Listen Live: 

सीमा समस्या समाधान गर्न मोदीलाई देउवाको आग्रह

Radio Chitwan
शनिबार, चैत्र १९, २०७८

काठमाण्डौ,१९ चैत्र । भारत भ्रमणका रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतबीच रहेका सीमा समस्या समाधान गर्न भारतीय प्रधानमन्त्रीसँग अनुरोध गर्नुभएको छ ।
नयाँ दिल्लीमा रहेको हैदराबाद हाउसमा भेटवार्तापछि दुवै प्रधानमन्त्रीद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले सीमा विवाद समाधान गर्न मोदीलाई आग्रह गरेको जानकारी दिनुभयो । उहाँले दुई देशबीच रहेका सीमा विवादको विषय स्थापित संयन्त्रबाट समाधान गर्नुपर्ने बताउनुभयो ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटेर नेपालले नक्सा जारी गरेपछि नेपाली प्रधानमन्त्रीबाट भएको यो पहिलो भारत भ्रमण हो । भारतले कालापानी क्षेत्र समेटेर आफ्नो नक्सा अद्यावधिक गरेपछि नेपालले कुटनीतिक नोट पठाउँदा दिल्लीले कुनै जवाफ दिएको थिएन । त्यसपछि नेपालले आफ्नो नक्सामा गरेको परिवर्तनलाई भारतले अस्वीकार गर्दै आएको छ ।

यसैबीच नेपाल र भारतबीच चार वटा सम्झौता भएका छन् । प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्तापछि भएको दुई देशको प्रतिनिधिमण्डलबीचको छलफलमा चार वटा सम्झौतामा हस्ताक्षर भएको हो । नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेटोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनबीच प्रविधिक विज्ञता आदानप्रदानसम्बन्धी सम्झौता भएका हुन् ।
यस्तै प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले नेपालका चार वटा परियोजनाको संयुक्त रूपमा उद्घाटन गर्नुभएको छ । दुई प्रधानमन्त्रीले हैदरबाद हाउसबाट भर्चुअल रूपमा परियोजनाको उद्घाटन गर्नुभएको हो । उहाँहरूले जनकपुर–जयनगरको ३५ किलोमिटर रेल सेवा, ९० किलोमिटर लामो सोलु कोरिडोर प्रसारण लाइन, भूकम्पपछि पुनर्निर्माण भएका एक सय ३२ वटा स्वास्थ्य चौकी र नेपाल र भारतबीच रूपी कार्ड सञ्चालन सेवा उद्घाटन गर्नुभएको हो ।

पाँचौँ पटक प्रधानमन्त्री चुनिएपछि जलवायु परिवर्तनसम्बन्धी एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन ग्लास्गो गएको बेला देउवा र मोदीबीच गएको नोभेम्बरमा भेटवार्ता भएको थियो ।

यसअघिको आफ्नो चार वटा कार्यकालमा पनि देउवाले प्रधानमन्त्रीका रूपमा हरेक पटक दिल्लीको भ्रमण गर्नुभएको थियो । यस पटक एमसीसी सम्झौता संसदबाट अनुमोदन गरेपछि नेपालमा बढेको भूराजनीतिक चासोका कारण प्रधानमन्त्री देउवाको भारत भ्रमण बढी अर्थपूर्ण रहेको छ ।

आन्य समाचारहरु:-
December 9, 2023
टिकौली चौरमा मंसिर २५ गते देखि दोस्रो रत्नप्रिय कप हुँदै

रत्ननगर । रत्ननगरको टिकौलीचौरमा यही मंसिर २५ गते सोमबार देखि दोस्रो रत्नप्रिय कप फुटवल प्रतियोगिता हुने भएको छ । वडा नं ९ मा रहेको रत्नप्रिय क्वलको आयोजनामा प्रतियोगिता हुन लागेको […]

December 7, 2023
चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने

चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने चितवन, मंसिर २१- चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्ने तयारी पूरा भएको […]

December 6, 2023
रत्ननगर मेयर कप : इच्छाकामनालाई हराउदै रत्ननगर फाइनलमा प्रवेश

रत्ननगर । रत्ननगर नगरपालिका चितवन अन्तरपालिका मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । रत्ननगर खेलकुद विकास समितिले नेपाल माविको खेलमैदानमा आयोजना गरेको प्रतियोगितामा इच्छाकामना गाउँपालिकालाई पराजित गर्दै रत्ननगर […]

December 6, 2023
वैज्ञानिक अनुसन्धानमा युवाहरूलाई प्रोत्साहित गर्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं  :  प्रधानमन्त्री तथा नास्टका कुलपति पुष्पकमल दाहालले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०को ४१ औं वार्षिकोत्सव तथा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram