Listen Live: 

आठ महिनामा नौ खर्ब ६१ अर्ब भित्रियो रेमिट्यान्स

Radio Chitwan
शुक्रबार, चैत्र २३, २०८०

आर्थिक मन्दीको सङ्केत बजारमा देखिइरहँदा राष्ट्र बैङ्कको तथ्याङ्कमा भने निरन्तर सुधार देखिएको छ । व्यापार व्यवसायमा सुस्तता, व्यापारीमा निराशा बढेको तथा उद्योगधन्दा पूर्ण क्षमतामा सञ्चालनमा आउन नसकिरहेको अहिलेको अवस्थामा पनि बाह्य क्षेत्र निरन्तर सुधारोन्मुख रहेको राष्ट्र बैङ्कको तथ्याङ्कमा देखिएको हो । राष्ट्र बैङ्कका अनुसार शोधनान्तर स्थिति निरन्तर बचतमा रहेको छ भने विदेशी मुद्राको सञ्चिति पनि बढिरहेको छ ।चालु आर्थिक वर्ष २०८०र८१ को आठ महिनामा चालु खाता एक खर्ब ६६ अर्ब ८७ करोड रुपियाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५५ अर्ब २८ करोड रुपियाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४२ करोड ९३ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा एक अर्ब २५ करोडले बचतमा रहेको छ ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति तीन खर्ब २७ अर्ब ५५ करोड रुपियाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति एक खर्ब ४२ अर्ब रुपियाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब आठ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा दुई अर्ब ४६ करोडले बचतमा रहेको छ ।

चालु आव २०८०र८१ को आठ महिनामा नौ खर्ब ६१ अर्ब २२ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ । रेमिट्यान्स आप्रवाह २१ प्रतिशतले वृद्धि हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २५.३ प्रतिशतले बढेको थियो ।अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १८.८ प्रतिशतले वृद्धि भई सात अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram