिलाले भनिन्–‘आज अलिकति जितेको महसुस गरेको छु, अहिले बल्ल पहिलो खुड्किला चढेजस्तो भएको छ न्याय पाउँछु जस्तो अनुभूति भएको छ ।’ उनले थपिन्–‘पहिलो फरार भएको मान्छे कहिले भेट्ने हो भन्ने भाको थियो, अहिले समातेर ल्यायो, थुनामै राखेर कारवाही गरेपछि मैले न्याय पाउँछु भन्ने लाग्याछ ।’
खाम पक्राउ परेको जानकारी पाएपछि लण्डनबाट छोरा रोमन पनि आमालाई साथ दिन नेपाल आएका छन् । अदालत परिसरमा रहेका रोमनले अदालतको आदेशपछि प्रतिक्रिया दिँदै केही न्याय पाउनेमा आशा जागेको बताए । उनले पहिलो सफलता निश्पक्ष रुपमा भएको अनुभूत भएको भन्दै मुद्दामा सहयोग गर्ने सबैमा धन्यवाद दिए । ‘८ वर्षदेखि लण्डन बस्दै आएको छु, अहिले न्याय पाउने आशामा वानवे टिकट काटेर आएको छु, यो आदेश हाम्रो पहिलो सफलता हो, निश्पक्ष नै भएजस्तो लाग्यो’ रोमनले भने ‘अहिलेसम्म हामीलाई साथ दिने सबैलाई धेरै धेरै धन्यवाद, आशा छ राजनीतिक हस्तक्षेप विना दोषीले निश्पक्ष रुपमा कानुन बमोजिम कडा भन्दा कडा कारवाही हुनुपर्छ ।’
घटना हुँदा रोमन १२ वर्षका थिए । उनलाई अहिले पनि विगतको त्यो दुःख क्षण झलझल्ती आउँछ । विगतका दिन सम्झदै रोमनले भने–‘विगत १५ वर्ष नै हाम्रो सबैभन्दा धेरै पीडादायी क्षण हो, मुख्य अभियुक्त खेलआम हिडिरहेको हामीलाई पहिलै जानकारी थियो, हामी अन्तर्राष्ट्रिय रुपमा दवाब दिदा पनि समाउन नसक्दा हामीलाई सधै विझाई रहेको थियो, हामीले एक किसिमले न्यायको आश छोडी सकेका थियौं । तर आमा हरेश खानु भएन, नेपालमै बसेर लड्छु भनेर लाग्नु भयो, हामी यसमा खुशी छौं ।’
जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासले खामलाई आज पुर्पक्षका लागि थुनामा पठाउन आउदेश दिएको छ । हिजो र आज गरी दुई दिन थुनछेक बहसपछि न्यायाधीश ढकालले घटनामा खामको संलग्न नरहेको भनि अहिले भन्न नसकिने भएकाले तत्काल थुनामा पठाउन आदेश दिएका हुन् ।
आदेशमा भनिएको छ–‘तत्काल प्रमाणको आधारमा दावीको कसुरमा प्रतिवादी खामको संलग्नता नरहेको भनी अहिले नै भन्न नसकिने विद्यमानता नदेखिदा पछि मुद्दामा थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी कानुन बमोजिमको सुविधा पाउने गरी मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा (६७) बमोजिम मुद्दा पूर्पक्षका लागि थुनामा राख्न निज प्रतिवादी विविध भन्ने कालीबहादुर खाम मगरलाई कारागार कार्यालय चितवनमा पठाइदिनु साथै निज प्रतिवादीले साक्षी समेत राखेको देखिदा निजका साक्षीहरु समेत बुझि नियन अनुसार गर्न यो आदेश गरिदिए ।’
चितवन, पुष २९ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]
खैरहनी । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चितवनको खैरहनीमा सोमवार खिचरा महोत्सवको दसौं संस्करण उद्घाटन गरेका छन् । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले खैरहनी नगरपालिका वडा […]
खैरहनी । पूर्वी चितवनको खैरहनीमा आज साेमवार देखि दशौं खिचरा महोत्सव सुरु हुँदैछ । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ काे आयाेजनामा हुने साे महोत्सवको बागमती प्रदेश सरकारका मुुख्यमन्त्री […]