Listen Live: 

साई सहकारी हिनामिनामा निकिता पौडेलको संलग्नता देखिएनः काठमाडौं महानगर

Radio Chitwan
शुक्रबार, चैत्र २३, २०८०

काठमाडौं महानगरपालिकाले बिजुलीबजारमा रहेको साई स्वागत बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछाने पत्नी निकिता पौडेलको संलग्नता नरहेको भनेर दिएको पत्र सार्वजनिक भएको छ। महानगरको सहकारी विभागले गत असार ११ गते नै निकितासमेत सञ्चालक रहेको भनिएको उक्त सहकारीबाट उनी यसअघि नै अलग भइसकेको पत्र दिएको पाइएको छ।बचतकर्ताले सञ्चालक समितिबाट रकम हिनामिना गरेको भन्दै बचत फिर्ता दिन उजुरी दिएपछि महानगरको सहकारी विभागले बुधबार मात्रै उसको कार्यालयमा छापा हानेको थियो। अनुगमनमा संलग्न एक सदस्यका अनुसार महानगरको टोलीले सहकारी कार्यालयबाट सहकारीको सफ्टवेयर सिस्टम ल्याइसकेको छ। पछिल्लो साधारणसभाको उपस्थिति निर्णयसहित माइन्युट, सहकारीबाट ऋण लिने ऋणीको विवरण, बचतकर्ताको विवरण, धेरै ऋण लैजाने ऋणी र सञ्चालक समितिका सदस्यहरूको विवरण पनि टोलीले ल्याएको छ।

साई स्वागत बचत तथा ऋण सहकारी संस्था उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल जोडिएको संस्था हो। महानगर सहकारी विभागमा पौडेल जमानी बसेर ऋण दिएको मान्छे नै भागेको भन्दै उजुरी आएको थियो। सहकारीका निवर्तमान उपाध्यक्ष उनी हाल त्यहाँबाट अलग रहेको बताइएको थियो। गत असार ११ गतेको मितिमा दिइएको उक्त पत्रमा बिजुली बजारस्थित साई सहकारीबाट निकिताले २०७७ असोज ८ गते नै राजीनामा दिइसकेको उल्लेख गरिएको छ।

निकिताले उक्त सहकारीमा आफ्नो कुनै जिम्मेवारी नरहेको पुष्ट्याइँ हुने प्रमाण खोजेपछि महानगरले उनको नाममा एक पत्र दिएको भेटिएको हो। महानगरका अनुसार साई स्वागत बचत तथा ऋण सहकारी संस्थाबाट निकिताले २०७७ असोज ८ गते दिएको राजीनामा २०८० असार ९ गते स्वीकृत भएको देखिएको छ।

उक्त सहकारी व्यवस्थापक दिल बहादुर बस्नेतबाट २०८० असार १० गते जारी भएको पत्रलाई उद्धृत गर्दै संस्थाको उपाध्यक्ष निकिता पौडेलले २०७७ असोज ८ गते राजीनामा पेश गरेको महानगरले जनाएको छ। निकिताको राजीनामा गत असार ९ गते स्वीकृत भएको जानकारी अध्यक्षले संस्थामा दिनुका साथै सञ्चालक समिति तथा साधारण सभाको निर्णय पुस्तिकामा पनि उनको उपस्थिति रहेको नदेखिको महानगरले जनाएको छ। उक्त निर्णयपश्चात उक्त सहकारीमा उहाँ (निकिता) को कुनै किसिमको संग्लनता नरहेको भनी उल्लेख भएको हुँदा त्यसको व्यहोरा जानकारीका लागि अनुरोध छ, महानगरको सहकारी विभाग प्रमुख बलराम त्रिपाठीले भनेका छन्।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram