Listen Live: 

खाम पक्राउ प्रकरणः चितवन अदालतमा आज पनि बहस

Radio Chitwan
शुक्रबार, चैत्र २३, २०८०

चितवन, काठमाडौंका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपमा १५ वर्षपछि पक्राउ परेका माओवादीका पूर्व कमाण्डर कालीबहादुर खामको मुद्दामा आज पनि बहस हुँदै छ । उनको मुमुद्दामा हिजो (बिहीवार)देखि चितवन जिल्ला अदालतमा बहस सुरु भएको हो ।बुधवार साँझ सर्वोच्च अदालतबाट मिसिल आइपुगेपछि बिहीवारदेखि खामको बयान सुरु भएको थियो । थुनछेक बहसमा पहिलो दिन जाहेरवालाको तर्फबाट एक जना, सरकारी वकिलको तर्फबाट २ जना र प्रतिवादीका तर्फबाट २ जना अधिवक्ताले बहस गरेको अदालतका श्रेस्तेदार विष्णुप्रसाद आचार्यले जानकारी दिए ।

रामहरि श्रेष्ठको घरबाटै अपहरण पश्चात २०६५ वैशाख २६ गते हत्या भएको थियो । श्रेष्ठलाई सानो काम छ भन्दै वैशाख १५ गते मध्यराती तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजन कमाण्डर गोविन्दबहादुर बटालासहितको टोलीले घरबाट लगेको मृतककी श्रीमती रमिलाले दिएको जाहेरीमा उल्लेख छ ।

यस घटनामा संलग्न भएको भन्दै चितवन जिल्ला अदालतले २०६८ जेठमा बटालालाई दोषी ठहर गर्दै तीन वर्ष कैद सुनाएको थियो । त्यही बेला फरार अभियुक्त सबैको मुद्दा मुल्तवीमा राखेको थियो । अहिले खाम पक्राउ परेसंगै उक्त घटनाको फाइल पुनः अघि बढाईएको हो ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram