कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
कालिकामा एकदिन एकीकृत चरण तथा पशुपालन व्यवस्थापन तालिम आयोजना

कालिका। समुदाय, वन्यजन्तु र जलवायुको क्षेत्रमा कामगर्दै आएको गैरसरकारी संस्था सहमतिले कालिका नगरपालिकामा एकदिने एकीकृत चरण तथा पशुपालन व्यवस्थापन तालिम आयोजना गरेको छ । कालिकाको अमलाचुली सामुदायिक वन उपभोक्ता समुह र इच्छाकामना गाउँपालिकाको सामेरी सामुदायिक वन उपभोक्ता समुहमा आवद्ध ४५ जना उपभोक्ताहरुलाई एकीकृत चरण तथा पशु व्यवस्थापनबारे तालिम दिइएको छ । सहमति संस्था र तराई भूपरिधि (ताल) को साझेदारीमा कालिका नगरपालिकाको वडा नं. ८ गैरीबारीमा तालिम आयोजना गरिएको हो । तालिमका स्थानीय वडा नं. ८ का वडा अध्यक्ष चित्रवहादुर मगरले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष मगरले एकीकृत चरण प्रणालीको विकासवाट व्यस्थ्ति पशुपालनगर्न सकिने सम्भावना रहेको बताउनुभयो । वनजंगल संरक्षणसँगै त्यसबाट स्थानीयले मनग्ये फाइदा लिन सक्ने भएकाले तालिममा व्यवहारिक र प्राविधिक ज्ञान लिन आग्रहगर्नुभयो । अहिले पालिरहेका पशुहरुलाई वैज्ञानिक तरिकाले व्यवस्थापन र उनिहरुलाई चाहिने आहारका लागि व्यस्थित चरण क्षेत्र निर्माणगर्न सके पशुपालनवाट नसोचेको उपल्धि प्राप्तगर्न सकिने भएकाले सहमति र तराई भूपरिधि(ताल)को साझेदारीमा भइरहेको कार्यक्रममा कालिका नगरपालिकापनि हातेमालोगर्न तयार रहेको बताउनुभयो । यस्ता खालका गतिविधिले स्थानीयलाई चलायमान बनाउने भएकाले हामी कालिका नगरपालिका सँगसँगै हातेमालोगर्न तयार छौं उहाँले भन्नुभयो । अमलाचुली सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष मिनवहादुर गुरुङको अध्यक्षतामा आयोजना गरिएको तालिममा इच्छाकामना गाउँपालिका कुरिनटारका पशु चिकित्सक डा. सुनील ज्ञवालीले पशु व्यवस्थापन र एकीकृत चरणको विकासबारे सहजिकरण गर्नुभएको थियो । गोठखोर सुधार कसरीगर्ने ? पशुपालनगर्दा ध्यानदिनुपर्ने महत्वपूर्ण विषय र उनिहरुलाई दिइने आहारको बारेमा जानकारी दिइएको थियो । सहमति संस्थाले तराई भूपरिधि (ताल)नेपालसँगको सहकार्यमा नवलपरासीको गिन्द्री जलाधार क्षेत्रमा र चितवनको खगेरी क्षेत्रमा यस्ता खालका कार्यक्रम संचालनगर्दै आएको छ । कार्यक्रम सहमति संस्का चितवनका लागि सामाजिक सहजकर्ता जनक सुवेदीले संचालन गरेका थिए ।


चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]