कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
१५ वर्षपछि ब्युँतियो रामहरि हत्या प्रकरण, माओवादी कमाण्डर कालीबहादुर पक्राउ

काठमाडौं– १५ वर्षअघि रामेछापका एक व्यवसायीको हत्या गरेको अभियोग लागेका माओवादीका पूर्वकमाण्डर कालीबहादुर खाम पक्राउ परेका छन् ।
खामलाई मंगलबार काठमाडौंको ठमेल क्षेत्रबाट नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।
रामेछापका रामहरि श्रेष्ठको हत्याकाण्डमा मुछिएका उनी १५ वर्षदेखि फरार थिए । फरार रहेका भनिएका खामलाई माओवादी नेताहरुले नै संरक्षण गर्दै आइरहेका थिए ।
रामेछाप घर भई काठमाडौँको कोटेश्वरमा बस्ने व्यापारी रामहरि श्रेष्ठको हत्यामा संलग्न भएको अभियोग खाम विरुद्ध छ ।

०६५ वैशाख १५ गते श्रेष्ठलाई काठमाडौंबाट नियन्त्रणमा लिएर चितवनको शक्तिखोरस्थित माओवादी लडाकुको शिविरमा पुर्याइएको थियो । अत्यधिक कुटपिटबाट मृत्यु भएका श्रेष्ठको शव वैशाख २८ गते नारायणी नदीमा फ्याँकिएको अवस्थामा फेला परेको थियो ।
रामहरिको हत्या हुँदा चितवनस्थित माओवादीको सेनाको तेस्रो डिभिजनका कमाण्डर रहेका कालीबहादुर खाम उर्फ विविधले प्रेस विज्ञप्ति जारी गर्दै कुटपिटबाट उनको निधन भएको स्वीकार गरेका थिए ।
हेर्नुहोस् खामले १५ वर्ष पहिले जारी गरेको विज्ञप्ति-

माओवादी शान्ति प्रक्रियामा आएपछि चितवनको शक्तिखोरमा रहेको तेस्रो डिभिजनले कोटेश्वरस्थित रामहरि श्रेष्ठको घरमै सम्पर्क कार्यालय खोलेको थियो । सो कार्यालयबाट २०६४ चैत १४ गते १७ लाख रुपैयाँ र एउटा पेस्तोल चोरी भएको भन्दै माओवादीका गोविन्दबहादुर बटाला, केशव अधिकारी, गंगाराम थापा, अर्जुन कार्की लगायतको टोलीले श्रेष्ठलाई चितवन लगेर हत्या गरेको अभियोग छ। उनीहरुमध्ये गंगाराम थापा कालीबहादुरका अंगरक्षक थिए ।
रामहरिको परिवारले १५ वर्षअघि देखि खामलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै आए पनि सरकारले उनलाई समाउन सकेको थिएन । बरु माओवादी नेताहरुले उनलाई जोगाउँदै आएका थिए । अहिले रवि लामिछाने गृहमन्त्री बनेपछि खामलाई पक्राउ परेका हुन् ।
श्रेष्ठ माओवादी निकटकै व्यापारी मानिन्थे । त्यही भएर माओवादीले उनकै घरमा कार्यालय राखेको थियो । उनी माओवादी नेताहरुसँग निकट रहेको कुरा उनले प्रचण्ड, रामबहादुर थापा बादल र बाबुराम भट्टराईलाई टेबलमा खाना ‘सर्भ’ गरिरहेको तस्बिरले पनि प्रष्ट पार्छ ।

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]