कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
चितवन ट्याक्सी दुर्घटना अपडेटः पौवा खेत गाउँ शोकमा, आजै सामूहिक दाहसंस्कार गरिँदै

चितवन,
पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ मा आज बिहान भएको ट्याक्सी दुर्घटनामा पाँच जनाको मृत्यु भएपछि गोरखाको पौवा खेत गाउँ शोकमग्न बनेको छ ।
१४ घर रहेको रोकाहरुको दलित गाउँमा एक परिवारका ५ जनाको दुर्घटनामा मृत्यु भएपछि गाउँ शोकमग्न बनेको हो । मृतकको काजकिरिया गर्ने मानिस पनि खोज्नुपर्ने अवस्था आएको छ । बुबा शंकर रोकाको दाहसंस्कार गर्न काठमाडौँ आर्यघाट गएका उनीहरु काजकिरियाको लागि गाउँ फर्कन पनि पाएनन् । बाटोमा नै ज्यान गुमाउनुपर्यो । सामान्य खेती किसानी गर्दै गुजारा गरेका दलितहरुको गाउँमा शोकमाथि शोक पर्यो । दाहसंस्कारको लागि आर्यघाट मलामी गएका गाउँलेहरु उल्टै पाँचवटा लाशसँगै गाउँ फर्किदा स्थानीय भावविव्हल बने ।
मृतकहरुको गोरखा अस्पतालमा पोष्टमार्टम गरेर आज साँझ दरौदी र मस्र्याङदीको दोभान राम शाह घाटमा सामूहिक दाहसंस्कार गरिने गोरखा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष विष्णुप्रसाद श्रेष्ठले नारायणी अनलाइनलाई बताए । दिनभर अस्पतालमा स्थानीय नागरिकहरुको ठूलो भीड लागेको उनले जानकारी दिए । उनले भने, ‘ मृतकहरुको किरियाको लागि दाजुभाइ खलकको मानिस खोज्नुपर्ने अवस्था आयो । घरमा बसेका बुहारी र एक नातिनी मात्र बाँच्न सफल भए ।’
क्यान्सर रोगको उपचारको क्रममा काठमाडौँमा बितेका शंकर रोकाको दाहसंस्कार पछि उनीहरु तीनवटा ट्याक्सी र एउटा माइक्रोमा काठमाडौँबाट गोरखा फर्कदै थिए । शुक्रबार राति दाहसंस्कारको काम सकेर परिवारको सदस्य करिब ११ बजे गोरखा फर्किँदै गर्दा मुग्लिन नजिकै सो दुर्घटना भएको हो । शनिबार बिहान दुई गाडी मुग्लिन आइपुगेर केहीबेर कुर्दासम्म ट्याक्सी नआएपछि खोज्दै जाँदा मुग्लिन नजिकै डिभाइडर भाँचिएको देखेपछि त्रिशूलीमा हेर्दा ट्याक्सी खसेको भेटिएको थियो । ट्याक्सीमा सवार ६ मध्ये पाँच जना मृत भेटिए ।
दुर्घटनामा मृत्यु भएका पाँचै जना एउटै परिवारका थिए । दुर्घटनामा १८ वर्षीय दिवस रोकाय भने बेपत्ता छन् । चितवन प्रहरी प्रवक्ता श्रीराम भण्डारीका अनुसार उनको खोजीका लागि सशस्त्र प्रहरी बल कुरिटनटारबाट गोताखोरसहितको टोली खटिएको छ । चालकसमेत रहेका गोरखा नगरपालिका–७ का ३२ वर्षीय अर्जुन सिर्मल, ४१ वर्षीया हरिमाया रोका, ७० वर्षीया जुनकिरी रोका, २९ वर्षीया अन्जना रोका र ९ वर्षीय बालक आगमन उपरकोटीको निधन भएको छ । उनीहरू सबै एकै परिवारका हुन् ।
बेपत्ता बनेका दिवस शुक्रबार निधन भएका शंकरका छोरा हुन् । ७० वर्षीया जुनकिरी शंकरकी आमा हुन् । हरिमाया जेठी छोरी, अन्जना कान्छी छोरी र आगमन जुनकिरीको छोरी पट्टिका नाती हुन् । चालक अर्जुन जुनकीरीको माइलो ज्वाइँ हुन् । हिजो बुबालाई दागबत्ती दिएर फर्किएका १८ वर्षीय दिवश यो समाचार तयार पार्दासम्म त्रिशुली नदीमा नै हराइरहेका छन् ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

