Listen Live: 

परीक्षणको कसीमा सुहाङ : विरासतमा रमाउने कि विश्वास कमाउने ?

Radio Chitwan
बुधबार, चैत्र १४, २०८०

एमालेका सालिन एवं बौद्धिक नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ यतिबेला राजनीतिक ईन्जिनीयरिङको परीक्षणमा छन् । बाबुको अप्रत्याशित निधनपछि विरासतबाट प्राप्त अवसरलाई क्षमतामा बद्ल्नुपर्ने दबाब उनीमाथि छ ।

सुहाङलाई इलाम क्षेत्र नम्बर २ को उम्मेदवार बनाउने एमालेको निर्णयपछि अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा लेखेका छन– ‘३२ वर्षीय सुहाङ नेम्वाङ इलाम–२ को को उपनिर्वाचनमा उम्मेदवार बनेका छन् । फूटबल र क्रिकेटमा रुचि भएका, पेशाले लयर सुहाङलाई भेट्दा सरल र नयाँ जोश भएको युवाको रुपमा पाएको छु । आम युवामा जस्तै उनमा पनि केही गर्ने हुटहुटी र ऊर्जा छ ।’

बाबुको मृत्युपछि आफूलाई परिस्थितिले इलाम २ को निर्वाचनमा उम्मेदवार बनाएको सुहाङ बताउँछन् । बुबाको वियोगपछि राजनीतिमा होमिएका उनीमाथि बाबुको बिँडो थाम्ने देखि नयाँपुस्ताको भरोसा बटुल्ने चुनौती छ । शोकमा रहेका सुहाङ त्यही चोट शक्तिमा बदल्ने प्रयासमा छन । ०४६ सालमा जन्मिएका उनी अविवाहित छन् ।सांसद बन्ने ध्याउन्नले चुनावी मैदानमा उत्रिएका उनी मनसा, बाचा, कर्मणा चुनावमा अर्जुनदृष्टि दिएर लागेका छन् ।

हजुरबा न्यायाधीश थिए । राजनीतिले परिचय दिलाए पनि बाबुले कानुन नै पढे, पढाए । सुहाङलाई पनि अन्तत स् बाबुको त्यही कालोकोटले नै तान्यो । ०४६ सालको राजनीतिक परिवर्तनपछि सुवास सधैँ केन्द्रीय राजनीतिमा छाए । मन्त्री हुँदै सर्वाधिक सभामुख बन्ने कीर्तिमान बनाए । यसको अर्थ बाल्यकालदेखि नै सुहाङले राजनीतिलाई नजिकबाट बुझ्ने अवसर पाए । बुबाको राजनीतिक उचाईले आफ्नो भावना व्यक्त गर्न नसके पनि कता कता राजनीतिको चस्का सानैदेखि थियो । सुवासले पनि अनौपचारिक कुराकानीमा कान्छो सन्तानको रुचिबारे कुराकानी गर्ने गरेका थिए ।

सुहाङलाई टिकट दिँदा एमालेमा असन्तुष्टि

१२ पास गरेपछि पढ्ने सिलसिलामा सुहाङ अस्ट्रेलिया पुगे । त्यहाँ घरघर पिजा बोकेर कमाएको पैसाले पढे । कति साथीहरूले बाबुको नामको उपमा भिराएर निरुत्साही बनाउन खोज्दा प्रतिवाद गर्थे । दुई वर्ष कमाउँदै पढ्दै गरे । अस्ट्रेलियामा घरेलु काम गरेर बनाएको व्यक्तित्वको औचित्य त के रु उनले अन्तरसंवाद गरे । अहँ, सन्तोषजनक उत्तर फेला परेन । बरु कानुन पढेर देशको सेवा गर्ने एजेण्डाले उनलाई उत्प्रेरित गर्‍यो । अनि त कति पनि विलम्ब नगरी घर फर्किए । अस्ट्रेलिया छोडेर फर्किएकोमा आफन्त, साथीभाईले आलोचना गरे । मुखले केही नभने पनि बुबा भने खुसी रहेको सुहाङको बुझाइ छ ।

कालोकोटबाट राजनीतिमा फड्को
काठमाडौं स्कुल अफ ल बाट पाँच वर्षको बीएलएलबी गरेका उनले वाणिज्य कानूनमा एलएलएम समेत गरेका छन् । क्रिमिनल ल र संवैधानिक ल मा चासो राख्ने नेम्बाङका तीनपुस्ता संविधानको धारा उपधारा केलाउने लयमा स्थापित छ ।

सुबासका चार सन्तानमध्ये उनका १ दिदी र १ बहिनी छन् । दिदी डक्टर हुन् । बहिनी व्यवस्थापन संकाय पढिरहेकी छन् । उनका दाजु बेलायतमा बस्छन् । सुहाङले अहिले काठमाडौंको थापागउँमा आफ्नै ‘कान्तिपुर ल एसोसिएट्स एन्ड रिसर्च सेन्टर’समेत खेलेका छन् । उनी र उनका साथी रामचन्द्र गौतम मिलेर उत्त फम सञ्चालन गरिरहेका छन् ।

फुटबल खेलमा पनि राम्रो खेलाडी रहेका उनी कलेजको फुटबल टिमको कोच समेत भएका थिए । उनले २ वर्ष पहिले इलाममा ‘रिपोर्टिङ इलाम एफसी’ स्थापना समेत गरेका थिए । बाबुजस्तै मेस्सीका फ्यान रहेका उनी अहिले पनि समय मिल्नसाथ फुटबल र फुटसल खेल्छन् । हाल उनी नेकपा एमाले को कानुन विभागको मनोनीत सदस्य समेत हुन् । उनलाई फागुन ३ गते बसेको एमालेको २७ औँ सचिवालय बैठकले कानुन विभागको सदस्यमा नियुक्त गरेको हो । उनी पार्टी जिल्ला र केन्द्रको जिम्मेवारीमा भने छैनन् ।

आफ्नै नामले चिनिने भोक
रिस कन्ट्रोल गर्ने स्वभाव उनमा रहेको नजिकका आफन्त बताउँछन् । शान्त स्वभाव, सालिन र साधारण जीवनशैली अपनाउने सुहाङले समाजमा अधिवक्ताका रूपमा आफ्नो छुट्टै परिचय दिने योजनामा थिए । तर बाबुको असामयिक निधनका कारण राजनीतिमा उनले आफूलाई समर्पण गर्ने निधो गरे ।

इलामको उपचुनाव सुवास नेम्वाङका छोरालाई उठाउने एमालेको संकेत

उनी नेताको छोरो भएर पनि हालसम्म कुनै काण्ड र विवादमा मुछिएका छैनन् । विभिन्न नेताका छोराछोरीहरू विभिन्न मुद्दा र काण्डमा मुछिएका बेला उनी राजनीतिक दाउपेचबाट टाढा छन् । साथीभाइसँग मिल्ने स्वभाव रहेको नातेदारको भनाइ छ ।

नजिकका साथी रामचन्द्र गौतमले भने ‘सुहाङ बुबाको नामले भन्दा पनि आफ्नो छुट्टै नामले चिनिन चाहन्थे । त्यसकारण बुबाको पायोनियर ल फम नगएर आफ्नो छुट्टै ल फम खोलेका हुन् । अहं नभएका उनी स्वच्छ छविका युवा हुन् । सानालाई आदर र ठूलालाई सम्मान गर्ने संस्कारलाई जीवनबुटी बनाएका छन् ।’

सुहाङपनि बाबुमा भएको इमानदार र स्वच्छ छविलाई कायम राख्दै आफ्नो राजनीतिक यात्रा अगाडि बढाउने योजना सुनाउँछन् । व्यावसायिक रूपमा अब्बल भइयो भने पैसाको खडेरी पूर्ति गर्न सकिन्छ, सामाजिक काममा पनि लाग्न सकिन्छ भन्ने कुरालाई सम्झिएर व्यावसायिक रूपमा अघि बढेको बताउँछन् ।

इलाम उपनिर्वाचन देउवाले रोजे खड्का, सुहाङलाई ओलीको आशीर्वाद

उनी आफूलाई इलाम २ का जनतासँग परीक्षण गरेर जनताको सेवकको रूपमा काम गर्ने योजनामा छन् । राजनीतिमा आफ्नो यात्रा टाढासम्म रहेको भन्दै सबैको भावना कदर गर्दै देशलाई सुसान र समृद्ध बनाउने सपना रहेको बताउँछन् ।

उनी भन्छन्, ‘मेरा इलाम २ का जनता र मेरा शुभचिन्तकको मर्म अनुसार काम गर्छु । राजनीति मेरो प्यासन र लामो यात्राको साथी हो ।’

राजनीतिक, कानुनी र खेलाडीका रूपमा उनका धेरै फ्यान फलोअर्स छन् । बाबुको विरासत थाम्न राजनीतिमा नआएको भन्दै समाजमा रहेको राजनीतिप्रतिको युवाको मानसिकता र वैदेशिक रोजगारमा युवाको आकर्षण घटाउन आफूले विभिन्न योजना ल्याउने बताउँछन् ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram