काठमाडौं, कात्तिक २- लोकसेवा आयोगले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । आज एक सूचना जारी गर्दै राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणी (अप्राविधिक–प्राविधिक) तथा स्वास्थ्य सेवाका नवौँ तहका पदको […]
देशका विभिन्न ठाउँमा पेट्रोल पम्पमा उपभोक्ताको लाइन, समाधान गर्न आयल निगम छलफलमा

काठमाण्डौ, १९ चैत्र । पेट्रोलियम पदार्थको अभाव हुने डरमा पेट्रोल पम्पमा उपभोक्ताको लामो लाइन लागेको छ । पेट्रोलियम पदार्थको बिक्रीबापतको कमिसनको रकम नपाएको भन्दै ढुवानी व्यवसायीले पेट्रोलियम पदार्थ ढुवानी ठप्प पारेपछि अभाव हुने डरमा उपभोक्ता लाइनमा बसेका हुन् ।
काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा विहानैदखि पेट्रोल पम्पमा उपभोक्ताको लाइन छ । नेपाल आयल निगमसँग विभिन्न माग राख्दै व्यवसायीले पेट्रोलियम पदार्थको ढुवानी देशभर ठप्प बनाएका छन् । नेपाल आयल निगमले आन्दोलनका कार्यक्रमहरु स्थगित गर्न पेट्रोलियम व्यवसायीलाई आग्रह गरेको छ । तर, व्यवसायीले अस्विकार गर्दै ढुवानी ठप्प पारेका छन् ।
बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न, पेट्रोलियम व्यवसायीले पाइरहेको कमिसन वृद्धि लगायतको माग राख्दै व्यवसायीहरुले डिपोबाट इन्धन लोड÷अनलोड नै बन्द गरेपछि समस्या समाधानका लागि आयल निगम अहिले छलफलमा जुटेको छ । ‘हामी समस्या समाधानका लागि प्रयासरत छौ, आज दिनभरीमा केही न केही निकास निस्कन्छ’ निगमका प्रवक्ता विनितमणी उपाध्यायले भन्नुभयो । उहाँकाअनुसार देशभरकै पेट्रोलिय पदार्थको डिपो आज खुला राख्न भनिएको छ । डिपो खुला राखे नराखेको बारे अनुगमन भईरहेको पनि उहाँले जानकारी दिनुभयो ।
रत्ननगर । पूर्वी चितवनको रत्ननगर वडा नं २ टाँडीमा रहेको पेवा बचत तथा ऋण सहकारी संस्थाको शनिबार ११औं बार्षिक साधारण सभा गरिएको छ । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले उद्घाटन […]
कालिका नगरपालिका मा रहेको छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड मा आवध्व सदस्य कालिका ५ स्थित बाेटेगाउ वस्ने बाटुलि वाेट काे श्रीमान सानेवाेट काे बाख्रालाई घाँस काट्ने क्रम मा रूखवाट खसी […]
छिमेक लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय कालीकाद्धारा समुह सदस्य भिम कुमारि सुनुवार र कालिका ५ बस्ने स्यानि देबि थरूनि काे श्रिमान छन्द कुमार चाैधरि काे दुखद निधन भएकोले विमा […]