Listen Live: 

रत्ननगरमा व्यवसायी बीच आर्थिक विकासबारे अन्तरक्रिया

Radio Chitwan
सोमवार, चैत्र १९, २०८०

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा सोमबार जिल्लाको आर्थिक तथा सामाजिक विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ । चितवन उद्योग बाणिज्य संघ र रत्ननगर उद्योग बाणिज्य संघ बीच जिल्लाको आर्थिक तथा सामाजिक विकास र व्यवसायिक सुरक्षाका विषयमा छलफल भएको रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरीले जानकारी दिए । नीजिक्षेत्रले जिल्लाको आर्थिक तथा सामाजिक विकासमा खेल्नुपर्ने भूमिका र आर्थिक मन्दीका कारण संकटमा परेको व्यवसायलाई जोगाउन गर्नुपर्ने कामका बारेमा व्यवसायीहरु बीच छलफल भएको उनले जानकारी दिए । कार्यक्रममा आर्थिक मन्दीका कारण समस्यामा परेका व्यवसायीलाई जोगाउन बैंकको व्याजदर कम, व्यवसायिक कर, अन्डर बिलिङ लगायत करका जटिलता, समग्र चितवनको पर्यटन विकास, होडिङ बोर्डको नाममा व्यवसायीलाई थप करको भार, पूूर्वी चितवनका सवारी साधन चैबिसकोठीमै रोकिएको लगायतका बिषयमा अन्तत्र्रिmया गरिएको रत्ननगर उद्योग बाणिज्य संघका बरिष्ट उपाध्यक्ष निराजन खनालले जानकारी दिए । कार्यक्रममा चितवन उद्योग बाणिज्य संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले चितवनलाई केन्द्रमा राखेर पश्चिममा दाउन्ने सम्म र पूर्वमा हेटौडा सम्मको क्षेत्रलाई आर्थिक हवको रुपमा विकास गर्न छलफल सुरु गरिएको बताए । व्यवसायिक सुरक्षासंगै नीजिक्षेत्रले आर्थिक तथा सामाजिक विकासको लागि काम गर्नुपर्ने दायित्व रहेको भन्दै उनले सरकारसंग मिलेर त्यसका लागि पहल सुरु गर्ने बताए । कार्यक्रममा चितवन उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष चुननारायण श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष चिरन्जिवी सुवेदी, रत्ननगर उद्योग बाणिज्य संघका उपाध्यक्षहरु हरि अधिकारी, शिबराज मैनाली, कार्यसमिति सदस्य रघुनाथ भट्ट लगायतले व्यवसायिक सुरक्षा र आर्थिक विकासका बारे घारणा राखेका थिए । संघका अध्यक्ष गिरीको अध्यक्षतामा भएको कार्यक्रम महासचिव उपेन्द्रशर्मा आचार्यले सञ्चालन गरेका थिए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram