Listen Live: 

‘पूजार सार्की’मा भिलेन हुन् पल ?

Radio Chitwan
आइतवार, चैत्र १८, २०८०

राष्ट्रिय अवार्ड विजेता दिनेश राउतको निर्देशनमा तयार भएको फिल्म ‘पूजार सार्की’ लामो समयदेखि स्टारकास्टका कारण चर्चामा छ । फिल्ममा पहिलोपटक तीन अभिनेताहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह एकसाथ देखिँदैछन् । छायांकनकै क्रममा आर्यन र प्रदीपको क्यारेक्टर लुक्स सार्वजनिक भइसकेको छ । यसबीच, शनिबार पलको पनि पात्र लुक्स सार्वजनिक गरिएको छ ।

उनी काँधमा बन्दुक भिरेर खोलाको बगरमा हिँडिरहेको देखिएका छन् । शिरमा भादगाउँले टोपी र आँखामा चश्मा लगाएका उनले आधा बाहुला भएको कोट, सर्ट र पाइन्ट पहिरिएका छन् । उनको हुलियाले खलपात्रको संकेत गर्छ । स्रोतका अनुसार, फिल्ममा आर्यन र प्रदीपभन्दा पलको ‘स्क्रिन स्पेश’ केही कम छ । तर, कथामा ‘ट्वीस्ट’ ल्याउने भूमिका नै उनको रहेको जानकारी प्राप्त छ ।

विकास सुवेदीको लेखन रहेको फिल्ममा अञ्जना बराइली, परीक्षा लिम्बू, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, प्रेम सुब्बा, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय छ । संगीतकार सुवास भुसालको निर्माण रहेको फिल्ममा राजेश श्रेष्ठको छायांकन छ । जातीय विभेदविरुद्धको कथामा आधारित भएर फिल्म बनेको छ ।

आन्य समाचारहरु:-
January 15, 2025
चितवन महोत्सवमा भोलि भुवन प्यासी र समिक्षा अधिकारीको प्रस्तुती,साथै अन्न्य  कार्यक्रम

चितवन, माघ २ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका […]

January 11, 2025
चितवन महोत्सवले भरिभराउ बन्यो नारायणी : ३ दिनमा १ लाखले गरे अवलोकन

चितवन, पुष २७ –१५ औं संस्करणको चितवन महोत्सव २०८१ मा सहभागीहरुको घुइँचो बढ्दै गएको छ । महोत्सव सुरु भएको तीन दिनमा करिब १ लाखले अवलोकन गरेको उद्योग वाणिज्य संघ चितवनका […]

January 11, 2025
खिचरा महोत्सव पौष २९ गतेबाट ः मुुख्यमन्त्रीले उद्घाटन गर्ने

खैरहनी । पूर्वी चितवनको खैरहनीमा यही पौष २९ गतेबाट सुरु हुने दशौं खिचरा महोत्सवको तयारी अन्तिम चरणमा पुुगेको छ । महोत्सवको आयोजक संस्था थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ […]

January 11, 2025
चितवन महोत्सवमा भोलि अस्मिता र थानेश्वर आउँदै, यात्रा/हस्टलरको ब्याण्डसँगै स्थानीय कलाकारको प्रस्तुती पनि

चितवन, पुष २७ –१५ औं संस्करणको चितवन महोत्सव २०८१ नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा जारी छ । महोत्सवको चौंथो दिन भोलि पुष २८ गते पनि विविध सांस्कृतिक कार्यक्रम हुँदैछन् […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram