Listen Live: 

चितवनका आठ ठाउँमा बर्डफ्लू देखियो, कुखुरा नष्ट गर्ने तयारी

Radio Chitwan
शुक्रबार, चैत्र १८, २०७८

चितवन, १८ चैत्र । चितवनका विभिन्न कुखुरा फार्ममा कुखुरा लगायत पंक्षीमा लाग्नु बर्डफ्लू रोग देखिएको छ । आठ ठाउँमा एकै पटक बर्डफ्लू देखिएको हो ।

जिल्लाको खैरहनी नगरपालिका वडा नं। २ मा अवस्थित किरण प्रसाद कँडेलको तात्रीवास पशु विकास तथा कृषि अनुसन्धान केन्द्र प्रा.लि., भरतपुर महानगरपालिका वडा नं. ८ को मदनकृष्ण मानन्धरको कमर्सियल लेयर्स फार्म र भरतपुर महानगरपालिका वडा नं. २३ मा अवस्थित खेमलाल भुषाल र चन्द्र भुषालको कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएको भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरले जनाएको छ ।

यसैगरी भरतपुर महानगरपालिका वडा नं. १६ स्थित एजे पोल्ट्री फार्म, भरतपुर २३ स्थित अविशेक रामदामको कुखुरा फार्म, खैरहनी नगरपालिका वडा नं.१० स्थित राजु बुर्लाकोटीको कुखुरा फार्म, खैरहनी नगरपालिका वडा नं. ३ स्थित ध्रुव अधिकारीको कुखुरा फार्म, खैरहनी नगरपालिका वडा नं. ६ स्थित राजाराम पण्डितको कुखुरा फार्ममा बर्डफ्लू देखिएको कार्यालयले जनाएको छ ।

ती फार्म मध्ये कँडेल, मानन्धर र भुषालको फार्मलाई अनुगमन गरी त्यसको परिधि क्षेत्रभित्रका पंक्षी नष्ट गर्ने निर्णय भएको कार्यालयका मत्स्य विकास अधिकृत प्रभात न्यौपानेले जानकारी दिनुभयो । जनशक्ति अभावका कारण काममा ढिलाई भएको उहाँले बताउनुभयो ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram