१० लाख घरधुरीको परिवार १० लाख घरधुरी, ५० लाख मनका तार, हिमाल पहाड तराई, हामी सबै एउटै परिवार।
सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा राजीनामा

काठमाण्डौ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिनुभएको छ । उहाँले हिजो प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा बुझाउनुभएको हो । मुख्यमन्त्री शाहले हिजो प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको थियो । तर, विश्वासको मत पाउने अवस्था नभएपछि उहाँले राजीनामा दिनुभएको हो ।
सत्ता साझेदार नागरिक उन्मुक्तिका सबै सांसदले विश्वासको मत नदिने भएपछि मुख्यमन्त्रीले राजीनामाको विकल्प रोज्नुभएको हो । गएको वर्ष तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत पाउन नसकेपछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले कांग्रेसका शाह मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
केन्द्रमा भएको सत्तासमीकरण फेरबदलसँगै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा पर्नुभएको थियो । मुख्यमन्त्री शाहले आफ्नो पार्टी कांग्रेसका १८, नागरिक उन्मुक्तिका सात, राप्रपाका एक र एक स्वतन्त्र सांसदको समर्थनमा बहुमतका लागि आवश्यक २७ सिट पुर्याउने कसरत गर्नुभएको थियो ।
कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

