कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
कालीबहादुर जोगाउने प्रचण्ड-केपीको त्यो दोहोरी !

काठमाडौं -भनिन्छ, झगडा गर्दा पछि मिल्ने बाटो राखेर गर्नुपर्छ । तर, आजभन्दा तीन–चार वर्षअघि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले कालीबहादुर खामको समर्थनमा होडबाजी नै गरे । खामलाई जोगाउन प्रतिस्पर्धा गरेका तिनै नेताहरुवीच गठबन्धन बनेका बेला अहिले कालीबहादुर समातिएका छन् ।
प्रचण्डले त्यसबेला रामहरि श्रेष्ठको हत्या प्रकरणमा मुछिएर भूमिगत बनेका कालीबहादुर खामको साह्रो–गाह्रोमा आफूले साथ दिइरहेको बताएका थिए । केपी ओली पनि के कम, उनले त झनै हत्या अभियोगमा फरार रहेका कालीबहादुरलाई बालुवाटारमै बोलाएर गलैंचामा टेकाएका थिए ।
फरार रहेका भनिएका माओवादीका पूर्वकमाण्डर खामलाई कसले बढी साथ दिने भन्नेमा केपी ओली र पुष्पकमल दाहालबीच भनाभन र प्रतिस्पर्धा नै चलेको थियो।
जनयुद्धमा प्रचण्डलाई साथ दिएका लडाकू र तिनका छोराछोरीलाई प्रचण्डले बेवास्ता गरेको ओलीको आरोप थियो । उनले सार्वजनिक कार्यक्रममा भाषण गर्दै यसो भनेका थिए(
‘लड्ने बेलामा, ज्यान दिने बेलामा योद्धा चाहियो, अरुका छोराछोरी चाहियो । आफ्ना छोराछोरी विदेशमा राखेर पढाउने, ‘तर मार्ने’ बेलामा मेरा त छोराछोरी छन् के गर्ने १ अरुका छोराछोरीको पनि ज्यान हो । अरुका छोराछोरीका पनि हात खुट्टा हुन् । अरुका छोराछोरीका पनि टाउका हुन् । अरुका छोराछोरीका पनि ज्यान हुन् । त्योचाहिँ काठको बनाएको हो रु भाँचे पनि हुन्छ रु फुटाए पनि हुन्छ रु जे गरे पनि हुन्छ रु अरुका छोराछोरी के खेलाउने पुतली हुन् रु तिनको हालत के छ रु देश बनाउन भनेर जसलाई होमियो, तिनलाई हेर्नुपर्छ कि पर्दैन रु’
केपी ओलीले पूर्वलडाकूको पक्षमा बोल्नुका साथै तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलको पहलमा कालीबहादुर खामलाई बालुवाटारमा बोलाएर भेटेपछि प्रचण्ड आक्रोशित बने । त्यस लगत्तै प्रचण्डले फरार रहेका कालीबहादुर निर्दोष रहेको र उनलाई आफूले संरक्षण गरिरहेको खुलासा गरे ।
जबकि अहिले प्रचण्ड आफैं प्रधान
मन्त्री रहेका बेला कालीबहादुर खाम समातिएका छन् ।
यो पनि(
१५ वर्षपछि ब्युँतियो रामहरि हत्या प्रकरण, माओवादी कमाण्डर कालीबहादुर पक्राउ
तीन वर्ष पहिले प्रचण्डले सार्वजनिक कार्यक्रममा कालीबहादुरको बचाउ गरेका थिए । उनले केपी ओली प्रवृत्तिसँग उदार नबन्ने प्रतिवद्धता पनि जनाएका थिए । प्रचण्डले त्यसबेला गरेको भाषणको एउटा अंश यस्तो थियो–
अब हामी केपी प्रवृत्तिप्रति उदार भएर उनको प्रवृत्तिलाई अगाडि बढ्न दिने त्यस्तो खालको भूल गर्ने छैनौं । म तपाईहरुका अगाडि प्रतिवद्धता र संकल्प व्यक्त गर्न चाहन्छु ।
सरकारलाई मैले पटक–पटक यी घाइते अपाङ्गको उपचार हुनुप¥यो भनें । पहिला खाईपाई आएको मासिक भत्ता पनि खोसिदिएछ यो सरकारले त झन् । अब त्यो गृहप्रशासन पनि सप्पै केपीले जे भन्यो त्यही मान्ने छ । मैले धेरैचोटि भन्दा काँहि कतै टेरपुच्छर लाइएन, उल्टो मासिक भत्ता खोसियो । घाइतेको उपचार गर्ने कुरालाई पूरै बेवास्ता गरियो ।
अहिले पार्टी विभाजन गरेपछि र आफू अल्पमतमा परेपछि मैले कहिलेकाहिँ सुन्छु क्या, ती घाइते अपाङ्गलाई हेर्नुपर्दैन प्रचण्डले रु भन्ने क्या यही केपी । फट्याइँ गर्न पनि कति सकेको क्या १ जालझेल गर्न पनि कस्तो दिमाग हो १
अहिले कालीबहादुर खाम खोई‘ अरे रु ती कालीबहादुर खाम आफैंले केही गरेको त हैन । उनको मुद्दा ठीक ढंगले हल होस् भनेर १०÷११ वर्षदेखि म लागेको छु । उनलाई गाह्रो–साह्रो परेको मैले हेर्न लगातार बल गरेको छु ।
अहिले त ‘कालीबहादुर, तपाईंलाई प्रचण्डले हेर्दैनन्’ केपीले भन्नु योभन्दा लाजमर्दो अरु के हुन्छ रु प्रचण्डले जनमुक्ति सेना नहेर्ने रे केपीले‘लाजै १
त्यसैले जनयुद्धका कमाण्डर साथीहरु, ओलीको कुरामा गम्भीर नहुनुहोला । कमरेडहरु, तपाईंहरुको योगदानको इतिहासमा स्वर्णिम अक्षरले नाम लेख्ने काम भएको छ । त्यसलाई कसैले कालो नपोतौं ।’
माओवादीका पूर्वलडाकू कमाण्डरका साथमा कालीबहादुर ९फाइल फोटो०
माओवादीमा तरंग
यसैवीच, जनमुक्ति सेनाका कमाण्डर समातिएपछि माओवादी कार्यकर्ताहरु तरंगित बनेका छन् ।
उनको गिरफ्तारी लगत्तै अखिल क्रान्तिकारीका नेता केशव रावलले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्–
‘जनयुद्धका चर्चित कमान्डर, जनमुक्ति सेनाका पूर्वडिभिजन कमान्डर कालीबहादुर खाम ‘विविध’ दाइ र म सँगै थियौं । म चाबहिलतिर लागें, दाइ टोखातिर छुट्टिएको ३० मिनेटपछि दाइलाई पक्राउ गरेको थाहा पाएँ । रामहरि हत्या प्रकरणमा पूर्वाग्रहपूर्वक दाइलाई मुद्दा दर्ता भएको थियो, त्यसमा कुनै भुमिका नभएकाले अदालतले साधारण तारेखमा छोड्ने विश्वास छ ।’
प्रधानमन्त्री प्रचण्डले सार्वजनिकरुपमै रामहरि हत्या प्रकरणमा कालीबहादुर आफैंले केही गरेको होइन भन्दै उनको मुद्दा ठीक ढंगले हल होस् भनेर आफू लागिरहेको र उनलाई गाह्रो–साह्रो पर्दा हेरिरहेको बताएको अवस्थामा खामको यो गिरफ्तारी ‘सेटिङ’का आधारमा भएको हो या गृहमन्त्री रवि लामिछानेको विशेष पहलमा गरिएको हो भन्ने तथ्य भने अझैसम्म रहस्यमै छ ।
किनभने, विगतमा ओली र प्रचण्ड दुबैले कालीबहादुर खामलाई जोगाउन होडबाजी गरेकै हुन् ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]